१. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कहिले प्रकाशन भयो ?
➤ २०७४ बैशाख १०
२. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कति पटक संशोधन भएको छ ?
➤ अहिले सम्म भएको छैन।
३. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ कसले बनाएको हो ?
➤ नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका-संसदले
४. "खुद सम्पत्ति (नेट वर्थ)" भनेको के हो ?
➤ बैंक वा वित्तीय संस्थाको वासलातमा रहने सम्पत्तिको कुल जोडमा वाह्य दायित्वलाई घटाई कायम हुन आउने रकम हो।
५. "गैर कार्यकारी सञ्चालक" भनेको के हो ?
➤ बैंक वा वित्तीय संस्थाको दैनिक कार्य सम्पादन गर्ने कार्यकारी सञ्चालक बाहेकको अन्य सञ्चालकलाई बुझाउँछ।
६. “चल्ती खाता” भनेको के हो ?
➤ ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी बैंक वा वित्तीय संस्थामा राखिएको रकमको हरहिसाब लेखिएको खाता
७. “चुक्ता पूँजी " भनेको के हो ?
➤ बैंक वा वित्तीय संस्थाको जारी भएको पूँजीमध्ये शेयरधनीको तर्फबाट चुक्ता भएको पूँजीको अंश हो।
८. "जोखिमभारित सम्पत्ति" भनेको के हो ?
➤ बैंक वा वित्तीय संस्थाको वासलातभित्रको र वासलात बाहिरको प्रत्येक शीर्षकमा रहेको रकमलाई राष्ट्र बैंकले तोकेको ढाँचामा तोकिएको जोखिमभारले गुणन गरी निकालिएको कुल सम्पत्ति
९. "पूँजी" भनेको के हो ?
➤ बैंक वा वित्तीय संस्थाको अधिकृत पूँजी, जारी पूँजी वा चुक्ता पूँजी ।
१०. "पूँजीकोष” भनेको के हो ?
➤ राष्ट्र बैंकले तोके बमोजिमको बैंक वा वित्तीय संस्थाको प्राथमिक पूँजी र पूरक पूँजी को योग
११. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ मा कति वटा परिच्छेद रहेका छन् ?
➤ १४ वटा
१२. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन, २०७३ मा कति वटा दफा रहेका छन् ?
➤ १३४ वटा
१३. बैंक वा वित्तीय संस्थाको संस्थापना पूर्व स्वीकृतिको लागि प्राप्त निवेदन र सो साथ संलग्न कागजातको जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैंकले कुनै शर्त तोकी वा नतोकी त्यसरी निवेदन पर्न आएको कति दिनमा त्यस्तो बैंक वा वित्तीय संस्था संस्थापना गर्न पूर्व स्वीकृति दिन सक्छ ?
➤ १२० दिन भित्र
१४. अन्तर्राष्ट्रिय श्रेणीकृत (International Rated) कुनै विदेशी बैंक वा वित्तीय संस्थाले नेपालभित्र बैंकिङ तथा वित्तीय कारोबार वा गैर बैंकिङ वित्तीय कारोबार सञ्चालन गर्ने प्राप्त निवेदन उपर जाँचबुझ गर्दा स्वीकृति दिन उपयुक्त हुने देखेमा राष्ट्र बैङ्कले त्यस्तो विदेशी बैंक वा वित्तीय संस्थाको शाखा कार्यालयलाई नेपालमा बैंकिङ तथा वित्तीय कारोबार गर्न निवेदन पेश भएको मितिले कति दिन भित्र स्वीकृति दिन सक्छ ?
➤ नब्बे (९०) दिनभित्र
१५. बैंक वा वित्तीय संस्थाले आफ्नो कूल जारी पूँजीको कम्तीमा कति प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री वितरण गर्नको लागि छुट्याउनु पर्दछ ?
➤ ३०% (तीस प्रतिशत)
१६. बैङ्क वा वित्तीय संस्थाले आफ्नो कूल जारी पूँजीको कम्तीमा कति प्रतिशत शेयर कर्मचारीको लागि छुट्याउनु पर्छ ?
➤ ०.५%
१७. बैंक वा वित्तीय संस्थाले चाहेमा राष्ट्र बैङ्कले तोकेको प्रक्रिया पुरा गरी संस्थापक शेयर समूहको स्वामित्व कति प्रतिशत भन्दा कम नहुने गरी बाँकी अंश सर्वसाधारण शेयर समूहमा परिणत गर्न सक्छ ?
