Skip to main content

नेपालमा पर्ने विश्वका ८ अग्ला हिमालहरु !

विश्वका ८ हजार मिटरभन्दा अग्ला १० वटा हिमशिखरमध्ये ८ वटा नेपालमै पर्छन् । यहाँ हामीले तिनै ८ वटा अग्ला हिमालको तस्वीर प्रस्तुत गरेका छौं :
1. सगरमाथा

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर छ । सोलुखुम्बु जिल्लामा पर्ने सगरमाथा सन् १९५३ मे २९ मा सर एण्डमण्ड हिलारी र तेन्जिङग नेार्गे शेर्पाले पहिलोपटक आरोहण गरेका थिए । नेपाल र चीनको सीमानामा पर्ने यो हिमाल दुवै देशबाट आरोहण गरिन्छ । 
---------------------------------------------------------------------------------------------------------------------------

2. कञ्चनजंघा
विश्वको तेस्रो अग्लो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो । यसको उचाइ ८ हजार ५ सय ८६ मिटर छ । यो ताप्लेजुङ्ग जिल्लामा पर्छ । पहिलो पटक सन् १९५५, मे २५ मा बि्रटिश नागरिक जि ब्याण्ड र जे ब्राउनले यो हिमाल आरोहण गरेका थिए ।
---------------------------------------------------------------------------------------------------------------------------

3. लोत्से
विश्वको चौथो अग्लो हिमाल हो लोत्से । यो ८ हजार ५ सय १६ मिटर अग्लो छ । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल महालंगुर हिमश्रृंखलामा पर्दछ ।
---------------------------------------------------------------------------------------------------------------------------

4. मकालु

विश्वको पाचौं अग्लो हिमाल हो मकालु । यो ८ हजार ४ सय ६३ मिटर अग्लो छ । संखुवासभामा रहेको यो हिमाल पदयात्राका हिसाबले जति प्रख्यात हुनुपर्ने हो त्यति हुन सकेको छैन । पुर्वाधारको हिसावले पनि यो हिमाल निकै पछाडी रहेको छ । पहिलो पटक प|mेन्चका जे कोजी र एल टेरीले यो हिमाल आरोहण गरेका थिए ।
---------------------------------------------------------------------------------------------------------------------------

5. चोयु

विश्वको छैठौं अग्लो हिमाल हो चोयु । सोलुखुम्बु जिल्लामा पर्ने यो हिमाल ८ हजार २ सय १ मिटरको छ । सन् १९५४ अक्टोबर १९ मा अष्ट्रियन एच टीचे र नेपालका पासाङ दावा लामाले सो हिमाल आरोहण गरेका थिए ।
---------------------------------------------------------------------------------------------------------------------------
6. धौलागिरी
विश्वको सातौं अग्लो हिमाल हो धौलागिरी । यो विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्ग क्षेत्रभित्र पर्छ । ८ हजार १ सय ६७ मिटर उचाई भएको धौलागिरी हिमाल सर्वप्रथम स्वीस नागरिक के डिमब्रेगर र ए सेलब्रटले आरोहण गरेका थिए । यो मनाङ्ग र मुस्ताङ्ग जिल्लामा पर्दछ ।
---------------------------------------------------------------------------------------------------------------------------
7. मनास्लु

मनास्लु विश्वको आठौं अग्लो हिमाल हो । यो गोरखा जिल्लामा पर्छ । समुद्री सतहबाट ८ हजार १ सय ६३ मिटर अग्लो यो हिमाल सन् १९५६ मे ९ मा जापानका टी इमानिस र नेपालका ग्याल्सेन नोर्बुले पहिलोपटक आरोहण गरेका थिए ।
---------------------------------------------------------------------------------------------------------------------------
8. अन्नपूर्ण

अन्नपूर्ण हिमाल विश्वको दशौं अग्लो हिमाल हो । यो पदयात्राका लागि विश्वभर प्रख्यात छ । समुद्री सतहबाट ८ हजार ९१ मिटर अग्लो यो हिमाल पहिलो पटक सन् १९६० जुन ३ मा फ्रेञ्च नागरिक एम हेरजोग र एल ल्याचनेलले आरोहण गरेका थिए 
---------------------------------------------------------------------------------------------------------------------------

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...