Skip to main content

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा परिमार्जन गरेको छ। परिमार्जनका प्रमुख १० बुँदाहरु निम्नानुसार छन:

१. रु.१ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २०% वा ४०% को अधिकतम सिमा नलाग्ने। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

२. रु.१ करोड देखि रु.२ करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमालाई ४०% को अधिकतम सिमा बनाईयो। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

३. रु.२ करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको २५% को सीमा Fluctuating working capital को लागी यथावत। Permanent working capital को लागी कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो।

४. चालु पुजी को आबधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत।

५. ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धवार्षिक बनाईयो।

६. कर्जा अधिकारीले चालू पूजी प्रमाणित गरि राख्नु पर्नेलाई विश्लेषण गरी राख्नुपर्ने अनि एकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाईयो।

७. एक पटक भन्दा बढि Adhoc basis मा कर्जा आवश्यकता परेमा बैंकको संचालक समितिबाट निर्णय गराई दिन सकिने व्यवस्था थप।

८. प्रत्येक त्रैमासमा अन्तिम महिनामा थप कर्जा सिमा प्रदान गर्न नपाईने तर नविकरण गर्न बाधा नपर्ने।

९. २०७९ कार्तिक ०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुँजी कर्जा पहिलो पटक पुनरावलोकन वा नवीकरण गर्दा Fluctuating र Permanent working capital मा वर्गिकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने।

१०. २०७९ कार्तिक ०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुँजी कर्जा पौष मसान्त २०७९ बाट आधार लिई ६,६ महिनामा १०%, २०%, २०%, २०%, ३०% गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शिर्षकमा परिवर्तन गरी चुक्ता गर्न पाईने। 

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...