Skip to main content

समसामयिक सामान्य ज्ञान (Current Affairs GK) | ३०+ नवीनत्तम वस्तुगत प्रश्नोत्तर | GK Nepal |

| समसामयिक सामान्य ज्ञान |

१. १४औं दक्षिण एसियाली खेलकुद (SAG) कहिले र कहाँ आयोजना हुने भएको छ?

उत्तर: सन् २०२७ मार्च २३ देखि ३१ सम्म, पाकिस्तानमा।

(नोट: उज्बेकिस्तानको राजधानी तास्कन्दमा सम्पन्न दक्षिण एसियाली फेडेरेसनहरूको बैठकले यो निर्णय गरेको हो।)

२. विश्वको पहिलो AI मन्त्रीको नाम के हो र उनी कुन देशकी हुन्?

उत्तर: नाम: दिएला (Diela), देश: अल्बानिया।

३. अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि कति स्रोत सहमति प्रदान गरेको छ?

उत्तर: कुल १९ अर्ब १५ करोड रुपैयाँ।

(जसमध्ये ६ अर्ब ३६ करोड निकासा भइसकेको)

४. सरकारले आगामी निर्वाचन सुरक्षाका लागि 'म्यादी प्रहरी' (Election Police) को नियुक्ति कहिले गर्ने निर्णय गरेको छ?

उत्तर: २०८२ माघ १५

(नोट: आगामी फागुन/चैतमा हुने निर्वाचनका लागि करिब १ लाख ५० हजार म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढेको छ।)

५. कर्णाली प्रदेशमा आयोजना हुने 'दशौं राष्ट्रिय खेलकुद' (10th National Games) को मिति कहिले तय गरिएको छ?

उत्तर: २०८२ फागुन १–७ (फेब्रुअरी १३–१९, २०२६)।

६. चालु आर्थिक वर्ष २०८२-०८३ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कति पुगेको छ?

उत्तर: करिब ५ लाख ९० हजार।

७. माघ १६ गते मनाइएको शहीद दिवसमा सम्झना गरिने चार मुख्य शहीदहरू को को हुन्?

उत्तर: शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ।

८. नेपालको कुन प्रदेशले हालै सुन्तला निर्यातबाट ३२ करोड रुपैयाँ आम्दानी गरेको छ?

उत्तर: गण्डकी प्रदेश (विशेषतः पर्वत जिल्ला)।

९. भारत सरकारले सन् २०२६ को गणतन्त्र दिवसको अवसरमा 'पद्य विभूषण' सम्मान प्रदान गर्ने घोषणा गरेका बलिउड अभिनेता को हुन्?

उत्तर: धर्मेन्द्र (Dharmendra)।

१०. अमेरिकाले आर्कटिक क्षेत्रमा आफ्नो प्रभाव बढाउन कुन भू-भाग खरिद गर्ने प्रस्ताव चर्चामा ल्याएको हो?

उत्तर: ग्रीनल्याण्ड (Greenland)।

११. हालै चर्चामा रहेको 'लिफ कोलिसन' (LEAF Coalition) कुन क्षेत्रसँग सम्बन्धित छ?

उत्तर: वन संरक्षण र कार्बन व्यापार (Climate Finance)।

१२. सन् २०२६ लाई संयुक्त राष्ट्र संघले कुन विशेष वर्षको रूपमा मनाउँदैछ?

उत्तर: स्वयंसेवकहरूको अन्तर्राष्ट्रिय वर्ष (International Year of Volunteers for Sustainable Development)।

१३. एलन मस्कको कम्पनी 'टेस्ला' र 'स्पेसएक्स' ले ल्याएको नयाँ ह्युमनोइड रोबोटको परिष्कृत संस्करणको नाम के हो?

उत्तर: अप्टिमस (Optimus)।

१४. विश्व क्यान्सर दिवस (World Cancer Day) कहिले मनाइन्छ?

उत्तर: फेब्रुअरी ४।

१५. हालै 'बिटिङ रिट्रीट' (Beating Retreat) समारोह कुन देशको गणतन्त्र दिवसको समापनको रूपमा मनाइयो?

उत्तर: भारत

(जनवरी २९ मा नयाँ दिल्लीको विजय चोकमा)।

१६. कार्बन व्यापार तथा वन पैदावार संरक्षण गरेबापत आर्थिक लाभ पाउने गरी नेपालले कुन ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ?

