➤ विश्वको कुल जनसङ्ख्याको ८.२ प्रतिशत अर्थात् करिब ६७ करोड ३० लाख मानिसहरू दीर्घकालीन भोकको चपेटामा बाँचिरहेका छन्। ➤ विश्वभर करिब २.३ अर्ब मानिसहरूले मध्यम वा गम्भीर प्रकारको खाद्य असुरक्षाको सामना गरिरहेका छन्। ➤ अफ्रिका: यहाँ प्रत्येक ५ मध्ये १ जनाले भोकको समस्या भोगिरहेका छन्। जुन क्षेत्रीय हिसाबले विश्वकै सबैभन्दा उच्च दर हो। ➤ विश्वव्यापी रूपमा, ६ देखि २३ महिनाका करिब एक-तिहाइ बालबालिका र १५ देखि ४९ वर्षका दुई-तिहाइ महिलाहरूले मात्र न्यूनतम सन्तुलित आहार (Dietary Diversity) प्राप्त गरेका छन्। ➤ विश्वभर ५ वर्ष मुनिका १५ करोड २ लाख बालबालिकाहरू पुड्कोपन (Stunting) बाट प्रभावित छन्। पुड्कोपन भन्नाले उमेर अनुसार उचाइ कम हुनु हो, जसले गर्दा बालबालिकाको शारीरिक र मानसिक विकासमा गम्भीर र कहिल्यै निको नहुने क्षति पुग्छ। ➤ यसैगरी, ५ वर्षमुनिका ४ करोड २८ लाख बालबालिका ख्याउटेपन (Wasting) बाट पीडित छन्, जसमध्ये १ करोड २२ लाखमा गम्भीर ख्याउटेपन छ। ख्याउटेपन भन्नाले पछिल्लो समयमा अचानक तौल घट्नु वा उचाइ अनुसार तौल बढ्न नसक्नुलाई बुझिन्छ। ➤ खाद्य वस्तुको चर्को मूल्यवृद्धिले विशेष गरी न्य...
“Think. Learn. Conquer.”