Skip to main content

समसामयिक वस्तुगत प्रश्नोत्तर: लोकसेवा र सामान्य ज्ञान विशेष | Nepal Current Affairs

समसामयिक सामान्य ज्ञान २०८२ – Current Affairs GK Questions Answers Nepal

समसामयिक सामान्य ज्ञान २०८२ (Current Affairs GK)

लोक सेवा आयोग, शिक्षक सेवा, बैंक, सेना, प्रहरी तथा अन्य प्रतियोगात्मक परीक्षाका लागि उपयोगी Latest Current Affairs GK प्रश्नोत्तरहरू:

१. नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक कहिले र कुन 'टेस्ट खेल्ने राष्ट्र' (Test Playing Nation) लाई पराजित गरी ऐतिहासिक जित दर्ता गरेको हो?
उत्तर: जिम्बावे (२०८२ माघ १० मा भएको खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो)।
२. गायिका शान्ति श्री परियारले कुन वर्ष आफ्नो पहिलो गीत सार्वजनिक गर्नुभएको थियो?
उत्तर: वि.सं. २०६८ सालमा (उनको पहिलो रेकर्डेड गीत 'घर छ तीन तल्ले' हो)।
३. टी–२० अन्तर्राष्ट्रिय (T20I) क्रिकेटमा १,००० रन पुरा गर्ने दोस्रो नेपाली महिला क्रिकेटर को बन्नुभएको छ?
उत्तर: रुबिना क्षेत्री (पहिलो: सिता रानामगर)।
४. सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा बंगलादेशको सट्टा कुन देशले खेल्ने गरी आईसीसीले आधिकारिक घोषणा कहिले गरेको हो?
उत्तर: स्कटल्याण्ड (जनवरी २४, २०२६ मा)।
५. '२०२६ कराते वान प्रिमियर लिग इस्तानबुल' मा नेपालका लागि ऐतिहासिक रजत पदक जित्ने खेलाडी को हुन्?
उत्तर: एरिका गुरुङ (फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेवा सँग पराजित भएकी थिइन्।)
६. राष्ट्रिय सभा निर्वाचन २०८२ मा कुन राजनीतिक दलले सबैभन्दा धेरै सिट जितेको छ?
उत्तर: नेपाली कांग्रेस (कुल ५९ सिटमध्ये ९ सिट)
७. २०८२ माघ १२ मा नेपालले कुन खाडी मुलुकसँग श्रमिकको हकहित र सुरक्षाका लागि ऐतिहासिक श्रम सम्झौता गरेको छ?
उत्तर: साउदी अरब (हस्ताक्षरकर्ताहरू: नेपालका तर्फबाट मन्त्री शरदसिंह भण्डारी र साउदीका मन्त्री अहमद बिन सुलेमान अल-राजही)
८. नेपालमा ७४औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइयो र यसको नारा के थियो?
उत्तर: २०८२ माघ १३ (२६ जनवरी २०२६); नारा: 'सुरक्षित आपूर्ति शृङ्खलाका लागि भन्सार'
९. प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि निर्वाचन आयोगले कुन केन्द्रको स्थापना गरेको छ?
उत्तर: संयुक्त निर्वाचन सञ्चालन केन्द्र (Joint Election Operation Center)
१०. डिजिटल नवप्रवर्तन (Digital Innovation) प्रतिस्पर्धामा नेपालको 'नास्ट' (NAST) ले विश्वका ४५ देशमध्ये कतिऔँ स्थान हासिल गर्‍यो?
उत्तर: तेस्रो स्थान
११. भारतले सन् २०२६ जनवरी २६ मा कतिऔँ गणतन्त्र दिवस मनायो र यसका मुख्य अतिथि को थिए?
उत्तर: ७७औँ गणतन्त्र दिवस; मुख्य अतिथि: उर्सुला भोन डेर लेयन (युरोपेली आयोगका अध्यक्ष)
१२. भारतको ७७औँ गणतन्त्र दिवस परेडको मुख्य नारा (Theme) के तय गरिएको थियो?
उत्तर: 'वन्दे मातरम्' र 'आत्मनिर्भर भारत'
१३. हालै दक्षिण अफ्रिकामा रहेको निसान (Nissan) को ठूलो प्लान्ट कुन चिनियाँ अटोमोबाइल कम्पनीले खरिद गर्ने सम्झौता गरेको छ?
