१५१) ऋतु ६ ओटा, करण ७ ओटा, योग र नक्षत्र २७ ओटा, तथा सम्वत्सर ६० ओटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति ओटा पर्दछन् ??
➤ क्रमशः १५ र २ ओटा
१५२) अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ??
➤ प्रद्युम्न
१५३) हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ??
➤ सुभद्रा
१५४) आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ??
➤ अग्नी
१५५) नवरत्नमा के के पर्दछन् ??
➤ नवरत्नहरू यसप्रकार छन्:
१. माणिक्य (Ruby)
२. मोती (Pearl)
३. मूंगा (Coral)
४. पन्ना (Emerald)
५. पुखराज (Topaz, Yellow Sapphier)
६. हीरा (Diamond)
७. नीलम (Blue Sapphire)
८. गोमेद (Zircon, Hessonite)
९. लहसुनिया (Cat's Eye)
१५६) श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ??
➤ आफ्ना कामदारलाई
१५७) हिमालयकी पुत्री पार्वती हुन् भने उनकी माता को हुन् ??
➤ मेनका
१५८) क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ??
➤ बीजक
१५९) “नमाज” पढ्दा बस्ने आसनलाई के भनिन्छ ??
➤ जानमात्र
१६०) पञ्चमहाभूतमा नपर्ने तलका मध्ये कुन हो ??
क. विजुली ख. पृथ्वी
ग. आकाश घ. वायु
➤ क. विजुली (पञ्चमहाभूतहरू: आकाश, वायु, तेज, जल र पृथ्वी)
१६१) तलका मध्ये नवरसमा नपर्ने कुन हो ??
क. वीर ख. सुसुप्त
ग. हाँस्य घ. श्रृंगार
➤ ख. सुसुप्त
१६२) नवरत्नमा नपर्ने तलका मध्ये कुन हो ??
क. नीलम ख. पन्ना
ग. मध्यराज घ. गोमेद
➤ ग. मध्यराज
१६३) नवरस (Navarasa) मा के के पर्दछन् ??
➤ नवरसहरु यसप्रकार छन्:
१. श्रृङ्गार (Love/Beauty)
२. वीर (Heroism/Courage)
३. करुणा (Sorrow)
४. हास्य (Laughter)
५. रौद्र (Anger)
६. भयानक (Terror/Fear)
७. बीभत्स (Disgust)
८. अद्भुत (Surprise/Wonder)
९. शान्त (Peace or Tranquility)
१६४) प्रसिद्ध बौद्ध धार्मिक स्थल गोटीहवा कुन जिल्लामा पर्दछ ??
➤ कपिलवस्तु
१६५) महाभारतमा कति श्लोक छन् ??
➤ एक लाख
१६६) बुढा सुब्बाको मन्दिरमा केको बली दिइन्छ ??
➤ सुँगुर
१६७) गोरखाको मनकामना मन्दिरमा कुन जातिको पुजारी बस्ने चलन छ ??
➤ मगर
१६८) राम लक्ष्मणले पञ्चवटीमा बनाएको मन्दिर कहाँ पर्दछ ??
➤ गोदावरी नदीको किनारमा
१६९) गौतम बुद्धको बदनाम गर्न बुद्धकी पत्नी हुँ भनी सार्वजनिक गर्ने महिला को हुन् ??
➤ चिचा माणविका
१७०) हरिहर क्षेत्र र आदीप्रयाग भन्नाले नेपालको कुन तीर्थस्थललाई जनाउँदछ ??
➤ देवघाट
१७१) नेपालको प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथमा पहिलो पटक पूजा कहिले रोकिएको थियो ??
➤ वि.सं. २०६५ पुस १७
१७२) पाण्डवहरू बसेको ठाउँमा अचानक कुन ऋषिको आगमनले द्रौपदीलाई लज्जित पारेको थियो किनकि उनी सँग अनुयायीहरुलाई खुवाउनको लागी खाना थिएनन् ??
➤ ऋषि दुर्वासा
१७३) शैलेश्वरी भगवतीको मन्दिर कुन जिल्लामा पर्दछ ??
➤ डोटी
१७४) उग्रतारा देवीको मन्दिर नेपालको कुन जिल्लामा पर्दछ ??
➤ डडेलधुरा
१७५) संसारको सबै भन्दा ठूलो धार्मिक ग्रन्थ मानिएको महाभारतको रचना कसले गरेका थिए ??
➤ वेदव्यास
Click Here for धर्मशास्त्र-६ ⏮⏸⏭ धर्मशास्त्र-८
Comments
Post a Comment