Skip to main content

मौद्रिक नीति २०८०/०८१ - नेपाल राष्ट्र बैंक


मौद्रिक नितिका मुख्य बुँदाहरु:

➤ मुद्रास्फीतिलाई ६.५ प्रतिशत भित्र कायम राख्ने लक्ष्य ।

➤ ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने गरी वित्तीय स्रोतलाई उत्पादनशील क्षेत्रतर्फ प्रवाहित गर्ने ।

➤ विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जा ११.५ प्रतिशत सम्मले वृद्धि हुने प्रक्षेपण ।

➤ अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातलाई यथावत नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको छ ।

➤ बैंकदरलाई ७.५ प्रतिशतमा यथावत राखी निक्षेप संकलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम ।

➤ वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्याउने गैर–व्यावसायिक तथा उच्छृंखल गतिविधिलाई समेत नियन्त्रण गर्न सहयोग पुग्ने गरी विद्यमान बैकिङ्ग कसुर ऐन, २०६४ मा समसामयिक संशोधन प्रक्रिया अगाडि बढाइने ।

➤ पहिलो आवासीय घर कर्जाको सीमा रु.१ करोड ५० लाखलाई वृद्धि गरी रु.२ करोड पुर्याईने ।

➤ चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने ।

➤ लगानीसम्बन्धी प्रक्रियालाई सरलीकरण र सहजीकरण गर्न नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा आवश्यक संशोधन गरिने ।

➤ भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी सुविधावापत् एक वर्षमा दुई पटकसम्म अमेरिकी डलर १५०० सम्म सटही सुविधा उपलब्ध गराइने विद्यमान व्यवस्थालाई परिमार्जन गरी अमेरिकी डलर २५०० सम्म उपलब्ध गराइने व्यवस्था गरिने ।

➤ कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्नु मौद्रिक नीतिको लक्ष्य रहेको ।

➤ ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन ब्याजदर करिडोरको तल्लो सीमामा स्थायी निक्षेप संकलन सुविधा उपलव्ध गराउने व्यवस्था गरिने ।

➤ प्राकृतिक प्रकोप वा अन्य विशेष परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुको कर्जा पुनरसंरचना लगायतका व्यवस्था गरेर पुनरुत्थान तथा अन्य व्यवस्थापनका लागी Stressed Loan Resolution Framework जारी गरिने ।

➤ वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तर पुनः मूल्याङ्कन गर्नुको साथै बैंक तथा वित्तीय संस्थाको आन्तरिक कर्जा जोखिम वर्गीकरण गर्ने सम्बन्धी मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने।

➤ राष्ट्रिय स्तरका विकास बैंकहरुले समेत पूर्ण रुपमा Capital Adequacy Framework, 2015 अनुसार पुँजीकोष कायम गर्नु पर्ने व्यवस्था लागु गरिने ।

➤ नेपाल लेखामानअनुसार Expected Credit Loss Model (ECL) कार्यान्वयनका लागि आवश्यक नीति तर्जुमा गरिने।

➤ कर्जा प्रवाहको वर्तमान अवस्था समेतको विश्लेषणको आधारमा तोकिएका क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने सम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने ।

➤ आर्थिक वर्ष २०८०/०८१ को नेपाल सरकारको बजेटमा उल्लेख भए बमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरुले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था पुनरावलोकन गरिने छ ।

➤ धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका Private Equity Fund / Venture Capital Fund मा बैंक तथा वित्तीय संस्थाबाट हुने लगानीलाई सहजीकरण गर्न विद्यमान लगानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने ।

➤ क्रेडिट स्कोरीङ्ग मापन गर्ने प्रणालीको विकास गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने ।

➤ बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमन तथा सुपरिवेक्षणका लागि छुट्टै विशिष्टिकृत नियामक निकाय स्थापना गर्न आवश्यक सहजीकरण गरिने ।

➤ बैंक तथा वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त संस्थाहरु बीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र नेपाल सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र (National ID) समेतलाई केन्द्रीय ग्राहक पहिचान (Centralised KYC) आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने ।

➤ बैंकिङ्ग प्रणालीको स्थायित्वको लागि सक्षम जनशक्तिको व्यवस्थापन र कार्यसम्पादन सुदृढ बनाउन आवश्यक भएकोले बैंकिङ्ग क्षेत्रको समग्र जनशक्ति विकास र व्यवस्थापनका सम्बन्धमा अध्ययन गरिने छ ।

➤ नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट जस्ता संस्थाहरुसँगको सहकार्यमा बैंकिङ्ग सेवामा प्रवेश गर्न प्रवेश परीक्षा र वृत्ति विकासका लागि सर्टिफिकेशन कोर्ष पूरा गरेकालाई प्राथमिकता दिने सम्बन्धी व्यवस्था गरिने ।

➤ २०८१ असार मसान्तसम्म एकीकृत कारोबार संचालन गरेमा विद्यमान सुविधाहरु उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने ।

➤ केन्द्रीय बैंक विद्युतीय मुद्रा (CBDC) जारी गर्ने सम्बन्धमा भएको अध्ययनको आधारमा थप कार्य अगाडि बढाईने ।