➤ ५१% (एकाउन्न प्रतिशतभन्दा कम नहुने गरी)
१८. बैंक वा वित्तीय संस्थाको शेयर खरिदको लागि सर्वसाधारणबाट दरखास्त आह्वान गर्दा शेयरको अंकित मूल्यको कति प्रतिशत रकम दरखास्त साथ माग गर्नु पर्छ ?
➤ शत प्रतिशत
१९. बैंक वा वित्तीय संस्थाले कुनै धितोपत्र व्यवसायी संस्था मार्फत धितोपत्र कारोबार गर्ने सम्बन्धमा गरेको सम्झौताको एक प्रति त्यस्तो सम्झौता भएको मितिले कति | दिन भित्र राष्ट्र बैंक समक्ष बुझाउनु पर्दछ ?
➤ ७ (सात) दिनभित्र
२०. बैंक वा वित्तीय संस्थाले कुनै पनि प्रकारको डिबेञ्चर वा वित्तीय उपकरण जारी गर्दा राष्ट्र बैंकको कस्तो स्वीकृति लिनु पर्दछ ?
➤ पूर्व स्वीकृति
२१. बैंक वा वित्तीय संस्थाको संस्थापकले वित्तीय कारोबार सञ्चालन गरेको कति वर्ष सम्म नपुगेसम्म आफ्नो नाममा रहेको शेयर बिक्री गर्न वा धितोबन्धक राख्न पाउने छैन?
➤ ५ (पाँच) वर्ष नपुगेसम्म
२२. चुक्ता पूँजीको कति प्रतिशत भन्दा कम शेयर धारण गर्ने संस्थापकले आफ्नो शेयर बिक्री वा धितो बन्धक राख्दा राष्ट्र बैंकको स्वीकृति लिनु पर्दैनन् ?
➤ २% (दुई प्रतिशत) भन्दा कम
२३. बैंक वा वित्तीय संस्थाले कारोबार सञ्चालन गरेको कति वर्ष पुगेपछि पुँजी बजार, बैङ्किङ लगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभाव समेतलाई विचार गरी राष्ट्र बैंकको स्वीकृतिमा संस्थापक शेयर क्रमशः सर्वसाधारण शेयरमा परिणत गर्न सक्छ ?
➤ १० (दश) वर्ष पुगेपछि
२४. “प्रतीतपत्र” भन्नाले के बुझिन्छ ?
➤ कुनै एक बैङ्क वा वित्तीय संस्थाले कुनै अर्को बैङ्क वा वित्तीय संस्थाको नाममा कुनै व्यक्तिको निश्चित रकमले खामेसम्मको चेक, ड्राफ्ट, वा विनिमेयपत्र स्वीकार गर्नु भनी लेखेको पत्र
२५. बैंक वा वित्तीय संस्थाले आफ्नो शेयर आफैले खरिद गरेकोमा आफूले खरिद गरे जति शेयर त्यसरी खरिद गरेको मितिले कति दिन भित्र रद्द गरि सक्नु पर्छ ?
➤ १२० (एक सय बीस) दिनभित्र
२६. बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिमा कति जना सञ्चालकहरु रहेको हुन्छ ?
➤ कम्तीमा पाँच र बढीमा सात जना
२७. सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था कति परिच्छेदमा उल्लेख गरिएको छ ?
➤ परिच्छेद ४
२८. सञ्चालक समितिको गठन सम्बन्धी व्यवस्था कति परिच्छेद र दफामा उल्लेख गरिएको छ ?
➤ परिच्छेद ४ र दफा १४
२९. बैंक वा वित्तीय संस्थाको प्रथम वार्षिक साधारण सभा नभएसम्मको अवधिको लागि सञ्चालकको नियुक्ति कसले गर्छ ?
➤ संस्थापक
३०. वार्षिक साधारण सभा हुनुभन्दा अगावै कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति कसले गर्छ ?
➤ सञ्चालक समिति
३१. सञ्चालक समितिले योग्यता तथा अनुभव भएका व्यक्ति मध्येबाट कति जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्न सक्छ ?
➤ कम्तीमा एक जना
३२. स्वतन्त्र सञ्चालक नियुक्ति भएको जानकारी कहिले दिनु पर्छ ?
➤ नियुक्ति पछि बस्ने पहिलो साधारण सभामा
३३. संचालक समितिको अध्यक्ष को हुने व्यवस्था रहेको छ ?
