Skip to main content

अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति

अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति र उनीहरु बारेका ४४ वटा रोचक तथ्यः
••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••••

● अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनका दाँत सक्कली थिएनन् । उनले सुन, हात्तीका दाह्रा, सिसा तथा अन्य जनावरका दाँतबाट बनेका नक्कली दाँत लगाएका थिए ।
""
● राष्ट्रपति जोन एडम्स प्राय स्कुलमा अनुपस्थित हुन्थे । उनी सिकार गर्दै र माछा मार्दै समय कटाउँथे ।
""
● राष्ट्रपति थोमस जेफरसनले सन् १८१९ मा युनिभर्सिटी अफ भर्जिनिया स्थापना गरेका थिए ।
""
● राष्ट्रपति जेम्स मेडिसन प्रिन्स्टन विश्व विद्यालयका पहिलो ब्याचका विद्यार्थी थिए ।
""
● लाइबेरियाको राजधानी मुनरोभियाको नाम अमेरिकी राष्ट्रपति जेम्स मुनरोको नामबाट राखिएको हो ।
""
● जोन क्विन्सी एडम्सले हरेक विहान वासिंटन डिसी स्थित एक पोखरीमा निर्वस्त्र स्नान गरी डुबुल्की मार्दथे ।
""
● राष्ट्रपति एन्ड्रू ज्याक्सनले आफ्नो सुगालाई श्राप दिन सिकाएका थिए । ज्याक्सनको अन्त्येष्टिका बेला उक्त सुगाले श्राप दिइरहे पछि त्यसलाई त्यहाँबाट हटाउनु परेको थियो।
""
● राष्ट्रपति मार्टिन भान बुरेनको पालादेखि अंग्रेजीमा ओके भन्ने शव्दको प्रयोग सुरु भएको हो ।
""
● राष्ट्रपति विलियम हेनरी ह्यारिसनले आफ्नो कार्यकालमा ह्वाइट हाउसमा एउटा बाख्रा समेत पालेर राखेका थिए ।
""
● राष्ट्रपति जोन टेलर कुशल भायोलिन बादक थिए ।
""
● राष्ट्रपति जेम्स पोल्कले आफु राष्ट्रपति पदमा एकपटक निर्वाचित भएमा दोश्रो कार्यकाल राष्ट्रपति नबन्ने प्रतिबद्धता जनाएका थिए ।
""
● राष्ट्रपति ज्याचेरी टेलरको उपनाम बुढो भद्दा र तम्तयार अर्थात् ओल्ड रफ एण्ड रेडी भन्ने थियो । सेमिनोल युद्धमा भाग लिँदा सहयोद्धा सैनिकहरुले उक्त उपनाम दिएका थिए ।
""
● राष्ट्रपति मिलार्ड फिलमोरले आफूलाई विद्यालयमा पढाएकी शिक्षिका सँग बिहे गरेका थिए ।
""
● राष्ट्रपति फ्रान्कलिन पायर्सले बाइबल छोएर सपथ लिनुको साटो कानूनको किताबमा छोएर सपथ लिएका थिए ।
""
● जेम्स बुचानन एकमात्र अविवाहित अमेरिकी राष्ट्रपति हुन् । उनी जिवनभर अविवाहित नै रहे ।
""
● अब्राहम लिंकन एक महान रेसलर (कुस्तिवाज) पनि थिए ।
""
● राष्ट्रपतिको पदभार ग्रहण गर्ने समारोहमा एन्ड्रयू जोनसन रक्सी पिएर सहभागी भएका थिए ।
""
● १८ औँ राष्ट्रपति युलिसेस ग्रान्टलाई वासिंटनको गल्लीमा तिव्र रुपमा घोडा कुदाउन २० डलरको टिकट प्रदान गरिएको थियो ।
""
● राष्ट्रपति रदरफोर्ड हेजले ह्वाइट हाउसमा रक्सी माथि प्रतिबन्ध लगाएका थिए ।
""
● राष्ट्रपति जेम्स गारफिल्डले एकसाथ दुई
हातले दुई वटा भाषामा लेख्न सक्थे । उनले
एकसाथ एउटा हातले ल्याटिन र अर्को
हातले ग्रिक भाषामा लेख्ने गर्थ ।
""
● राष्ट्रपति चेस्टर ए आर्थर फेसनका निकै शौखिन थिए । उनका ४० जोर त पाइन्ट मात्रै थिए । साथै उनी रातको समयमा हिँडडुल गर्दथे । राष्ट्रपति हुँदा रातभर साथीहरुसँग वासिंटन डिसीको सडकमा हिँडडुल तथा रमाइलो गरी बिहान ३।४ बजेमात्र उनी ह्वाइट हाउस फर्किन्थे ।
""
● राष्ट्रपति ग्रोभर क्लेभलेन्डले आफ्नै धर्म छोरीसँग बिहे गरेका थिए । उनकी श्रीमती फ्रान्सेस फोल्सोम २१ वर्षको उमेरमै प्रथम महिला बनेकी थिइन् । उनी अमेरिकामा सबैभन्दा कान्छी प्रथम महिला पनि हुन् ।
""
● राष्ट्रपति बेन्जामिन ह्यारिसन बिजुली देखि
डराउँथे । उनी राष्ट्रपति भएको बेला नै
ह्वाइट हाउसमा बिजुली जडान गरिएको
थियो । तर करेन्ट लाग्ने डरले उनले
विजुलीको स्विच अन गर्न पनि मान्दैनथे ।
""
