नेपालले लडेको तिन साहसिक युद्ध:
1. अल्मोडा युद्ध
2. नालापानीको युद्ध
3. गोरखा युद्ध (नेपाल-अङ्ग्रेज युद्ध)
(Plz, read once)
••••••••••••••• ••••••••
• #अल्मोडा_युद्ध :
→ नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो । उक्त सैनिक दल अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्ध भयो । युद्धमा हस्तिदल मारिए । यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दा पनी अंग्रेजसँग पराजित भएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्म समर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ ।
••••••••••••••• •••••••
• #नालापानीको_युद् ध :
→ नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहास अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गा मुढा, खुकुरी, धनुष बाण, भाला जस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सु-सङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँच सय भन्दा बढी सेनाको साथमा किल्ला माथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिस सहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पी समेत मारिए । गिलेस्पीको मृत्यु पश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्ला भित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानी समेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्नि वर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नु परेको थियो । सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिला लेखमा लेखिएको छ -
हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।
••••••••••••••• •••••••
• #गोरखा_युद्ध
→ सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संधि भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपालर अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई #एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ्ग, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो।
भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभए पनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी, जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले प्रशंसा गरेका छन्। यस युद्धमा नेपाल सङ्ग लडेर जितेर भन्दा नेपाल सङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइ दिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमरसिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरुङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरू भएको) मा लहौर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो।
••••••••••••••• ••••••••••
#U_T_R ©
1. अल्मोडा युद्ध
2. नालापानीको युद्ध
3. गोरखा युद्ध (नेपाल-अङ्ग्रेज
(Plz, read once)
•••••••••••••••
• #अल्मोडा_युद्ध :
→ नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो । उक्त सैनिक दल अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्ध भयो । युद्धमा हस्तिदल मारिए । यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दा पनी अंग्रेजसँग पराजित भएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्म समर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ ।
•••••••••••••••
• #नालापानीको_युद्
→ नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहास अनुसार सन् १८१४ अक्टोबर २२ का दिन अङ्ग्रेज सेनानायक जनरल गिलेस्पीले आफ्ना फौज लिएर देहरादून प्रवेश गरेका थिए । देहरादून कब्जा गर्ने अङ्ग्रेजहरूको योजना विफल पार्न नेपालका सेनापति अमरसिंह थापाले उक्त इलाकाको रक्षार्थ कप्तान बलभद्र कुँवरलाई खटाएका थिए । नालापानीको सबैभन्दा उच्च स्थानमा पर्ने खलङ्गा किल्लामा वीर बलभद्र कुँवरले आफ्ना नेपाली सिपाही, ग्रामीण महिला तथा केटाकेटी गरी करिब छ सय जनाको साथ बलभद्र युद्धको तयारी गरेका थिए। नेपाली फौजसित हतियारका नाममा केही तोप, भरुवा बन्दुक, ढुङ्गा मुढा, खुकुरी, धनुष बाण, भाला जस्ता अल्पविकसित साधनहरू मात्रै थिए । अङ्ग्रेजहरूका आधुनिक