➤ सञ्चालकहरूले आफूमध्ये बहुमतबाट छानेको व्यक्ति
३४. सञ्चालकको कार्यकाल नियमावलीमा उल्लेख भए बमोजिम कति वर्षको हुन्छ ?
➤ बढीमा चार वर्ष
३५. संचालक पुनः नियुक्ति तथा मनोनित गर्न सकिन्छ कि सकिदैन् ?
➤ पुनः नियुक्ति तथा मनोनित हुन सक्छ।
३६. स्वतन्त्र सञ्चालक कति कार्यकालका लागि नियुक्त हुन सक्छ ?
➤ एक कार्यकाल
३७. नियुक्त भएको कार्यकारी अध्यक्ष वा प्रबन्ध सञ्चालक लगातार कति कार्यकालसम्म मात्र रहन सक्छ ?
➤ दुई कार्यकाल सम्म
३८. सञ्चालकको पदमा नियुक्ति हुने व्यक्ति हुनको लागी चाहिने योग्यता के के हुन् ?
➤ (क) विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको अधिकृत स्तरमा कम्तीमा पाँच वर्ष काम गरेको, वा
(ख) स्नातकोपाधि हासिल गरेको र विदेशी वा स्वदेशी बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा नेपाल सरकारको कम्तीमा अधिकृत स्तरमा कम्तीमा तीन वर्ष काम गरेको, वा
(ग) तोकिए बमोजिम सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको । तर 'घ' वर्गको वित्तीय संस्थाको सञ्चालकको शैक्षिक योग्यता तथा अनुभव राष्ट्र बैङ्कले समय समयमा तोके बमोजिम हुन्छ ।
३९. स्वतन्त्र सञ्चालकका पदमा नियुक्ति हुने व्यक्तिको लागी चहिने योग्यता के के हुन् ?
➤ (क) 'क' वर्गको बैङ्क वा 'ख' वर्गको राष्ट्रियस्तरको विकास बैङ्कको हकमा राष्ट्र बैङ्कले तोकेको विषयमा स्नातकोत्तर गरी राष्ट्र बैङ्कले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ख) 'ख' वर्गको राष्ट्रियस्तरको विकास बैड्ड बाहेक 'ख' वर्गको अन्य विकास बैंक एवं 'ग' वर्गको वित्तीय संस्थाको हकमा राष्ट्र बैङ्कले तोकेको विषयमा स्नातक गरी राष्ट्र बैङ्कले तोके बमोजिम अनुभव प्राप्त व्यक्ति,
(ग) 'घ' वर्गको लघुवित्त वित्तीय संस्थाको हकमा राष्ट्र बैंकले तोके बमोजिम योग्यता तथा अनुभव प्राप्त व्यक्ति ।
४०. सञ्चालकको पदमा नियुक्ति नहुने व्यक्तिको अयोग्यता के के हुन् ?
➤ (क) २५ वर्ष उमेर पूरा नभएको,
(ख) मगज बिग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको,
(ग) नेपालभित्र वा विदेशमा कर्जा तिर्न नसकी साहुको दामासाहीमा परेको,
(घ) नेपालभित्र वा विदेशमा बैंक वा वित्तीय संस्थासँगको कुनै कारोबारमा कालोसूची वा डिफल्टरमा परी सो कालोसूची वा डिफल्टरबाट फुकुवा भएको मितिले कम्तीमा तीन वर्ष पूरा नभएको,
(ङ) बैंक वा वित्तीय संस्था वा कुनै पनि प्रकारको निक्षेप संकलन गर्ने तथा बिमा सम्बन्धी व्यवसाय सञ्चालन गर्ने संगठित संस्थाको बहालवाला सञ्चालक वा कर्मचारी,
(च) सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको ऋणी वा बहालवाला लेखापरीक्षक वा सल्लाहकार वा बैंक वा वित्तीय संस्थासँग कुनै किसिमको ठेक्का पट्टामा हिस्सेदार रहेको वा निजी स्वार्थ रहेको व्यक्ति, फर्म र कम्पनी,
(छ) धितोपत्र व्यवसायीको रुपमा कार्य गर्न धितोपत्र बजारको सदस्यता प्राप्त गरेको वा मर्चेण्ट बैंकर,