➤ सूचना प्रविधि लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग/व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न, विदेशी निकायलाई भुक्तानी गर्न आफ्नै विदेश स्थित बैंक खातामा रकमान्तर गर्न र सफ्टवेयर वा प्रोग्राम खरिद तथा उपकरण जडान गर्न उद्योग/व्यवसायले गरेको विदेशी मुद्रा आर्जनको निश्चित प्रतिशतसम्म विदेशी मुद्रा सटही सुविधा तोकिएको कागजातहरुको आधारमा वाणिज्य बैंक मार्फत नै उपलब्ध हुने व्यवस्था गरिने ।

➤ ड्राफ्ट/टी.टी. र DAP/DAA को माध्यमबाट हुने आयातसम्बन्धी विद्यमान व्यवस्थामा आवश्यक पुनरावलोकन गरिनेछ ।

➤ हवाई सेवा प्रदायकहरुलाई आवश्यक पर्ने विभिन्न सेवा शुल्कको भुक्तानी विदेशमा गर्दा नियामक निकायको स्वीकृति सिफारिस र तोकिएका कागजात समेतको आधारमा अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको रकम इजाजतपत्र प्राप्त “क” वर्गका वाणिज्य बैंकहरु मार्फत पठाउन सकिने व्यवस्था गरिने ।

➤ कोभिड–19 को प्रकोप र प्रभाव न्यून हुँदै गएको हुँदा विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तानी गर्न सकिने विद्यमान व्यवस्था हटाइने ।
 
➤ बैंक तथा वित्तीय संस्थाले यस बैंकको स्वीकृतिमा भित्र्याएको बाह्य ऋणमा अन्तर्निहित विदेशी विनिमय जोखिम व्यवस्थापनका लागि स्वाप (SWAP) लगायतका उपकरणहरुका सम्बन्धमा गरिएको अध्ययनका आधारमा यस्ता उपकरणहरु उपलब्ध हुने व्यवस्था गरिने ।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टेन ▶शार्जे हिमाल :- शान्ति पिक ▶कञ्चनजंघा :- नेपाल पिक , पाँचौ चुली ▶गौरी शंकर :- पाथिभरा हिमाल ▶धौलागिरी :- सेताे हिमाल ▶जासम्बा :- पासाङचुलि

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विकासलाई अनुसन्धान मार्फत बढी प्रभावकारी बनाउन खोलिएको संस्था कुन हो ?? → नार्क (NARC) ४. नेपालको कुल कृषि क्षेत्रको भूमिको कति प्रतिशत भूमिमा सिचाई सुविधा पुगेको छ ?? → ६६% ५. बाह्रै महिना सिचाईको सुविधा भएको कुल कृषि योग्य भूमि कति प्रतिशत रहेको छ ?? → ३६% ६. नेपालमा पहिलो पटक कृषि गणना कहिले भएको थियो ?? → वि.सं . २०१८ ७. छैटौं कृषि गणना अनुसार सबैभन्दा बढी खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मोरङ 2. झापा 3. सर्लाही 4. सिराहा 5. सुनसरी ८. छैटौं कृषि गणना अनुसार सबैभन्दा कम खेती योग्य जमिन भएका पाँच जिल्लाहरु: 1. मनाङ् 2. मुस्ताङ् 3. डोल्पा 4. रसुवा 5. हुम्ला ९. नेपालमा हाल कृषि क्षेत्रको बृद्धिदर कति रहेको छ ?? → २.८० % १०. कृषि क्षेत्रको उत्पादनमा धानबालीको हिस्सा कति प्रतिशत रहेको छ ?? → २०.८० % ११. चालू आर्थिक बर्षमा गैर कृषि क्षेत्रको बृद्धिदर कति हुने अनुमान रहेको छ ?? →

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका निकायलाई संवैधानिक अङ्ग भनिन्छ । संवैधानिक अङ्गका काम, कर्तव्य, अधिकार, तिनमा रहने पदाधिकारीको सङ्ख्या, तिनको नियुक्ति एवम् बर्खास्तीको व्यवस्था पनि संविधानमा उल्लेख गरिएको हुन्छ । संवैधानिक अङ्ग स्वतन्त्र, स्वायत्त, तटस्थ एवम् निष्पक्ष हुने गर्दछन् । सरकारको काम कारबाहीमा स्वच्छता ल्याई जनमुखी बनाउन, जनताका ह अधिकारको रक्षा गर्न, सत्तारुढ दलबाट हुनसक्ने शक्ति र सत्ताको दुरुपयोग रोक्न, सरकारी खर्चको दुरुपयोग रोकी पारदर्शिता ल्याउन तथा भैष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न संवैधानिक अङ्गको आवश्यकता पर्दछ । नेपालमा हाल भएका #संवैधानिक_अङ्ग » नेपालको संविधान अनुसार हाल नेपालमा निम्न १३ वटा संवैधानिक अङ्ग रहेका छन्ः १. अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २. महालेखा परीक्षक, ३. लोकसेवा आयोग, ४. निर्वाचन आयोग, ५. राष्ट्रिय मानव अधिकार आयोग, ६. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, ७. राष्ट्रिय महिला आयोग, ८.