🌍. कुन देशले एउटा यस्तो कानुन पारित गर्यो जसले आफ्नो तट रक्षकहरूलाई खतरा रोक्नको लागि विदेशी जहाजहरूमा गोली हान्न अनुमति दिएको छ ??
➤ चीन
🌏. नेदरल्यान्ड स्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले युगाण्डाका कुन पूर्व सेनापतिलाई युद्ध र मानवता विरुद्धको अपराधमा दोषी ठहर गरेको हो ??
➤ डोमिनिक ओन्ग्वेन (Dominic Ongwen)
🌎. चीनमा सन् २०२० मा दर्ता भएका जन्मको संख्या १०.०४ मिलियन थियो, जुन गत वर्षको दर्ता भएको जन्मको तुलनामा कति प्रतिशतले कम हो ??
➤ १५%
🌍. पंक्षीबाट मानिसमा सर्ने H5N8 नामक बर्डफ्लु भाइरसको पहिलो घटना कुन देशमा भएको हो ??
➤ रुस (हालै साल)
🌎. ‘सिनात्रा सिद्धान्त (Sinatra Doctrine)’ कुन अन्तर्राष्ट्रिय संघले अपनाएको हो ??
➤ युरोपेली संघ (EU)
🌏. कुन देशले हालै यमनमा गृहयुद्ध अन्त्य गर्न संयुक्त राष्ट्र संघलाई प्रायोजित योजनाको प्रस्ताव गरेको छ ??
➤ साउदी अरब
🌏. हालै कुन देशको समुन्द्री तटमा धेरै मात्रामा समुद्री स्नोट (sea snot) जम्मा भएको हो ?
➤ टर्की
🌎. इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकी स्टेट्स (ECOWAS) ले कुन देशलाई आफ्नो समूहबाट निलम्बन गरेको छ ??
➤ माली
🌍. विश्वको सबैभन्दा धेरै मासु आपूर्ति गर्ने कुन कम्पनी हालै रानसोमवयर (Ransomware) आक्रमणको पासोमा परेको हो ??
➤ JBS S.A.
🌏. कुन देशले विश्वको पहिलो विशेष 'हाइ स्पीड रेलका लागि हरित मूल्याङ्कन प्रणाली' सुरु गरेको छ ??
➤ भारत
🌎. विश्व स्वास्थ्य संगठनले हालै कुन एसियाली देशलाई औलो (Malaria) मुक्त भनी घोषणा गरेको हो ??
➤ चीन
🌍. ६०० किलोमिटर प्रतिघण्टाको गतिमा पुग्न सक्ने उच्च गतिको म्याग्लेभ ट्रेन कुन देशले सुरु गरेको छ ??
➤ चीन
🌏. सन् २०२१ मा G20 संस्कृति मन्त्रीहरूको बैठक कुन देशले र कहिले आयोजना गर्यो ??
➤ इटाली र ३० जुलाई २०२१ मा
🌎. कुन संस्थाले नयाँ साइबर सुरक्षा बहु-दाता ट्रस्ट कोष सुरु गरेको छ ??
➤ विश्व बैंक
🌏. सेफ सिटी इन्डेक्स २०२१ मा विश्वका ६० वटा सहरमध्ये कुन सहरलाई विश्वको सबैभन्दा सुरक्षित सहरको सूचीमा राखिएको छ ??
➤ कोपेनहेगन
➤ अन्तिममा: याङ्गुन सहर
🌎. कुन देशले मोरक्कोसँगको कूटनीतिक सम्बन्ध तोडेको छ ??
➤ अल्जेरिया
🌍. प्राविधिक (Tech) कम्पनीहरूलाई वैकल्पिक भुक्तानी प्रणाली प्रस्ताव गर्न बाध्य पार्ने विश्वको पहिलो कानुन कुन देशले पारित गरेको छ ??
➤ दक्षिण कोरिया
🌎. हालै जलवायु परिवर्तनका सम्बन्धमा दक्षिण प्रशान्त महासागरको कुन देश अन्तर्राष्ट्रिय अदालतमा पुग्यो ??
➤ भानुआटु (Vanuatu)
🌏. हालै ब्रिक्स (BRICS) कृषि अनुसन्धान मञ्च कुन देशमा स्थापना भएको हो ??
➤ भारत
🌎. Hwasong-8 कुन देशले हालै परीक्षण गरेको नयाँ हाइपरसोनिक मिसाइल हो ??
➤ उत्तर कोरिया
🌍. सेबास्टियन कुर्जले अष्ट्रिया देशको कुलपति (Chancellor) पदबाट कहिले राजीनामा दिएका हुन् ??
➤ अक्टोबर ९, २०२१
🌏. कुन देशले आफ्नो सशस्त्र सेनाको सञ्चार बढाउन 'Syracuse 4A' उपग्रह प्रक्षेपण गरेको हो ??
➤ फ्रान्स
🌎. अफगानिस्तान तालिबान लडाकुको हातमा परेपछि दशौं हजार मानिसहरूलाई त्यहाँबाट विस्थापित गर्न अमेरिकाले चलाएको अपरेशन कुन हो ??
➤ “Operation Allies Welcome”
🌍. COP-26 सम्मेलनमा 'सोलर कम्पास' जर्नल कुन अन्तर्राष्ट्रिय संस्थाले शुरु गर्यो ??
➤ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA)
🌏. सिभिक डेमोक्र्याटिक पार्टी, क्रिस्चियन डेमोक्र्याट र टप-०९ पार्टी बीच गठबन्धनको शक्ति बाँडफाँडपछि कुन देशमा नयाँ सरकार गठन भएको हो ??
➤ चेक गणतन्त्र
✒️. उत्तर तामाङ्ग
Comments
Post a Comment