(ज) इजाजतपत्र प्राप्त संस्थाको सञ्चालकमा बहाल रहेको व्यक्ति,
(झ) शेयर स्वामित्वका कारणले सञ्चालक हुन सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियमावली बमोजिम सञ्चालक हुनका लागि लिनुपर्ने न्यूनतम शेयर नलिएको व्यक्ति,
(ञ) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संगठित संस्था वा राष्ट्र बैङ्क वा बैङ्क वा वित्तीय संस्थाको बहालवाला कर्मचारी, तर नेपाल सरकार वा नेपाल सरकारको स्वामित्व प्राप्त संस्थाले शेयर खरिद गरेको वा राष्ट्र बैङ्क वा बैङ्क वा वित्तीय संस्थाले शेयर खरिद गरेको लघुवित्त संस्था वा पूर्वाधार विकास बैङ्कमा सञ्चालक मनोनित गर्न यस व्यवस्थाले बाधा पुऱ्याएको मानिने छैन ।
(ट) प्रचलित कानून बमोजिम तिर्नु पर्ने कर चुक्ता नगरेको,
(ठ) चोरी, ठगी, किर्ते, जालसाजी, भ्रष्टाचार, नैतिक पतन देखिने कुनै पनि फौजदारी कसुर वा बैंकिङ कसुर गरेको अभियोगमा नेपाल वा विदेशी मुलुकको अदालतबाट कसुरदार ठहर भई सजाय भुक्तान भएको दश वर्ष अवधि व्यतित नभएको,
(ड) प्रचलित कानून बमोजिम नियमनकारी निकायले कानून विपरीत कार्य गरेको भनी कारबाही गरेको वा त्यस्तो कारबाही भएको पाँच वर्ष अवधि व्यतित नभएको,
(ढ) स्वतन्त्र सञ्चालकको हकमा निज सम्बन्धित बैङ्क वा वित्तीय संस्थाको संस्थापक वा शुन्य दशमलव एक प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको,
(ण) अदालतको फैसला बमोजिम लागेको कैद, जरिबाना तिर्न बुझाउन बाँकी रहेको, सरकारी बाँकी तिर्न बुझाउन बाँकी रहेको ।
४१. जुन समूहबाट सञ्चालक नियुक्ति भएको हो सोही समूहको कति प्रतिशत शेयरको प्रतिनिधित्व हुने शेयरधनीले सञ्चालकको पदबाट हटाउन साधारण सभामा पेश गरेको प्रस्ताव बहुमतले पारित गरेमा सञ्चालकको पदमा बहाल रहन नसक्ने अवस्था आँउछ ?
➤ ५१% (एकाउन्न प्रतिशत)
४२. बैङ्क वा वित्तीय संस्थालाई आफ्नो कुनै सञ्चालक यस ऐन वा राष्ट्र बैङ्क ऐन बमोजिम सो पदमा बहाल रहन अयोग्य छ भन्ने लागेमा वा सञ्चालक पदमा बहाल नरहेमा त्यसको कति दिनभित्र राष्ट्र बैङ्कलाई लिखित रुपमा जानकारी दिनु पर्छ ?
➤ १५ (पन्ध्र) दिनभित्र
४३. सञ्चालक समितिको बैठक वर्षमा कम्तीमा कति पटक बस्नु पर्छ ?
➤ १२ (बाह्र) पटक
४४. सञ्चालक समितिका दुई वटा बैठकको बीचको फरक कति दिनभन्दा बढी हुनु भएन ?
➤ ६० (साठी दिन)
४५. कम्तीमा कति सञ्चालकले बैठकमा छलफल गर्नु पर्ने हुन्छ ?
➤ एक तिहाई
४६. अध्यक्षको अनुपस्थितिमा सञ्चालकको अध्यक्षता कसले गर्छ ?
➤ आफु मध्येबाट बहुमतले छानेको सञ्चालक
४७. कुल सञ्चालक संख्याको कम्तीमा कति प्रतिशत सञ्चालक उपस्थित नभई सञ्चालक समितिको बैठक बस्दैन ?
➤ ५१% (एकाउन्न प्रतिशत)
४८. सञ्चालक समितिको बैठकमा बहुमतको निर्णय मान्य हुन्छ, भने मत बराबर भएमा कसले निर्णायक मत दिन पाउँछ ?
➤ अध्यक्षता गर्ने व्यक्तिले
४९. सञ्चालकले आफू नियुक्ति भएको कति दिन भित्र बैंक वा वित्तीय संस्था समक्ष आफ्नो विवरण पेश गर्नु पर्छ ?
