Skip to main content

समसामयिक जानकारी वा प्रश्नोत्तर २०७८

✒️. पाँचौ बिमस्टेक शिखर सम्मेलन कहाँ र कहिले हुने भएको छ?
➤ कोलम्बो, श्रीलंका र सन् २०२२ मार्च ३०

✒️. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुन स्थानीय तहलाई देशकै उत्कृष्ट स्थानीय तह २०७८ घोषणा गर्यो?
➤ अजयमेरु गाउँपालिका, डडेल्धुरा

✒️. रुसले पछिल्लो पटक युक्रेन माथि कहिले देखि आक्रमण सुरु गरेको हो?
➤ सन् २०२२ फेब्रुअरी २४

✒️. ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा कहिले गरियो?
➤ २०७८ फागुन २०

✒️. आइसीसी महिला क्रिकेट विश्वकप २०२२ को आयोजक राष्ट्र कुन हो?
➤ न्युजिल्यान्ड

✒️. नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्भ प्रत्यारोपण कहिले र कहाँ गरिएको हो?
➤ वि.सं. २०७८ फागुन १६
➤ शहीद गंगालाल हृद्धय रोग केन्द्रले

✒️. चिनमा भएको २२ औं शीतकालीन ओलम्पिकमा प्रथम स्थान हासिल गर्ने देश कुन हो?
➤ नर्वे (स्वर्ण १६, रजत ८ र कांस्य १३)
➤ दोस्रो र तेस्रो : जर्मनी र चिन

✒️. नेपाल राष्ट्र बैङ्कले १ रुपैयाको नयाँ सिक्का कहिले बाट प्रचलनमा ल्याउने भएको छ?
➤ वि.सं. २०७८ फागुन २५ गतेबाट

✒️. अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ?
➤ मार्च ८
➤ पहिलो पटक सन् १९०० मा मनाएको।

✒️. अन्तर्राष्ट्रिय नारी दिवस २०२२ को नारा के हो?
➤ Gender Equality Today for a Sustainable Tomorrow.
➤ "सामाजिक न्याय र लैङ्गिक समानता: दिगो विकासको सुनिश्चितता"

✒️. रोलेक्स कन्जरभेसन अवार्ड २०२१ बाट सम्मानित नेपाली नागरिक को हुन्?
➤ रिन्जिङ् फुन्डोक लामा

✒️. नेपाल पन्छी संरक्षण संघले नेपालमा पाइने चराको गणनाको लागि प्रयोगमा ल्याएको एप कुन हो?
➤ छिमेकी चरा

✒️. प्रधानमन्त्रीद्धारा राष्ट्रपति समक्ष सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत कहिले गरिएको हो?
➤ वि.सं. २०७८ फागुन २२

✒️. भैरहवा स्थित गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको यान्त्रिक परिक्षण सुरु कहिले गरिएको हो?
➤ २०७८ फागुन ६

✒️. सहिद स्मारक ए डिभिजन लिग २०७८ को सर्वोत्कृष्ट खेलाडि को बन्न सफल भइन्?
➤ सुनिल बल

✒️. गान्धी नोवेल पीस अवार्ड-२०२२ कुन नेपाली युवालाई प्रदान गर्ने भएको छ?
➤ गणेश प्रसाद घिमिरे

✒️. संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्धभावना दुत नियुक्त कहिले गरिएको हो?
➤ २०७८ फागुन १२

✒️. अमेरिकाको लागि नेपाली राजदूतमा श्रीधर खत्री नियुक्त कहिले भएको हो?
➤ वि.सं. २०७८ फागुन १५

✒️. यस वर्ष २०७८ को स्वास्थ्य दिवसको नारा के हो?
➤ गुणस्तरीय स्वास्थ्य सेवा र हाम्रो प्रतिवद्धता

✒️. नेपालमा संसदबाट एमसीसी (MCC) अनुमोदन कहिले भएको हो?
➤ वि.सं. २०७८ फागुन १५

✒️. हालै रुस र युक्रेन बिच पहिलो चरणको वार्ता कहिले भएको हो?
➤ सन् २०२२ फेब्रुअरी २८
➤ दोस्रो चरण:- २०२२ मार्च ३

✒️. अस्ट्रेलियन क्रिकेटर सेन वार्नको निधन कहिले भएको हो?
➤ सन् २०२२ मार्च ४

✒️. नेपालमा बैङ्क तथा वित्तिय संस्थाहरुको सङ्ख्या क, ख, ग, घ तथा पुर्वाधार विकास बैंक क्रमश कति कति ओटा रहेका छन्?
➤ क्रमशः २७, १७, १७, ६७ र १
➤ जम्मा: १२९

✒️. रुसले युक्रेन माथी सैन्य कारवाही कहिले बाट सुरु गरेको हो?
➤ २०२२ फेब्रुअरी २४ 

✒️. कोरोना भाइरसको ओमिक्रोन नामक संस्करण पहिलो पटक कुन देशमा फेला परेको हो?
➤ दक्षिण अफ्रिका

Comments