🌎. विश्व कपको इतिहासमा पहिलो पूर्ण रूपमा गिराउन सकिने स्टेडियम कुन हुनेवाला छ?
➤ स्टेडियम ९७४ (कतार)
🌎. इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (EIU) को सर्वेक्षण २०२१ अनुसार संसारकै सबैभन्दा महँगो सहर कुन बनेको छ?
➤ तेल अविव (इजरायल)
➤ सस्तो - सिरियाको दमास्कस
🌎. कोरोनाभाइरसको ओमिक्रोन संस्करण पुष्टि भएको पहिलो खाडी राष्ट्र कुन हो?
➤ साउदी अरब
➤ २०२१ डिसेम्बर १ मा
🌏. चीनले कहिले सम्ममा आफ्ना ८५ प्रतिशत नागरिकले राष्ट्रिय भाषा प्रयोग गर्ने भन्दै मन्डारिनलाई प्रवर्द्धन गर्न आक्रामक अभियान सुरु गरेको छ?
➤ सन् २०२५
🌐. अन्टार्कटिकाको सबैभन्दा पुरानो बरफको खोजी गर्न युरोपेली टोलीले बनाएको परियोजनाको नाम के हो?
➤ 'Beyond EPICA' (European Project for Ice Coring in Antarctica)
🌏. वैज्ञानिकहरूले हालै पत्ता लगाएको नयाँ ग्रहको नाम के हो, जसलाई अल्ट्राहट जुपिटर पनि भनिएको छ?
➤ TOI-2109b
➤ यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो ।
➤ यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ ।
➤ यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ ।
🌎. चर्चित सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (CEO) मा को नियुक्त भएका छन्?
➤ पराग अग्रवाल
🌎. विश्व दाल दिवस मनाउने प्रस्ताव सर्वप्रथम कुन देशले गरेको थियो?
➤ बुर्किना फासो
🌎. NIIF मा USD 54 मिलियन लगानी गर्ने घोषणा गरेको विकास वित्त निगम (DFC) कुन देशको हो?
➤ अमेरिका
🌎. नर्ड स्ट्रिम २ पाइपलाइन कुन सागर हुदै जान्छ?
➤ बाल्टिक सागर
🌎. कुन संस्थाले "धार्मिक स्थलहरूको सुरक्षा गर्न शान्ति र सहिष्णुताको संस्कृतिको प्रवर्द्धन" शीर्षकको प्रस्ताव पारित गरेको छ?
➤ सँयुक्त राष्ट्र संघ
🌎. अमेरिकी राष्ट्रपति जो बाइडेनले कुन देशमा साउदी नेतृत्वको सैन्य कारबाही समर्थन अन्त्य गर्ने घोषणा गरे?
➤ यमन
🌎. कुन देशले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आपूर्ति सहित कार्गो जहाज प्रक्षेपण गरेको छ?
➤ रसिया (Progress MS-16 नामक)
🌎. संयुक्त राष्ट्र प्रमुखका अनुसार कति देशले कोभिड-१९ को खोपको डोज पाएका छैनन्?
➤ १३०
🌎. विश्वको पहिलो प्लेटिपस शिकार निषेध क्षेत्र कुन देशले बनाइरहेको छ?
➤ अष्ट्रेलिया
🌎. 'विपद् प्रतिरोधी पूर्वाधारको लागि गठबन्धन' (CDRI) को मुख्यालय कहाँ रहेको छ?
➤ नयाँ डिल्ली
🌎. विश्वभर क्षयरोगका बिरामीको पूर्ण संख्यामा सबैभन्दा बढी केसलोड भएको देश कुन हो?
➤ भारत
🌎. 'HEAL-COVID' को राष्ट्रव्यापी परीक्षण कुन देशमा लागू गर्ने भएको छ?
➤ बेलायत
🌎. युरोपेली आयोगले आफ्नो अर्थतन्त्रलाई हरित र डिजिटल बनाउन सन् २०२६ सम्म वार्षिक कति रकम उठाउने योजना बनाएको छ?
➤ १५० बिलियन यूरो
🌎. कोविड 19 को प्रभाव विरुद्ध लड्न युवा मानिसहरूका विचारहरू लिने उद्देश्यले WHO द्वारा समर्थित कार्यक्रमको नाम के हो?
➤ विश्वव्यापी युवा परिचालन (Global Youth Mobilization)
🌎. कुन देशले आफ्नो पहिलो मार्स रोभरको नाम 'Zhurong' राखेको छ?
➤ चाइना
🌎. स्थायी संरचित सहयोग (PESCO) कुन संघको रक्षा पहल हो?
➤ युरोपेली संघ
🌎. "नयाँ ठूला ५ परियोजना (New Big 5 project)" के हो?
➤ वन्यजन्तु फोटोग्राफी परियोजना
🌎. सन् २०३० सम्ममा एड्स अन्त्य गर्ने राजनीतिक घोषणा कुन अन्तर्राष्ट्रिय निकायले गरेको छ?
➤ संयुक्त राष्ट्र संघको महासभा
🌎. हालै कुन नयाँ पाँच देशहरू संयुक्त राष्ट्र सुरक्षा परिषदमा सहभागी हुनका लागि छनोट भएका छन्?
➤ ब्राजिल, संयुक्त अरब इमिरेट्स, अल्बानिया, घाना र ग्याबोन
Comments
Post a Comment