➤ ७ (सात) दिन भित्र
५०. सञ्चालक हेरफेर भएमा त्यसको सूचना कति दिनभित्र राष्ट्र बैङ्कमा पठाउनु पर्छ ?
➤ १५ दिन भित्र
५१. सञ्चालकले बैठकमा उपस्थित भए बापत पाउने बैठक भत्ता तथा अन्य सुविधा कसरी तोकिन्छ ?
➤ नियमावलीमा तोकिए बमोजिम
५२. कार्यकारी प्रमुखको कार्यकाल बढीमा कति वर्षको हुन्छ ?
➤ चार वर्ष
५३. कार्यकारी प्रमुखको नियुक्ति कति कार्यकालको लागी गर्न सकिन्छ ?
➤ अर्को एक कार्यकालका लागि पुनः नियुक्ति गर्न सकिन्छ।
५४. कार्यकारी प्रमुखको नियुक्ति गर्दा योग्यता तथा अनुभव भएको व्यक्तिलाई नियुक्ति गरी त्यस्तो नियुक्ति गरेको कति दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिनु पर्छ ?
➤ सात दिन भित्र
५५. कार्यकारी प्रमुखको नियुक्ति गर्दा चाहिने मुख्य योग्यता तथा अनुभव के के हुन् ?
➤ (क) व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको,
(ख) चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैङ्किङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्याङ्कशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा दश वर्षको कार्य अनुभव भएको, तर 'घ' वर्गको वित्तीय संस्थाको कार्यकारी प्रमुखको हकमा राष्ट्र बैङ्कले तोके बमोजिमको शैक्षिक योग्यता तथा कार्य अनुभव हुनु पर्नेछ ।
(ग) कार्यकारी प्रमुखको नियुक्तिको सम्बन्धमा राष्ट्र बैंकले तोकेको मापदण्ड पूरा गरेको,
५६. कार्यकारी प्रमुखको पारिश्रमिक, सेवाका अन्य शर्त तथा सुविधाहरु कसले तोके बमोजिम हुन्छ ?
➤ सञ्चालक समितिले
५७. बैंकिङ तथा वित्तीय कारोबार सञ्चालन गर्न इजाजतपत्र दिन नसकिने अवस्था भएमा राष्ट्र बैङ्कले सोको कारण खुलाई निवेदन परेको मितिले कति दिन भित्र सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सो को सूचना दिनु पर्छ ?
➤ ९० (नब्बे) दिनभित्र
५८. पूर्वाधार विकास बैंक कुन वर्गमा समावेश गरिएको छ ?
➤ कुनै पनि वर्गमा समावेश गरिएको छैन।
५९. 'घ' वर्गको वित्तीय संस्था माथिल्लो वर्गमा परिणत हुन सक्छ कि सक्दैन ?
➤ सक्दैन।
६०. राष्ट्र बैंकले बैंकिङ तथा वित्तीय कारोबार गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरुको सूची राष्ट्रियस्तरको दैनिक पत्रिका वा अन्य कुनै माध्यमबाट कहिले प्रकाशन गर्छ ?
➤ प्रत्येक महिना
६१. राष्ट्र बैंकले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले कुनै एक बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको बढीमा कति प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यवस्था गरेको छ ?
➤१५% (पन्ध्र प्रतिशत) सम्म
६२. कुनै एक बैंक वा वित्तीय संस्थामा लगानी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले अर्को बैंक वा वित्तीय संस्थामा लगानी गर्दा उक्त बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको कति प्रतिशत भन्दा कम हुने गरी मात्र लगानी गर्नु पर्छ ?
➤ चुक्ता पुँजीको एक प्रतिशतभन्दा कम हुने गरी
६३. कुनै बैंक वा वित्तीय संस्थाले पुँजीकोष कायम गर्न नसकेमा त्यस्तो बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले कति दिन भित्र सोको जानकारी राष्ट्र बैङ्कलाई दिनु पर्छ ?
➤ एक महिना भित्र
६४. साधारण जगेडा कोषमा चुक्ता पूँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा कति प्रतिशत रकम थप्दै जानु पर्छ ?
➤ २०% (बीस प्रतिशत)
६५. साधारण जगेडा कोषमा चुक्ता पूँजीको दोब्बर भएपछि प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तीमा कति प्रतिशत रकम थप्दै जानु पर्छ ?
