Current Affair's GK समसामयिक सामान्य ज्ञान १ १. संघीय संसद्को चालू अधिवेशन कहिले देखि अन्त्य हुने निर्णय भएको हो? ➤ वि.सं. २०८२ चैत्र २७ गते शुक्रबार रातिदेखि। (Note: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको चालू अधिवेशन अन्त्य गर्नुभएको हो।) ``` २ २. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसमा प्रधानमन्त्री बालेन्द्र शाहले हालै कुन मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्? ➤ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साह। (Note: निज वि.सं. २०८२ चैत्र २६ गते पदमुक्त भएका हुन्।) ३ ३. वि.सं. २०८२ चैत्र २६ गते कतिऔं 'जनआन्दोलन दिवस' मनाइयो? ➤ ३७ औं। (Note: यो दिवस वि.सं. २०४६ को जनआन्दोलनको सम्झनामा मनाइन्छ। २०४६ सालको जनआन्दोलन पछि राजा वीरेन्द्रले बहुदलीय व्यवस्थाको घोषणा गरेका थिए। ) ४ ४. निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः मतदाता नामावली दर्ता र अद्यावधिक कार्य कहिलेबाट सुरु गर्ने घोषणा गरेको छ? ➤ वि.सं. २०८२ चैत्र २२ गते (आइतबार)।...
“Think. Learn. Conquer.”