१ ४ ओटा कलम र ४ ओटा पेन्सिलको मूल्य रु.१०० पर्छ। एउटा कलमको मूल्यको तीन गुणा, एउटा पेन्सिलको मूल्य भन्दा रु.१५ ले बढी छ। एउटा कलम र एउटा पेन्सिलको मूल्य पत्ता लगाउनुहोस्। उत्तर र समाधान + Ans: कलम = रु.१० र पेन्सिल = रु.१५ समाधान: मानौँ, कलमको मूल्य = x पेन्सिलको मूल्य = y पहिलो शर्त अनुसार: 4x + 4y = 100 x + y = 25 — (i) दोस्रो शर्त अनुसार: 3x = y + 15 3x - y = 15 — (ii) समीकरण (i) र (ii) जोड्दा: 4x = 40 ∴ x = 10 x को मान (i) मा राख्दा: 10 + y = 25 ∴ y = 15 २ मीना रु.२००० झिक्न बैंक गइन्। उनले क्यासियरलाई रु.५० र रु.१०० का नोटहरू मात्र दिन आग्रह गरिन्। मीनाले जम्मा २५ ओटा नोटहरू पाइन्। उनले रु.५० र रु.१०० का कति-कति ओटा नोटहरू प्राप्त गरिन्, पत्ता लगाउनुहोस्। उत्तर र समाधान + ...
“Think. Learn. Conquer.”