➤ १०% (दश प्रतिशत)
६६. विदेशी विनिमय कारोबार गर्ने बैंक वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षमा भारतीय रुपैयाँ बाहेक अन्य विदेशी मुद्राको विनिमय दरमा परिवर्तन भएको कारणबाट आर्जन गरेको पुनर्मूल्याङ्कन मुनाफालाई सोही आर्थिक वर्षको अन्त्यमा नाफा–नोक्सान हिसाबमा आवश्यक हिसाब मिलान गर्दा कुनै आर्थिक वर्षमा पुनर्मूल्याङ्कन आम्दानी भएमा त्यस्तो मुनाफाको कम्तिमा कति प्रतिशत रकम सटही समीकरण कोषमा जम्मा गर्नु पर्छ ?
➤ २५% (पच्चिस प्रतिशत)
६७. बैंक वा वित्तीय संस्थाले लाभांश घोषणा तथा वितरण गर्नु अघि कसको स्वीकृति लिनु पर्छ ?
➤ नेपाल राष्ट्र बैङ्क
६८. बैंक वा वित्तीय संस्थाले सहायक कम्पनी खोल्न कसको स्वीकृति लिनु पर्छ ?
➤ नेपाल राष्ट्र बैङ्क
६९. बैंक वा वित्तीय संस्थाले राख्ने लेखा कुन लेखा प्रणालीमा आधारित, मान्य सिद्धान्तमा राखिएको हुनु पर्छ ?
➤ दोहोरो लेखा प्रणालीमा
७०. बैंक वा वित्तीय संस्थाले आफ्नो वासलात र नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका अन्य वित्तीय विवरण कसले तोकिदिएको ढाँचा र तरिका अनुसार राख्नु पर्छ ?
➤ नेपाल राष्ट्र बैङ्क
७१. बैंक वा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको कति दिनभित्र आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण राष्ट्र बैङ्क समक्ष पेश गर्नु पर्छ ?
➤ ३ (तीन) महिनाभित्र
७२. बैंक वा वित्तीय संस्थाले लेखापरीक्षण भएको प्रत्येक आर्थिक वर्षको वासलात र नेपालभित्र तथा बाहिर भएको कारोबारको नाफा नोक्सान हिसाबको विवरण तयार गरी अर्को आर्थिक वर्षको कति दिनभित्र तोकिएको ढाँचामा सार्वजनिक गर्नु पर्छ ?
➤ ९ (नौ) महिनाभित्र
७३. बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले कसको संयोजकत्वमा लेखापरीक्षण समिति गठन गर्नु पर्छ?
➤ गैर कार्यकारी सञ्चालक
७४. बैंक वा वित्तीय संस्थाको सञ्चालक समितिले गैर कार्यकारी सञ्चालकको संयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिति गठन गर्नु पर्छ ?
➤ ३ (तीन) सदस्य
७५. सञ्चालक समितिले बैठक बोलाएको अवस्थामा बाहेक सामान्यतया लेखापरीक्षण समितिको बैठक कति दिनमा बस्नु पर्छ ?
➤ ३ (तीन) महिनामा
७६. बैंक वा वित्तीय संस्थाले आफ्नो वासलात, नाफा नोक्सान हिसाब लगायतका वार्षिक वित्तीय विवरण राष्ट्र बैङ्कले तोकेको ढाँचा र तरिका अनुसार तयार गरी आर्थिक वर्ष समाप्त भएको कति दिनभित्र बाह्य लेखापरीक्षण गराउनु पर्छ ?
➤ ४ (चार) महिनाभित्र
७७. बैंक तथा वितीय संस्थाको वित्तीय विवरणमा क-कसको हस्ताक्षर भएको हुनु पर्छ ?
➤ कम्तीमा दुईजना सञ्चालक, कार्यकारी प्रमुख र लेखापरीक्षक
७८. तोकिएको अवधिभित्र लेखापरीक्षण गराउन नसक्ने बैंक वा वित्तीय संस्थाले मनासिब कारण खोली लेखापरीक्षण गराउने म्याद थपको लागि अनुरोध गरेमा राष्ट्र बैङ्कले बढीमा कति दिनको अवधि थप गर्न सक्छ?
➤ २ (दुई) महिना
७९. बाह्य लेखापरीक्षकले आफूले गरेको लेखापरीक्षणको प्रतिवेदन कसलाई दिनु पर्छ ?