उत्तर: लिफ कोलिसन (LEAF Coalition)।

(नोट: सन् २०२६ जनवरी २३ मा यो सम्झौता भएसँगै कार्बन व्यापारबाट औपचारिक रूपमा लाभ लिने नेपाल एसियाको पहिलो मुलुक बनेको छ।)

१७. सन् २०२६ को सुरुवातमै कुन देशले ७५ वटा देशका आप्रवासीहरूको भिसा प्रक्रिया अनिश्चितकालका लागि रोक्ने घोषणा गरेको हो?

उत्तर: संयुक्त राज्य अमेरिका।

१८. राष्ट्रपति रामचन्द्र पौडेलले फेब्रुअरी १ देखि ४ सम्म कुन देशको औपचारिक भ्रमण गर्ने भएका छन्?

उत्तर: जापान

(नेपाल-जापान कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सवको अवसरमा।)

१९. अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) को एसिया क्षेत्रीय सम्मेलन २०२६ (ICC Asia 2026 Regional Conference) कहिले र कहाँ हुने भएको छ?

उत्तर: सन् २०२६ अप्रिल १६ र १७, काठमाडौँ (नेपाल)।

२०. पूर्वी नेपालमा अस्मित सुब्बा र डा. लक्ष्मण खनालको टोलीले पत्ता लगाएको छेपारोको नयाँ प्रजातिको नाम के राखिएको छ?

उत्तर: Cyrtodactylus khambui

प्रा. डा. के.आर. खम्बुको सम्मानमा।

२१. अन्तर्राष्ट्रिय रूपमा मिनियापोलिसमा कुन विषयमा विरोध प्रदर्शन भइरहेको छ?

उत्तर: ICE एजेन्टहरूको गोलीकाण्ड र आप्रवासन नीति विरुद्ध।

२२. नेपाल सरकारले चार वर्षपछि प्रहरीको रासन भत्तामा कति प्रतिशत वृद्धि गर्ने निर्णय गरेको छ?

उत्तर: १० प्रतिशत

(२०८२ फागुन १ देखि लागू हुने)।

२३. प्राचीन कोलीय गणराज्यको दरबारको भग्नावशेष कुन ठाउँमा फेला परेको छ?

उत्तर: पश्चिम नवलपरासीको पण्डितपुरमा।

२४. नेपाल राष्ट्र बैंकको विदेशी लगानी नियमावलीको पाँचौँ संशोधन अनुसार आईटी कम्पनीले पूर्व स्वीकृति बिना कति डलरसम्म विदेशमा लगानी गर्न पाउँछन्?

उत्तर: २०,००० अमेरिकी डलर।

२५. पोखरामा आयोजित 'छैटौँ टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रण खुल्ला भलिबल' को महिलातर्फको उपाधि कुन टिमले जित्यो?

उत्तर: न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब।

२६. नेपाल उद्योग वाणिज्य महासङ्घ (FNCCI) ले राजनीतिक दलहरूलाई घोषणापत्रमा के कुरा प्राथमिकतामा राख्न आग्रह गरेको छ?

उत्तर: निजी क्षेत्रमैत्री आर्थिक नीति र लगानीको वातावरण।

२७. हालै कोल्टान खानी (Coltan Mine) भत्किएर २०० भन्दा बढीको मृत्यु भएको रुबाया क्षेत्र कुन देशमा पर्दछ?

उत्तर: प्रजातान्त्रिक गणतन्त्र कङ्गो।

२८. हालै कुन देशकी प्रधानमन्त्री सानाए ताकाइचीले संसद् विघटन गरी मध्यावधि निर्वाचनको घोषणा गरेकी छिन्?

उत्तर: जापान।

२९. रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाको मध्यस्थतामा कति बुँदे शान्ति सम्झौताको प्रस्ताव अघि सारिएको हो?

उत्तर: २० बुँदे प्रस्ताव।

३०. भारतले चीन र अमेरिकामाथिको निर्भरता कम गर्न हालै कुन अन्तर्राष्ट्रिय सङ्गठनसँग स्वतन्त्र व्यापार सम्झौता (FTA) गरेको छ?

उत्तर: युरोपेली संघ (European Union)।

३१. युद्धग्रस्त गाजा क्षेत्रको पुनर्निर्माणका लागि अमेरिकी राष्ट्रपतिले कतिवटा विशेष समितिहरू गठन गरेका छन्?

उत्तर: ३ वटा।

३२. सन् २०२६ को पुरुष टी-२० विश्वकप क्रिकेट कुन-कुन देशमा आयोजना हुँदैछ?

उत्तर: भारत र श्रीलङ्का।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...