१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपालको संविधान बमोजिम प्रधानमन्त्री समक्ष राजीनामा कहिले दिनुभएको हो?
➤ २०८२ साल माघ ६ गते मङ्गलबार
२. आर्टिफिसियल इन्टेलिजेन्स (AI) को अत्याधिक प्रयोगले कुन प्राकृतिक स्रोतमा गम्भीर संकट आउन सक्ने चेतावनी विज्ञहरूले दिएका छन्?
➤ पानी (Water)
➤ डाटा सेन्टरहरूलाई कुलिङ (Cooling) गर्न अत्याधिक पानी चाहिने भएकाले।
३. अन्तरिक्षमा सबैभन्दा धेरै समय 'स्पेसवाक' (Spacewalk) गर्ने कीर्तिमानी महिला अन्तरिक्ष यात्री को हुन्, जसले हालै अवकाश लिएकी छिन्?
➤ सुनिता विलियम्स (Sunita Williams)
४. 'नेपाल राष्ट्र बैंक' अन्तर्गतको वित्तीय जानकारी इकाई (FIU) को मुख्य कार्य के हो?
➤ सम्पत्ति शुद्धीकरण (Money Laundering) र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी सम्बन्धी शंकास्पद कारोबारको विश्लेषण र सूचना संकलन गर्ने।
५. नेपाल सरकारले २०८२ भदौ २३-२४ को जेन-जी घटनाको अनुसन्धान गर्न बनाइएको उच्चस्तरीय छानबिन समितिको संयोजक को हुन् ?
➤ पूर्व न्यायाधीश गौरीबहादुर कार्की
६. हालै नेपाली कांग्रेसको सभापति पदमा निर्वाचित गगन थापाले पदभार ग्रहण कहिले गरेका हुन्?
➤ २०८२ माघ ९
७. आगामी चैत २१ को निर्वाचनका लागि शेरबहादुर देउवा बाहेक कुन पूर्व प्रधानमन्त्रीले उम्मेदवार नबन्ने घोषणा गरेका छन्?
➤ डा. बाबुराम भट्टराई
८. निर्वाचन आयोगले कुन नेतालाई फौजदारी कसुरको कारण देखाउँदै आगामी निर्वाचन २०८२ का लागि अयोग्य ठहर गरेको छ?
➤ रेशम चौधरी
९. वसन्त पञ्चमीको अवसरमा राष्ट्रपतिले 'वसन्त श्रवण' गर्ने ऐतिहासिक स्थान कहाँ हो?
➤ हनुमानढोका दरबारस्थित नासलचोक
१०. सन् २०२४ देखि हाल २०२६ जनवरी सम्म अवैध रूपमा अमेरिका बसोबास गर्ने कति नेपाली देशनिकाला (Deport) मा परेका छन्?
➤ ५४३ जना (पछिल्लो पटक माघ ९ मा ८० जना फिर्ता)
११. महिला टि२० विश्वकप छनोट खेलमा नेपाल नेदरल्यान्ड देशसँग कति रनले पराजित भएको थियो?
➤ २ रन
१२. आगामी चैत २१ को निर्वाचनका लागि उम्मेदवारी फिर्ता लिने अन्तिम दिन कहिले हो?
➤ २०८२ माघ ९ गते
१३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका द्वन्द्व समाधानका लागि डाभोसमा कुन नयाँ निकायको घोषणा गरे?
➤ 'बोर्ड अफ पिस' (Board of Peace)
१४. हालै कुन देशकी प्रधानमन्त्री सानाए ताकाइचीले संसद विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरिन्?
➤ जापान
१५. युक्रेन, रुस र अमेरिका बीचको त्रिपक्षीय शान्ति वार्ता कुन देशमा हुने तय भएको छ?
➤ संयुक्त अरब इमिरेट्स (UAE)
१६. सन् २०२६ मा वितरण गरिने ओस्कार अवार्ड (Academy Awards) को संस्करण कतिऔँ हो?
➤ ९८औँ संस्करण
१७: युरोपेली युनियन (EU) ले सन् २०२६ का लागि कति रकम मानवीय सहायता बजेट विनियोजन गरेको छ?
➤ १.९ अर्ब युरो
१८: हालै अमेरिकामा जनजीवन प्रभावित पार्ने शक्तिशाली हिउँदे आँधीको नाम के हो? जुन सन् २०२६ जनवरी २३ बाट सुरु भएको थियो।
➤ 'फर्न' (Fern)
१९. राष्ट्रपति ट्रम्पले इरानको निगरानीका लागि खाडी क्षेत्रमा पठाएको सैन्य बललाई के नाम दिइएको छ?
➤ आर्माडा (Armada)
२०. छैटौँ ‘टाइगर कप’ भलिबल प्रतियोगिता कुन शहरमा सुरु भयो?
➤ पोखरा
२१. 'WordCamp Nepal 2026' कार्यक्रम कुन शहरमा आयोजना हुँदैछ?
➤ बुटवल (सन् २०२६ जनवरी २३ र २४ मा हुने।)
२२. डावोसमा चलिरहेको २०२६ सम्मेलनको आधिकारिक नाम के हो?
➤ World Economic Forum (WEF)
२३. ICC विरुद्ध भेदभावको आरोप लगाउने क्रिकेट बोर्ड कुन देशको हो? (T20 World Cup 2026 हुनु अघि)
➤ बंगलादेश क्रिकेट बोर्ड (BCB), बंगलादेश
२४. ASEAN भित्र म्यानमारका पक्षहरूबीच मध्यस्थताको लागि बैठक आयोजना गर्ने देश कुन हो?
➤ फिलिपिन्स
२५. SAFF U-19 (2026) महिला फुटबल च्याम्पियनशिप कुन मिति र कहाँ आयोजना हुने घोषणा गरियो?
➤ जनवरी 31 देखि 7 फेब्रुअरी 2026
➤ पोखरा, नेपाल
२६. नेपाल र कुन देश बीच कनेक्टिभिटी सुधारका लागि 4-lane highway पूर्वाधार परियोजना अघि बढिरहेको छ?
➤ भारत
---
यस्तै अन्य ताजा अपडेट र सामान्य ज्ञानका लागि हाम्रो ब्लग नियमित रूपमा भिजिट गर्दै गर्नुहोला। यो सामग्री उपयोगी लागेमा आफ्ना साथीहरूलाई सेयर गर्न नभुल्नुहोला।

Comments
Post a Comment