➤ सम्बन्धित बैंक वा वित्तीय संस्था र राष्ट्र बैङ्कलाई
८०. लेखापरीक्षकको नियुक्ति कसले गर्छ?
➤ बैंक वा वित्तीय संस्थाको साधारण सभाले
८१. साधारण सभाले एउटै लेखापरीक्षकलाई लगातार कति पटकभन्दा बढी अवधिको लागि नियुक्ति गर्न सक्दैन ?
➤ तीन पटकभन्दा बढी
८२. “क”, “ख” र “ग” वर्गको इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्थाको हकमा लेखापरीक्षक नियुक्ति गर्दा कसलाई नियुक्त गर्नु पर्छ ?
➤ चार्टर्ड एकाउन्टेण्ट
८३. “घ” वर्गको इजाजतपत्र प्राप्त बैंक वा वित्तीय संस्थाको हकमा कसलाई लेखापरीक्षक नियुक्ति गर्नु पर्छ ?
➤ चार्टर्ड एकाउन्टेण्ट वा दर्तावाला लेखापरीक्षक
८४. बैंक वा वित्तीय संस्थाले लेखापरीक्षक नियुक्ति नगरेमा वा गर्न नसकेमा लेखापरीक्षकको नियुक्ति कसले गर्छ ?
➤ नेपाल राष्ट्र बैङ्क
८५. कुनै कारणले लेखापरीक्षकको स्थान रिक्त भएमा बाँकी अवधिको लागि अर्को लेखापरीक्षकको नियुक्ति कसले गर्नु पर्छ ?
➤ सञ्चालक समिति
८६. बैंक वा वित्तीय संस्थाको लेखापरीक्षकको पारिश्रमिक कसले तोके बमोजिम हुन्छ ?
➤ राष्ट्र बैङ्कले नियुक्त गरेकोमा राष्ट्र बैङ्कले, साधारण सभाले नियुक्त गरेमा सो सभाले र सञ्चालक समितिले गरेमा सञ्चालक समितिले
८७. BAFIA बमोजिमको कर्तव्य पालना नगर्ने लेखापरीक्षकलाई राष्ट्र बैङ्कले कुनै पनि बैंक वा वित्तीय संस्थाको कति समयसम्म लेखापरीक्षण गर्न नपाउने गरी लेखापरीक्षकको सूचीबाट हटाउन सम्बन्धित नियमनकारी निकायमा सिफारिस गरी पठाउन सक्छ ?
➤ एक वर्षदेखि तीन वर्षसम्म
८८. “घ” वर्गको वित्तीय संस्था कुन वर्गको वित्तीय संस्थासँग गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्छ ?
➤ सोही वर्गको वित्तीय संस्थासँग मात्र
८९. पूर्वाधार विकास बैंक र बैंक वा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन वा प्राप्ति गर्न सक्छ कि सक्दैन् ?
➤ सक्दैन।
९०. बैंक वा वित्तीय संस्था गाभ्दा वा गाभिँदा वा प्राप्ति गर्न स्वीकृति दिन उपयुक्त हुने नदेखिएमा राष्ट्र बैङ्कले कारण खुलाई सोको जानकारी कति दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थालाई दिनु पर्छ ?
➤ ४५ दिनभित्र
९१. लिक्विडेटरको नियुक्तिको लागि सिफारिस गर्न अदालतले आदेश दिएकोमा राष्ट्र बैङ्कले कति दिनभित्र लिक्विडेटरमा नियुक्तिको लागि सिफारिस गर्नु पर्छ?
➤ १५ (पन्ध्र) दिनभित्र
९२. लिक्विडेटरको नियुक्तिको लागि सिफारिस गर्न अदालतले आदेश दिएकोमा राष्ट्र बैंकले पन्ध्र दिनभित्र कम्तीमा कति जनालाई लिक्विडेटरमा नियुक्तिको लागि सिफारिस गर्नु पर्छ ?
➤ कम्तीमा तीन जनालाई
९३. लिक्विडेटरको पारिश्रमिक तथा सेवा सुविधा कसले निर्धारण गरे बमोजिम हुन्छ ?
➤ राष्ट्र बैङ्कको सिफारिसमा अदालतले निर्धारण गरे बमोजिम
९४. लिक्विडेटरले बैंक वा वित्तीय संस्थाका वाध्यात्मक खारेजीको काम कारबाही प्रारम्भ गर्न अदालतले आदेश दिएको मितिले कति समयभित्र त्यस्तो बैंक वा वित्तीय संस्थाको कारोबार अन्त्य गर्न सक्छ ?
