Skip to main content

विश्व भूगोल सामान्य ज्ञान

🌍. भूमध्यसागरलाई एट्लान्टिक महासागरसँग जोड्ने नहर कुन हो ??
जिब्राल्टर स्ट्रेट

🌍. सौर्यमण्डलको भू-केन्द्रित सिद्धान्त कसले प्रतिपादन गरेका थिए ??
टोलेमी (Ptolemy)

🌍. "द न्यू कुरियर" (The New Courier) कुन संस्थाले प्रकाशित गर्छ ??
युनेस्को

🌍. विश्वका करिब ९०% भूकम्पहरू, र ज्वालामुखी रिङ अफ फायरमा आउँछन्, भने यो 'Ring of Fire' कुन समुन्द्रमा पर्दछ ??
प्यासिफिक ओसियन

🌍. विश्वको पहिलो परम्परागत ज्ञान डिजिटल पुस्तकालय कुन देशले सञ्चालन गर्ने भएको छ ??
भारत

🌍. अफ्रिकी नदीहरूको पिता भनेर कुन नदीलाई मानिन्छ ??
नाइल 
➤ यो लगभग ६,६९५ किलोमिटर लामो,
➤ यो १० विभिन्न देशहरूमा फैलिएको छ।

🌍. जापानमा रहेको कुन द्वीपसमूहलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सुचिकृत गरेको छ ??
बोनिन टापुहरू वा ओगासावारा टापुहरू

🌍. सामुद्रिक दक्षिणपूर्व एसियाको दक्षिणी छेउको भाग कुन टापु हो ??
टिमोर टापु

🌍. Amazon Canyon कुन महासागरमा अवस्थित छ ??
एटलान्टिक 

🌍. काराकोरम दर्राले कुन दुई देश जोडेको छ ??
भारत र चीन

🌍. बहराइन एक अरब राज्यको एक द्वीपसमूह हो। सबैभन्दा ठूलो टापु बहराइन द्वीप हो जुन ५५ किमी लामो र १८ किमी चौडा छ। बहराइन राज्यमा कुल कतिवटा टापुहरू रहेका छन् ??
३३

🌍. बहराइन कुन खाडीको एक सार्वभौम राज्य हो ??
फारसको खाडी (Persian Gulf)

🌍. पृथ्वीको केन्द्रतिर जाँदा शरीरको तौल के हुन्छ ??
घट्छ

🌍. भ्यान डाइमेनको भूमि भनेर कुन ठाउँलाई चिनिन्छ ??
तास्मानिया (Tasmania)
➤ सन् १८५६ मा भ्यान डाइमेनको भूमिबाट तस्मानियामा नाम परिवर्तन गरिएको ।

🌍. क्यानडाको सबैभन्दा ठूलो टापु कुन हो ??
बाफिन द्वीप (Baffin Island)
➤ विश्वको पाँचौं ठूलो टापु 
➤ क्षेत्रफल: ५,०७,४५१ वर्ग किलोमिटर

🌍. सहारा मरुभूमिको ठूला चट्टानी टुक्राहरूले ढाकिएको सतहलाई के भनिन्छ ??
हमादा

🌍. संसारको सबैभन्दा लामो गुफा प्रणाली कुन हो ??
म्यामथ गुफा 
➤ अमेरिकाको केन्टकीमा रहेको 
➤ दुरी: ६५२ किमी 

🌍. एसियाको सबैभन्दा ठूलो मरुभूमि कुन हो ??
अरेबियन
➤ २३,३०,००० वर्ग किमी
➤ विश्वको पाँचौं ठूलो

🌍. रेजिस्तान मरुभूमि कुन देशमा पर्दछ ??
अफगानिस्तान

🌍. सबैभन्दा बढी पोटास उत्पादन गर्ने देश कुन हो ??
क्यानडा
➤ दोस्रो: रसिया र तेस्रो: बेलारुस

🌍. कुन देशलाई "आठौँ महादेश" भनेर पनि चिनिन्छ ??
मेडागास्कर

🌍. संसारको सबैभन्दा ठूलो हिमनदी कुन हो ??
ल्याम्बर्ट ग्लेशियर, अन्टार्कटिका

🌍. कुन नहरले उत्तर अमेरिका र दक्षिण अमेरिका महादेशलाई छुट्याउँछ ??
पानामा नहर

🌍. स्क्यान्डिनेभियाको सबैभन्दा ठूलो देश कुन हो ??
स्वीडेन

🌍. इन्द्रेणी कोरल रिफ कहाँ रहेको छ ??
फिजी
➤ यहाँ पानी मुनि जीवन्त रंगहरू देखा पर्छन्।

Comments