➤ कुल बजेट = १७ खर्ब ९३ अर्ब ८३ करोड
➤ चालु खर्च = ७ खर्ब ५३ अर्ब ४० करोड (४२%)
➤ पुँजीगत खर्च = ३ खर्ब ८० अर्ब ३८ करोड (२१.२%)
➤ वित्तीय व्यवस्था = २ खर्ब ३० अर्ब २२ करोड (१२.८%)
➤ वित्तिय हस्तान्तरण = ४ खर्ब २९ अर्व ८३ करोड (२४%)
बजेटको स्रोतहरू:
➤ राजस्व = १२ खर्ब ४० अर्ब ११ करोड
➤ आन्तरिक ऋण = २ खर्ब ५६ अर्व
➤ वैदेशिक अनुदान = ५५ अर्ब ४६ करोड
➤ वैदेशिक ऋण = २ खर्ब ४२ अर्ब २६ करोड
मुख्य विशेषताहरु:
➤ आगामी आर्थिक वर्षमा ८% को आर्थिक वृद्धिको लक्ष्य
➤ आ.व. मा मुद्रास्फीती ७% मा सीमित राख्ने
➤ सरकारले भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने
➤ कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्सको व्यवस्था गरिने
➤ वार्षिक ८ लाख नेपालीलाई गरिबिको रेखाबाट माथि ल्याउने
➤ शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार गरेर मानव विकास सूचांक ०.६५ अंक पुर्याउने
➤ आगामी वर्ष धान, मकै, गहुँ र फलफूलको आयात ३०% ले घटाउने
➤ समग्र आयात २०% ले घटाउने
➤ आगामी ५ वर्ष भित्रमा नेपालको वैदेशिक व्यापार घाटालाई सन्तुलनमा ल्याउने
➤ वित्तीय समानीकरण अनुदानतर्फ प्रदेशलाई ६१ अर्ब ४३ करोड र स्थानीय तहलाई १ खर्ब २३ करोड वित्तीय हस्तान्तरण हुने
➤ सशर्त अनुदानतर्फ प्रदेशलाई ५७ अर्ब १७ करोड र स्थानीय तहलाई १ खर्ब ८३ अब रुपैयाँ विनियोजन हुने
➤ पूर्वाधार सम्बन्धी आयोजना पुरा गर्न समपूरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब ३० करोड र स्थानीय तहलाई ७ अर्ब २७ करोड विनियोजन भएको
➤ विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ५६ करोड र स्थानीय तहलाई ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन हुने
➤ राजश्व बाँडफाँडतर्फ प्रदेशलाई १ खर्ब ६१ अर्ब रुपैयाँ रकम हस्तान्तरण हुने
➤ सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको
➤ किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने
➤ सरकारले कृषि तथा पशु विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बजेट विनियोजन गरेको
➤ मासिक १० करोड भन्दा धेरै विद्युत खपत गर्ने उद्योगलाई महशुलमा छुट
➤ उद्योग सञ्चालनका लागि ५० वर्षसम्म जग्गा भाडामा दिने व्यवस्था गरिने
➤ सरकारले आगामी वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको
➤ सरकारले आर्थिक वर्ष २०७९ लाई कृषि जैविक विविधता वर्षका रूपमा मनाउने घोषणा
➤ विदेशी लगानीको सीमा २ करोड कायम गरिने
➤ सरकारले सुदूरपश्चिमको कैलाली र कर्णालीको सुर्खेतमा जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने
➤ स्वदेशी उत्पादनको प्रवर्द्धनका लागि सरकारी र सार्वजनिक क्षेत्रमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागु गरिने
➤ उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयका लागि १० अर्ब ४८ करोड बजेट
➤ आउँदो आर्थिक वर्षदेखि आधिकारिक व्यक्ति वा संस्थाबाट मात्रै घरजग्गाको कारोबार गर्न पाइने
➤ भृकुटीमण्डपको खुला बजार क्षेत्रमा हस्तकला प्रदर्शन र अन्तराष्ट्रिय व्यापार मेलाको व्यवस्था मिलाइने
➤ पर्यटन क्षेत्रका लागि ९ अर्ब ३८ करोड रुपैयाँ विनियोजन गरिएको
➤ विदेशी लगानीको प्रारम्भिक स्वीकृित ७ दिनभित्र र पूर्व स्वीकृती ६ महिनाभित्र दिने व्यवस्था