➤ ६ महिनाभित्र
९५. लिक्विडेटरले बाध्यात्मक खारेजीको प्रक्रियामा गएको बैंक वा वित्तीय संस्थाको निक्षेपकर्ताहरुलाई निक्षेप वितरणको समयमा हिसाब मिलान हुने गरी पेश्कीको रुपमा प्रति खाता बढीमा कति रुपैयँसम्म वितरण गर्न सक्छ ?
➤ एक लाख रुपैयँसम्म
९६. बैङ्किङ तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र प्राप्त गरेको मितिले कति समयभित्र बैङ्किङ तथा वित्तीय कारोबार सुरु नगरेमा कारोबार गर्ने इजाजतपत्र निलम्बन वा रद्द हुन सक्छ ?
➤ ६ महिनाभित्र
९७. राष्ट्र बैङ्कले कुनै इजाजतपत्र प्राप्त संस्थालाई आफ्नो नियन्त्रणमा लिएको जानकारी कसलाई दिनु पर्छ ?
➤ नेपाल सरकार, अर्थ मन्त्रालय
९८. इजाजतपत्र नलिई बैङ्किङ तथा वित्तीय कारोबार गरेमा कस्तो सजाय हुन्छ ?
➤ बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना र पाँच वर्षसम्म कैद
९९. गलत वा झुट्टा विवरण दिई बैङ्किङ तथा वित्तीय कारोबार गर्ने इजाजतपत्र लिएमा कस्तो सजाय हुन्छ ?
➤ बिगो भए सो जफत गरी बिगोको दुई गुणासम्म जरिबाना र दुई वर्षसम्म कैद
१००. बैङ्किङ तथा वित्तीय कारोबार गर्ने इजाजतपत्रको शर्त सीमा विपरीत हुने गरी बैंकिङ तथा वित्तीय कारोबार गरेमा, इजाजत बिना विदेशी विनिमय सम्बन्धी कारोबार गरेमा, यस ऐन विपरीत कर्जा प्रवाह वा अन्य लगानी गरेमा, कर्जा प्रवाह गर्दा, धितो मूल्याङ्कन गर्दा, कर्जा असुली गर्दा वा सो सँग सम्बन्धित कुनै पनि कार्यमा अनियमितता गरेमा, धितोमा लिएको सम्पत्ति लिलाम बिक्री गर्दा वा गैर बैंकिङ सम्पत्तिको रुपमा सकार गर्नु पर्दा वा गैर बैंकिङ सम्पत्ति सकार गरी बिक्री गर्दा धितो लिँदा गरिएको मूल्याड्ढन बनावटी मूल्यमा गरेमा, गाभ्दा गाभिदा, प्राप्ति गर्दा, खारेजी गर्दा वा लेखापरीक्षण गर्दा कुनै सञ्चालक, पदाधिकारी, कर्मचारी तथा अन्य व्यक्तिले अनियमितता गरेमा कस्तो सजाय हुन्छ ?
➤ बिगो भए सो जफत गरी बिगो बराबरको जरिबाना र एक वर्ष सम्म कैद
१०१. बैंक वा वित्तीय संस्थाको प्रारम्भिक, संस्थापना, प्रशासनिक, व्यावसायिक, व्यवस्थापन तथा अन्य खर्चका सम्बन्धमा कसले आवश्यक निर्देशन दिन सक्छ ?
➤ नेपाल राष्ट्र बैङ्क
१०२. सञ्चालक समितिको अध्यक्षले पद तथा गोपनीयताको शपथ को समक्ष लिनु पर्छ ?
➤ नेपाल राष्ट्र बैङ्क समक्ष
१०३. सञ्चालक तथा कार्यकारी प्रमुखले पद तथा गोपनीयताको शपथ को समक्ष लिनु पर्छ ?
➤ सञ्चालक समितिको अध्यक्ष समक्ष
१०४. अन्य पदाधिकारी तथा कर्मचारीले पद तथा गोपनीयताको शपथ को समक्ष लिनु पर्छ ?
➤ कार्यकारी प्रमुख वा निजले तोकेको पदाधिकारी समक्ष
संकलन: द बैंकिङ एस्पिरेन्ट
Comments
Post a Comment