१. आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अन्तिम उम्मेदवारी दर्ता कहिले तोकिएको छ?
➤ २०८२ माघ ६ गते
२. काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कहिले आफ्नो पदबाट राजीनामा दिएका हुन्?
➤ २०८२ माघ ५ गते
३. नेपालको मानव अधिकार सम्बन्धी चौथो आवधिक समीक्षा (UPR) जेनेभामा कहिले हुँदैछ?
➤ सन् २०२६ जनवरी २१
४. 'क्रिएटर मेला २०२६' नेपालको कुन शहरमा आयोजना गरिएको हो?
➤ चितवन
५. ३४ वर्षको संसदीय यात्रा पछि आगामी निर्वाचन (२०८२) नलड्ने घोषणा गर्ने शीर्ष नेता को हुन्?
➤ शेरबहादुर देउवा
६. विश्व आर्थिक मञ्च (WEF) को २०२६ को वार्षिक बैठक कहाँ आयोजना भइरहेको छ?
➤ दाभोस, स्विट्जरल्याण्ड
७. 'Pandemic Agreement' (महामारी सम्झौता) का लागि विश्व स्वास्थ्य संगठनको बैठक कहाँ सुरु भएको छ?
➤ जेनेभा, स्विट्जरल्याण्ड
८. भारतले हालै कुन देशसँग रक्षा र LNG (तरल प्राकृतिक ग्यास) आपूर्ति सम्बन्धी महत्वपूर्ण सम्झौता गरेको छ?
➤ संयुक्त अरब इमिरेट्स (UAE)
९. हाइड्रोजन ऊर्जाबाट चल्ने पहिलो कफी रोस्टिङ प्लान्ट कुन देशले सञ्चालनमा ल्याएको छ?
➤ लाओस
१०. वि.सं. २०८२ फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि कति जनाले उम्मेदवारी दर्ता गराएका छन्?
➤ ३,४८४ जना
➤ १६५ निर्वाचन क्षेत्र वा सीटका लागि
➤ ६८ राजनीतिक दलबाट: २२९७ उम्मेदवार
➤ स्वतन्त्रतर्फ: ११८७ उम्मेदवार
➤ कुल उम्मेदवारमध्ये: ३०८८ पुरुष र ३९५ महिला
➤ उमेरगत:
• २५ देखि ३५ वर्षसम्म ५८३ जना
• ३६ देखि ५० वर्षसम्म १६१० जना
• ५१ देखि ६५ वर्षसम्म १०९० जना
• ६५ वर्ष देखि माथी २०१ जना
११. काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन शाहले कुन निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका हुन्?
➤ झापा क्षेत्र नं. ५ (नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न)
१२. राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र बालेन शाहबीच कुन उद्देश्यका लागि औपचारिक गठबन्धन भएको हो?
➤ आगामी प्रतिनिधिसभा निर्वाचनमा भ्रष्टाचार विरोधी एजेन्डा र नयाँ नेतृत्व स्थापित गर्न
१३. हालैको तथ्याङ्कअनुसार नेपालको कुल वैदेशिक ऋण कति पुगेको छ?
➤ २८ खर्ब ६ अर्ब रुपैयाँ
(डलरको भाउ बढ्दै जाँदा हामी प्रत्येक नेपालीको टाउकोमा ऋणको भार पहिलाभन्दा धेरै थपिएको छ।)
१४. नागरिक उन्मुक्ति पार्टीका कुन नेताले जेलबाटै कैलाली-१ मा उम्मेदवारी दर्ता गराएका हुन्?
➤ रेशम चौधरी
१५. चर्चित इन्डियन आइडल विजेता तथा नेपाली कलाकार प्रशान्त तामाङको निधन कहिले र के कारणले भयो?
➤ वि.सं. २०८२ माघमा, हृदयघातका कारण
१६. १ जनवरी २०२६ देखि युरो (Euro) मुद्रा अङ्गीकार गर्ने २१ औँ राष्ट्र कुन हो?
➤ बुल्गेरिया
➤ आफ्नो पुरानो मुद्रा 'लेभ' लाई छोड्दै बुल्गेरिया अब युरोपको साझा आर्थिक बजारमा पूर्ण रूपमा मिसिएको छ।
१७. सन् २०२६ मा विश्व आर्थिक मञ्च (World Economic Forum) को ५६ औँ बैठक कहाँ सम्पन्न भयो?
➤ डाभोस, स्विट्जरल्याण्ड
१८. संयुक्त राज्य अमेरिका आधिकारिक रूपमा विश्व स्वास्थ्य संगठन (WHO) बाट कहिले बाहिरिएको हो?
➤ २२ जनवरी २०२६
➤ डोनाल्ड ट्रम्पको "अमेरिका फस्ट" नीतिअनुसार, स्वास्थ्य बजेट कटौती गर्ने भन्दै अमेरिकाले यो ठुलो निर्णय लिएको हो।
१९. सन् २०२६ मा भारतले आफ्नो कतिऔँ गणतन्त्र दिवस (Republic Day) मनाउँदैछ?
➤ ७७ औँ
२०. बाढी र भीषण वर्षाका कारण दक्षिण अफ्रिका र मोजाम्बिक लगायतका देशमा आएको विपद्लाई के भनिन्छ?
➤ दक्षिणी अफ्रिकी बाढी संकट (Southern African Flood Crisis)
➤ १०० भन्दा बढीको ज्यान गयो र अर्बौँको भौतिक क्षति
२१. हालै लामो समय अन्तरिक्षमा बिताएर चर्चामा रहेकी प्रसिद्ध अन्तरिक्ष यात्री सुनिता विलियम्स ले नासा (NASA) बाट कहिले अवकाश लिएकी छन्?
➤ २० जनवरी २०२६ (आफ्नो ३० वर्ष लामो ऐतिहासिक करियर)
२२. डाभोस सम्मेलन २०२६ (WEF) को मुख्य विषय के थियो?
➤ AI नियमन र जलवायु परिवर्तन।
(विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (AI) ले रोजगारीमा पार्ने असर बारे चिन्ता बढ्दै जाँदा नेताहरूले यसलाई नियन्त्रण गर्नेबारे छलफल गरेका हुन्।)

Comments
Post a Comment