Skip to main content

उमेर सम्बन्धी प्रश्नको हल - IQ

1. तीन जना साथिहरुको १३ वर्ष पछी को उमेरको योग ९४ हुन्छ भने नौ वर्ष पछि उक्त योग कति होला ??
उत्तर ➡८२
१३ वर्ष पछिको योग = ९४
९ वर्ष पछिको योग = ??
(१३-९) वर्ष योगको अन्तर = ४
जम्मा साथिको संख्या (३x४) = १२
= ९४-१२
= ८२ ✓

2. म जन्मिदा मेरि आमा २३ वर्षकी हुनुहुन्थ्यो । म भन्दा ६ वर्ष कान्छी मेरि बहिनी जन्मिदा मेरा बुवा ३४ वर्षको हुनु हुन्थ्यो । म २० वर्षको हुँदा मेरो बुवा र आमाको उमेर फरक कति होला ??
उत्तर ➡५ वर्ष
बहिनी जन्मिदा आमाको उमेर = २३+६
= २९ वर्ष र बुवाको उमेर = ३४
उमेरको फरक सधै उहीँ रहन्छ = ३४-२९
= ५ वर्ष ✓

3. राम, हरि, गोपाल र श्यामको हालको उमेरको योग ८० छ, भने उनिहरुको तीन वर्ष अघिको योग कति थ्यो होला ??
उत्तर ➡६८
हालको योग = ८०
३ वर्षको योग = ४ जना × ३ वर्ष
= १२
३ वर्ष अघिको योग = ८०-१२
= ६८ ✓

4. बुवा र छोराको हालको उमेरको योग ७० वर्ष छ । १० वर्ष पछि छोराको उमेर बुवाको भन्दा आधा हुन्छ भने उनिहरुको हालको उमेर कति होला ??
उत्तर ➡ २० र ५० वर्ष
१० वर्ष पछिको बुवाको उमेर 2y र छोराको y
.•. बुवा = २y-१० र छोरा = y-१० (हालको)
हालको योग (२y-१०+y-१०) = ७०
.•. Y = ३० (Y को मान राख्दा)
बुवा = २x३०-१० = ५० र छोरा = २०
.•. हालको उमेर = २० र ५० ✓
(१० वर्ष पछिको उमेर = ३० र ६०)

5. ४ वर्ष अघि राजन र राजाको उमेरको अनुपात ४:६ र ४ वर्ष पछिको अनुपात ६:८ हुन्छ भने राजनको १ वर्ष पछिको उमेर कति होला ??
उत्तर ➡ २१ वर्ष
४ वर्ष अघिको अनुपात = ४:६
४ वर्ष पछिको अनुपात = ६:८
८ वर्ष को फरक = २ युनिट (रेसियोको समान बृद्दी)
१ युनिट = ४ वर्ष
राजनको ४ वर्ष अघिको उमेर = ४×४ =१६
हालको = १६+४ = २०
.•. १ वर्ष पछिको = २१ वर्ष ✓

6. सन्जना र प्रकृतिको उमेरको अनुपात ३:२ छ र उनिहरुको उमेरको गुणानफल ५४ वर्ष छ भने सन्जना को उमेर ५ वर्ष पछि कति हुन्छ ??
उत्तर = १४
हालको उमेर ३y र २y
गुणानफल (३y × २y) = ५४
or, ६y^२ = ५४
.•. Y = ३
सन्जनाको हालको उमेर (३y) = ३×३ = ९
.•. ५ वर्ष पछिको उमेर = ९+५ = १४ वर्ष ✓

#copied
#खरिदार_तथा_नासु_परीक्षा_दर्पण

Comments

  1. प्रतिमा र सपना दुई दिदीबहिनी हुन्। उनीहरूको उमेरको योग ५५ वर्ष छ। तिनीहरूको एक अर्काका विपरीत अर्थको उमेर छ भने प्रतिमा र सपना कति कति बर्षका होलान्

    ReplyDelete

Post a Comment

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...