➤ दुई घण्टामा सगरमाथा अवलोकन गर्ने गरी पूर्वाधार निर्माण गरिने
➤ राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि २ अर्ब १७ करोड विनियोजन गरिएको
➤ स्थानीय पालिकासँगको सहकार्यमा काठमाडौंमा नेवाः संग्रहालय स्थापना गरिने
➤ डडेलधुरा, बलेवा, दाङ र टीकापुर विमानस्थल स्तरोन्नति गरिने
➤ गरिबलाई खाद्य सुरक्षा परिचयपत्र, सुपथ मूल्यमा खाद्यान्न दिइने
➤ सहकारीलाई कम्तीमा ५०% लगानी उत्पादनमूलक क्षेत्रमा गर्नुपर्ने व्यवस्था
➤ सरकारी अस्पतालबाट ९८ प्रकारका औषधि निःशुल्क वितरण गरिने
➤ आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई ५ हजार रुपैयाँ सुत्केरी भत्ता दिने
➤ सरकारले ४० वर्ष माथिका नागरिकलाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ सेवा सञ्चालन गर्ने
➤ सरकारले 'एक चिकित्सक एक अस्पताल' कार्यक्रम सञ्चालन गर्ने
➤ विद्यालय व्यवस्थापन तथा शैक्षिक सुधारका लागि प्रधानाध्यापकले ५ लाख रुपैयाँ खर्च गर्न पाउने
➤ ६८ वर्षमा नै वृद्ध भत्ता उपलब्ध गराइने
➤ सरकारले दिवा खाजा कार्यक्रम कक्षा ६ सम्म व्यवस्था गर्ने
➤ यांग्री र लार्के खोलाको पानी काठमाडाैंमा ल्याउन थप अध्ययन अघि बढाइने
➤ गौतमबुद्ध रंगशाला निर्माणमा सहयोग गर्ने सरकारकाे घाेषणा
➤ सरकारले सबै घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने भएको
➤ सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन सिलिगुडी देखि झापाको चारआली र अमलेखगन्ज देखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने
➤ सरकारले महिलाहरुको क्षमता विकास र सशक्तीकरणका लागि हरेक वडामा महिला सभा आयोजना गर्ने
➤ सरकारले आगामी आर्थिक वर्षमा ८०० किलोमिटर सडक सञ्जाल विस्तार गर्ने
➤ सरकारले बजेट भाषण मार्फत काठमाडौं देखि चितवन एक घण्टामै पुग्न सकिने गरी सडकमार्ग बनाउने घोषणा
➤ सरकारले काठमाडौंस्थित मुलपानि क्रिकेट मैदानको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने
➤ सरकारले स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीलाई न्यूनतम ९० दिन स्थानीय तहमा स्वयम् सेवकको रुपमा काम गर्नुपर्ने घोषणा
➤ धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने घोषणा
➤ सरकारले पूर्वाधार विकासका लागि आवश्यक लगानी जुटाउन हरित ऋणपत्र जारी गर्ने
➤ सरकारले आगामी आर्थिक वर्षमा हुम्ला जिल्लाको सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने घोषणा
➤ सरकारले एसियाली र ओलम्पिक खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन मासिक जीवन वृद्धिको व्यवस्था गर्ने
➤ सरकारले आगामी आर्थिक वर्ष पनि 'एक स्थानीय तह एक खेल मैदान' कार्यक्रमलाई निरन्तरता दिइने
➤ सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पाल्पाको शिद्धबाबामा यसै वर्षदेखि सुरूङमार्ग निर्माण कार्य शुरु हुने
➤ 'एलपी ग्यास छोडौँ विद्युतीय चुल्हो रोजौँ' अभियान चलाइने
➤ सरकारले सहरी क्षेत्रमा जेष्ठ नागरिकका लागि पार्क बनाउने घोषणा
➤ सरकारले शैक्षिक सत्र सुरु हुनुअघि नै सबै विद्यार्थीको निःशुल्क स्वास्थ्य जाँच गर्ने
➤ ग्वार्काे, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’, कोटेश्वर र नयाँ बानेश्वरमा ‘अन्डरपास’ निर्माण गरिने