● राष्ट्रपति ग्रोभर क्लेभल्याण्डको नक्कली
दाह्रा थियो ।
""
● विलियम म्याकिन्ले टेलिफोन प्रयोग गर्ने अभियान संचालन गर्ने प्रथम राष्ट्रपति थिए ।
""
● राष्ट्रपति थियोडोर रुजबेल्ट निकै कडा
दमको रोगी थिए ।
""
● राष्ट्रपतिको पदबाट बाहिरिए सँगै विलियम टाफ्ट अमेरिकी सर्वोच्च अदालतका प्रधान
न्यायाधिश बने । उनी अमेरिकामा राज्यका
दुई अंगको प्रमुख बन्ने एकमात्र व्यक्ति हुन् ।
""
● राष्ट्रपति विड्रो विल्सन अहिलेसम्म सबैभन्दा उच्च अध्ययन गरेका अमेरिकी राष्ट्रपति हुन् । उनी पि एच डी गर्ने एकमात्र अमेरिकी राष्ट्रपति हुन् । उनले राजनीतिशास्त्र र इतिहासमा विद्यावारिधी गरेका थिए ।
""
● राष्ट्रपति वारेन हार्डिंग जुवाखेलका शौखिन
थिए । उनले एक जुवाखेलमा चाइनिज ह्वाइट हाउस हारेका थिए ।
""
● राष्ट्रपति क्लेभिन कूलिजको बिहानी नित्यकर्म निकै अनौठो थियो । उनले
ओछ्यानमै ब्रेकफास्ट गरिरहँदा दोश्रो
व्यक्तिको उनको टाउकोमा भ्यासलिन
लगाएर मालिस गरिदिनु पर्दथ्यो ।
""
● राष्ट्रपति हर्बट हुभर चाइनिज भाषा पनि
फरर्र बोल्न सक्थे । ह्वाइट हाउसमा गोप्य
पारिवारिक कुरा गर्दा अरुले नबुझुन् भनेर
हुभर परिवार प्राय चाइनिज भाषामा कुरा
गर्दथे ।
""
● राष्ट्रपति फ्रान्कलिन रोजबेल्ट एक हलिउड फिल्म दी प्रेसिडेन्स मिस्ट्रीको कथाका कल्पनाकार थिए ।
""
● राष्ट्रपति पदमा निर्वाचित हुनुअघि ह्यारी ट्रुम्यानले पुरुष पहिरन उत्पादन गर्ने व्यवसाय संचालन गरेका थिए । तर सन् १०२१ मा उनको त्यो व्यवसाय टाट पल्टिएको थियो ।
""
● बाल्यकालमा लागेको घाउका कारण राष्ट्रपति डि्वट इसेन होरको खुट्टा झण्डै
काट्नु परेको थियो । तर नियमित खेलकुदका कारण उनको खुट्टा चामत्कारिक रुपमा निको भयो ।
""
● जोन एफ केनेडीले हार्वार्ड विश्वविद्यालयमा अध्ययनका लागि दिएको निवेदन निकै कमसल खालको तथा मापदण्ड नपुगेको भनी उनकै बुवाले समेत आलोचना गरेका थिए ।
""
● राष्ट्रपति एल बी जोनसन नुहाउने कुरामा निर्लज्ज थिए । उनले सबैको अगाडि गफ गर्दै बाथरुममा नुहाउँथे र अरुलाई पनि आफुले जस्तै गरी कपडा फुकाल्न अह्राउँथे।
""
● रिचार्ड निक्सन निकै पोख्न पोकर गेम खेलाडि थिए । सेनामा काम गर्ने बेलामा एकजना साथीबाट उनले पोकर गेमकला सिकेका थिए । पछि सोही खेल खेलेर उनले ६ हजार डलर जिते । जितेको रकम उनले आफ्नो पहिलो कंग्रेस चुनावमा खर्च गरे ।
""
● राष्ट्रपति गेराल्ड फोल्ड कुनै बेला मोडलिगमा पनि लागे । उनले एक चर्चित म्यागेजिनका लागि फोटोसूट पनि गरे । उनकी श्रीमती एक चर्चित नर्तकी तथा
फेसन मोडेल थिइन् ।
""
● राष्ट्रपति जिम्मी कार्टर आफ्नो युवा अवस्थामा केराउ खेती गर्ने किसान थिए । उनको ठूलो केराउ फार्म थियो ।
""
● सन् १९५४ मा रोनाल्ड रेगनको अभिनय करिअर यति विघ्न खराब भयो की उनले लस भेगासको सडकमा हप्तौँसम्म एकल कमिक शो देखाए ।
""
● स्कुले जिवनमा जर्ज एच डब्लु बुस एक पोख्त खेलाडि थिए । उनी बेसबल तथा फुटबल टिमको क्याप्टेन थिए र बास्केटबल टिमको फरवार्ड थिए ।
""
● विल क्लिन्टन दुई पटकका ग्रामी अवार्ड विजेता हुन् । उनले सन् २००४ र २००५ मा यो अवार्ड आफ्ना दुई छुट्टाछुट्टै कृतिका लागि हात पारेका हुन् ।
""
● हाइस्कुल पढ्दाताका जर्ज डब्लु बुस स्कुलको बेसलबल खेलाडिका साथै मुख्य
चियरलिडर पनि थिए ।
""
● बाराक ओबामा कमिक बुकका पारखी हुन् । उनले स्पाइडर म्यान तथा कोनन बार्बारियन जस्ता कमिक पुस्तक संकलन गर्ने गर्छन् र ह्यारी पोर्ट पुस्तकका सबै श्रृंखला पढेका छन् ।
••••••••••••••••••••••••••••••••••••••••••
स्रोतः अनलाइन खबर डट कम
#U_T_R

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...