Skip to main content

पानी (Water)

 

💧. पानी के के मिलेर बनेको हुन्छ ??
अक्सिजन र हाइड्रोजन

💦. पृथ्वीमा भएको पानीको कति प्रतिशत पानी समुद्रमा रहेको छ ??
97%

🌊. समुद्रमा पानीको स्वाद कस्तो हुन्छ ??
नुनिलो

💧. मृत सागर (Dead sea) कति प्रतिशत नुन पानीको घोलबाट बनेको सागर हो ??
33.7%

💧. पानीको स्रोत केलाई भनिन्छ ??
जुन ठाउँ बाट पानी ल्याइन्छ।

💧. पृथ्वीमा पानीका स्रोतहरू (Sources of Water):
1. समुद्रको पानी,
2. अन्य पानी
📌2.1. हिउँ
📍2.2. सतह मुनिको पानी
✏2.3.
सतहको पानी
📘2.4. अन्य पानी
2.3.1. ताल, पोखरी
✏2.3.2. नदी, खोला, झरना
✏2.3.3. सिमसार

[नोटः पानी प्राप्त हुने स्थानका आधारमा पानीका मुख्य दुई स्रोतहरू छन्ः सतहको पानी र सतह मुनिको पानी।]

💧. संसारको सबभन्दा ठूलो जलभृत (Aquifer) कुन हो ??
ओगालाला एक्विफर (Ogallala aquifer)
यो 450000 वर्ग किमि मा फैलिएको छ।
➤ यसले अमेरिकाको 8 राज्य छोएको छ।

💦. Water Table के हो ??
जमिन मुनिको पानीको सतह

💧. Universal Solvent भनेर केलाई चिनिन्छ ??
पानी

💦. पानी कति तापक्रममा जम्छ ??
0°C

💧. पानी समुद्र सतहमा कति तापक्रममा उम्लिन्छ ??
100°C

💧. पानीको उम्लने तापक्रम के अनुसार फरक-फरक हुन्छ ??
हावाको चाप

❄. के कारणले गर्दा बरफ (Ice) हलुका र कम घनत्व हुनुका साथै पानी माथि तैरिन्छ ??
पानी जम्दा पानीका अणुहरूका बिचमा खाली ठाउँहरू (Air gaps) भएकोले।

💧. पानी माथि हिड्न सक्ने किरा कुन हो ??
वाटर स्ट्राइडर (Water Strider)

💧. के कारणले गर्दा वाटर स्ट्राइडर पानीमा हिँड्न सक्छ ??
Surface tension को गुणले गर्दा पानीको सतहमा एक प्रकारको लचिलोपना (Elastic membrane) बनेकोले।

💦. शुद्ध पानीले विद्युत परिवहन गर्छ कि गर्दैन् ??
गर्दैन।
तर कुनै घुलित पदार्थ घुलेको अशुद्ध पानीमा भने परिवहन हुन्छ।

💧. उपभोग गर्न सकिने पानीमा कति प्रतिशत पानी कृषिमा खपत हुन्छ ??
70%

💧. काठ, रबर, खनिज आदि पदार्थहरू काट्न प्रयोग गरिने पानीलाई के भनिन्छ ??
Water Jet Cutter

💧. दैनिक उपभोग गर्नको लागि कति पानीको आवश्यकता पर्दछ ??
4%

💧. पानी कति प्रकारका हुन्छन् ??
2
कडा पानी र नरम पानी

💧. पानीको कडापन (Hardness) कति प्रकारका हुन्छन् ??
2
अस्थायी र स्थायी

💧. कृषिमा 70% र दैनिक जीवनमा 4% पानीको खपत हुन्छ भने कारखानामा कति प्रतिशत खपत हुन्छ ??
20%

💦. नेपालको पहिलो जलविद्युत आयोजना कुन हो ??
फर्पिङ जलविद्युत आयोजना
निर्माणः वि.सं. 1968
➤ अर्को वा पुरानो नामः चन्द्रज्योति
➤ सहयोगः बेलायत
➤ उत्पादन क्षमताः 500 किलोवाट

🌊. नेपालको हाइड्रो हेडक्वार्टर भनेर चिनिने जिल्ला कुन हो ??
दोलखा

💧. नेपालमा निजी क्षेत्रबाट निर्माण सम्पन्न पहिलो जलविद्युत आयोजना कुन हो ??
खिम्ती जलविद्युत आयोजना
60 मेघावाट

💧. नदी उत्पन्न हुने स्थानलाई मुहान भनिन्छ भने नदीको अन्त्य स्थललाई के भनिन्छ ??
विलय

💧. मुख्य नदीसँग मिल्ने नदीलाई सहायक नदी भनेझैँ ठूलो नदीबाट छुटेर जाने नदीलाई के भनिन्छ ??
शाखा नदी


Uttar Tamang

Comments