➤ सरकारले आवेदन भरेको एक महिनामै सवारी लाइसेन्सको परीक्षा लिने भएको छ । साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिने
➤ सरकारले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फल्ड लाइट जडान गर्न बजेट विनियोजन गरेको
➤ सरकारले बजेट मार्फत महिला सशक्तिकरणका लागि ‘महिला पहिला’ कार्यक्रम अगाडि बढाउने
➤ सरकारले विद्युतीय सवारीको प्रयोग बढाउन ५० स्थानमा चार्जिङ स्टेसन निर्माणका लागि बजेट विनियोजन गरेको
➤ साना तथा घरेलु जलविद्युत् आयोजना बनाउन प्रदेश र स्थानीय तहलाई संघ सरकारले २५% सम्म ऋण दिने
➤ रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुका ट्रमा सेन्टर स्थापना गरिने
➤ सरकारले मिर्गौला प्रत्यारोपण तथा डायलाइसिस गराएका, निको भएका क्यान्सरका बिरामी र मेरूदण्ड पक्षघात भएका बिरामीहरूलाई महिनामा ५ हजार रूपैयाँ उपलब्ध गराउने
➤ इन्टरनेट सेवालाई सर्वसुलभ बनाउन इन्टरनेट शुल्क घटाईने
➤ दाेलखामा फिल्म सिटी निर्माण कार्य अगाडि बढाइने
➤ काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर सुटिङ स्टुडियो बनाउने घोषणा
➤ नेपाल विद्युत प्राधिकरणको सेयर जारी गरिने
➤ आगामी आर्थिक वर्षसम्म ७ सय १५ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने
➤ लुम्बिनी र सप्तरीमा ‘सुपर स्पेस्यालिटी’ सेवासहितका अस्पताल बनाइने
➤ सरकारले अबको दुई वर्षभित्र देशभरका सबै घरमा विद्युत् पुर्याउने घोषणा
➤ दुई वर्षभित्र सबै स्थानीय तहको प्रशासानिक भवनको निर्माण गरिने
➤ जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाइने
➤ पाल्पा र उदयपुरमा मौसमी राडार स्थापना गरिने
➤ सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने
➤ सिन्धुलीको मरिणलाई नयाँ शहरको रुपमा विकास गर्ने
➤ सरकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा
➤ सरकारले धरहराको बाँकी काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य
➤ गैरआवासीय नेपालीले शेयरको दोस्रो बजारमा लगानी गर्न पाउने
➤ वैदेशिक रोजगारीमा गएकालाई १०% कोटा
➤ सरकारले बन्द भएको सार्वजनिक र सरकारी उद्योगलाई पुन सञ्चालनमा ल्याउने
➤ आगामी वर्षदेखि जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग लगायत अन्य बन्द स्थितीमा रहेका उद्योगलाई सञ्चालनमा ल्याउने
➤ सरकारले राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने
➤ राष्ट्रसेवक कर्मचारीको तलव १५% ले बढ्यो
➤ महङ्गी भत्ता यथावत
➤ सार्वजनिक पद धारण गरेका व्यक्तिले हेटौंडा कपडा उद्योगको कपडा लगाउनुपर्ने
➤ कर्मचारीको नयाँ दरवन्दी सिर्जना नहुने साथै १०% दरवन्दी कटौती हुने
➤ सरकारले आगामी २ वर्षभित्र सबै नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र दिने
➤ कर्णाली र सुदूरपश्चिमका पहाडी जिल्लामा खुल्ने उद्योगलाई १५ वर्ष सम्म आयकर छुट
➤ कृषि औजार कारखानालाई ५ वर्षसम्म आयकर छुट
➤ सरकारले नेपालमै सवारी साधनको एसेम्बल गर्ने उद्योग स्थापना गरे ४०% सम्म आयकर छुट दिने
➤ आयकर छुटको सीमा बढाइयो
➤ प्राकृतिक व्यक्तिका लागि आयकर छुटको सीमा वार्षिक ५ लाख र दम्पतीको हकमा ६ लाख रुपैयाँ कायम गरिएको
©- Govinda Giri - गोविन्द गिरी
Comments
Post a Comment