हतियार र सु-सङ्गठित ठूलो फौजको सामना गर्नु नेपाली सेनालाई फलामको चिउरा चपाउनु बराबरको काम थियो । त्यसै बखत ३० अक्टोबरका दिन गिलेस्पीले आफ्ना मतहातमा भएका तीन हजार पाँच सय भन्दा बढी सेनाको साथमा किल्ला माथि आक्रमण सुरू गरे । किल्लातर्फ बढेका अङ्ग्रेज फौजका केही अधिकृत जवान मात्र बाँच्न सफल भए । लेफ्टिनेन्ट एलिस सहित अङ्ग्रेजका धेरै सेनाहरू युद्धमा मारिए । प्रथम प्रयास असफल भएपछि अङ्ग्रेजहरूले थप तयारी गरी दोस्रो पटक हमला गरे । दोस्रो पटक जनरल गिलेस्पी समेत मारिए । गिलेस्पीको मृत्यु पश्चात् तितर-वितर फौजको नेतृत्वका भार कर्नल माँबीले सम्भहाले ।
माँबीको पटक-पटकको आक्रमण असफल भएपछि अङ्ग्रेजहरू युद्धद्वारा नेपाली वीर गोर्खालीलाई परास्त गर्ने आशा मारे । त्यसपछि अङ्ग्रेजहरूले कूटनीति अपनाई किल्ला भित्र गएर र पानीको मुहान थुनिदिए । अङ्ग्रेजहरूको उक्त धोकापूर्ण चालले नेपालीले पानी समेत पिउन पाएनन् । पानीको प्यासले किल्लाभित्र हाहाकार मच्चिन थाल्यो । बाहिरबाट शत्रुका तोपहरूको अग्नि वर्षा जारी थियो भने भित्र सारा फौज प्यासले तड्पिरहेका थिए । त्यस्तो दर्दनाक परिस्थितिमा जीवित रहेका बाँकी वीर सेनाको हितका लागि बलभद्रले स्वतः किल्ला छोड्नु परेको थियो । सन् १८१४ नोभेम्बर ३० मा बलभद्रले किल्ला छोडेर जाँदा साथमा ७० जना जति मात्र बाँकी थिए । किल्लाको स्वतः त्यागपछि मात्र अङ्ग्रेजहरूको पाइला खलङ्गा किल्लासम्म पुग्न सकेको थियो । युद्ध पश्चात् नेपालीहरूको पराक्रम र बहादुरीको प्रशंसा गर्दै अङ्ग्रेजहरूले एक युद्ध स्मारकको स्थापना गरे । उक्त स्मारकको शिला लेखमा लेखिएको छ -
हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोर्खालीहरूको स्मृतिमा सम्मानोपहार हालको देहरादून स्थित सहस्त्रधार रोडमा पर्ने स्मारक भारतीय पुरात्तव विभागको संरक्षणमा छ। यो विश्वभरिको एक मात्र त्यस्तो उदाहरणीय स्मारक मानिएको छ जहाँ कुनै सेनाद्वारा आफ्नो शत्रु सेनाको अद्भूत वीरतालाई उल्लेख गरिएको छ । भारतको उत्तराखण्ड राज्य अन्तर्गत पर्ने देहरादूनको नालापानीमा पर्ने खलङ्गा किल्लाले नेपाल र नेपालीको गौरवमय इतिहास बोकेको छ ।
•••••••••••••••
• #गोरखा_युद्ध
→ सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल-अङ्ग्रेज युद्ध (गोरखा युद्ध) त्यस बेलाको नेपाल अधिराज्य र ब्रिटिश ईस्ट इण्डिया कम्पनी बिच भएको थियो। जसको परिणाम स्वरूप सुगौली संधि भएको थियो र नेपालले आफ्नो एक-तिहाई भूभाग बेलायतलाई सुम्पनु परेको थियो। नेपालर अङ्ग्रेज ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकार बिच १८१४ देखि १८१६ सम्म भएको युद्धलाई #एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ। यो युद्धमा नेपाल माथी ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारले मोरङ्ग, मकवानपुर, बुटवल, अल्मोडा, कुमाउ, नाहान, जैथक, मलाउँ, देउथल तथा नालापनीमा आक्रमण गरेको थियो।
भर्खरै सुदृढ हुँदै गरेको थोरै मात्र जनसङ्ख्या भएको नेपालले तालीम प्राप्त सैन्य नभए पनि बहादुरी पूर्वक लडेको थियो। नेपाली गोर्खालीको बहादुरीका बारेमा अङ्ग्रेज जनरल अक्टरलोनी, जनरल गिलेस्पी, जनरल मार्ले तथा जनरल वुडले प्रशंसा गरेका छन्। यस युद्धमा नेपाल सङ्ग लडेर जितेर भन्दा नेपाल सङ्ग सन्धी गरेर बढी फाइदा लिन सकिने देखेर अन्तत अङ्ग्रेजहरूले सन्धिको प्रस्ताव राखे सारै थोरै सैन्य शक्ति र सैन्य संसाधनले लडेको नेपालले सुदुर पश्चिममा बहादुरी पूर्वक लड्दै युद्ध हार्नु परेपनि पाल्पा मकवानपुरमा नेपालले अङ्ग्रेजी सेनालाई हराइ दिएको थियो। यो युद्धको समाप्ती सुगौली सन्धि मार्फत भयो। यस युद्धमा नेपालको तर्फबाट लड्ने काजी अमरसिंह थापा, काजी बलभद्र कुंवर, सरदार भक्ती थापा, रामकृष्ण कुंवर, काजी उजीर सिंह थापा, काजी बंसराज गुरुङ लगायतको वीरताको अङ्ग्रेज सरकारले पनि सम्मान गर्ने गरेको छ। यो युद्धको समाप्ती पछि अङ्ग्रेजहरूले बहादुर गोर्खालीलाई आफ्नो सेना (शिरमोर बटालियनबाट शुरू भएको) मा लहौर देखि शुरू गरे जसले गर्दा नेपाली समाजमा लाहुरे शब्दले प्रवेश पायो।
•••••••••••••••
#U_T_R ©
Comments
Post a Comment