उत्तर: चेरी (Chery)
१४. ३५० भन्दा बढी यात्रु बोकेको फेरी (डुङ्गा) हालै कुन देशको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ?
उत्तर: फिलिपिन्स
१५. नेपालको वैदेशिक व्यापारमा पछिल्लो ६ महिनामा कुन कृषिजन्य वस्तुको निर्यात ११४ प्रतिशतले वृद्धि भएको छ?
उत्तर: अदुवा (निर्यात ६५ करोड रुपैयाँभन्दा बढीको भएको)
१६. नेपालको सबैभन्दा पुरानो विद्यालय 'दरबार हाइस्कुल' को पहिलो महिला प्रधानाध्यापकका रूपमा हालै कसले जिम्मेवारी सम्हालेकी छिन्?
उत्तर: शारदा कुमारी पौडेल
१७. जापानी अटोमोबाइल कम्पनी 'टोयोटा' ले आफ्नो व्यवस्थापकीय संरचनामा कहिले देखि लागू हुने गरी ठूलो परिवर्तनको घोषणा गरेको छ?
उत्तर: सन् २०२६ फेब्रुअरी १ देखि
१८. डाभोस फोरममा कुन देशलाई "Elephant in the room" भनिएको छ?
उत्तर: चीन
१९. ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा अर्थमन्त्रीले नेपालमा कुन नयाँ डिजिटल सेवाको सुरुवात गरियो?
उत्तर: अनलाइन माध्यमबाट 'उत्पत्ति प्रमाणपत्र' (Certificate of Origin) जारी गर्ने प्रणाली
२०. निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवारले चुनावी सभामा अधिकतम कतिवटा राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ?
उत्तर: १० वटा
२१. आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा रसुवागढी भन्सारबाट कति राजस्व संकलन भएको छ?
उत्तर: १ अर्ब १६ करोड रुपैयाँ
२२. नेपालको महिला टी-२० क्रिकेट टोली कुन देशसँग पराजित भएपछि सन् २०२६ को विश्वकप छनोटबाट बाहिरिएको हो?
उत्तर: स्कटल्याण्ड
२३. नेपाल सरकारले हालै नेपाल बीमा प्राधिकरणको अध्यक्षमा कसलाई नियुक्त गरेको छ?
उत्तर: चन्द्रकला पौडेल। (वि.सं. २०८२ माघ १२ मा)
२४. बानेश्वरस्थित संसद भवनमा आगजनी भएपछि हाल राष्ट्रिय सभाको बैठक कहाँ बस्ने गरेको छ?
उत्तर: सिंहदरबारस्थित संसद सचिवालयको हलमा
२५. हाल नेपालको अर्थमन्त्री को हुनुहुन्छ?
उत्तर: रामेश्वर प्रसाद खनाल
२६. सुनसरी क्षेत्र नम्बर ४ मा आगामी निर्वाचनका लागि कुन-कुन मुख्य नेताहरूबीच प्रतिस्पर्धा हुँदैछ?
उत्तर: विजयकुमार गच्छदार र भगवती चौधरी
२७. हालै इजरायलले गाजाबाट अन्तिम बन्धकको शव फिर्ता ल्याएपछि कुन सांकेतिक चिन्ह हटाएको छ?
उत्तर: पहेंलो पिन (Yellow Pin)
२८. जनवरी २०२६ मा अमेरिकाको पूर्वी क्षेत्रमा आएको शक्तिशाली हिउँदे आँधीलाई के भनिएको छ?
उत्तर: 'बम चक्रवात' (Bomb Cyclone)
२९. कुन देशले हालै १५ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको छ?
उत्तर: फ्रान्स
३०. जापानको उएनो चिडियाखानाबाट कुन जनावरका जुम्ल्याहा बच्चाहरू चीन फिर्ता पठाइँदैछ?
उत्तर: जाइन्ट पाण्डा (Giant Panda)
३१. भारत र युरोपेली संघ (EU) बीच हुन लागेको व्यापारिक सम्झौताको नाम के हो?
उत्तर: स्वतन्त्र व्यापार सम्झौता (Free Trade Agreement - FTA)

Keywords: Current Affairs GK 2082, Nepal GK, Samasamayik Gyan, Exam GK

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...