१
नेपालको संविधानको कुन धारामा १८ वर्ष पुगेका नेपाली नागरिकलाई मतदानको अधिकार हुने व्यवस्था गरिएको छ?
उत्तर: धारा ८४ को उपधारा (५)
२
जापानको इतिहासमा पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित हुने व्यक्तित्व को हुन्?
उत्तर: सानाए ताकाइची (Sanae Takaichi)
(Note: उनी जापानको १०५औँ प्रधानमन्त्री हुन् ।)
३
हालै नेपाल र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) बीच कुन सुविधा अन्तर्गत कर्मचारी तहको सम्झौता भएको छ?
उत्तर: विस्तारित ऋण सुविधा (Extended Credit Facility - ECF)
(Note: यस सम्झौतामा ३.३ प्रतिशतदेखि ५ प्रतिशतको बीचमा आर्थिक वृद्धिको प्रक्षेपण गरिएको छ ।)
४
वातावरण संरक्षण र इन्धन आयात न्यूनीकरणका लागि पेट्रोलमा कति प्रतिशत 'इथानोल' मिसाउने नीति कार्यान्वयनको तयारीमा छ?
उत्तर: १० प्रतिशत
(Note: २१ पुस २०८२ मा मन्त्रिपरिषद् बैठकले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ पारित गरेको हो ।)
५
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेटको सिलिङ (सीमा) घटाउनुको मुख्य कारण के हो?
उत्तर: वित्तीय अनुशासन कायम गर्न र अनावश्यक खर्च कटौती गर्न।
६
'१० वर्षमा विश्वकप जित्ने लक्ष्य' सहित ‘ग्रासरुट टू ग्लोरी’ (Grassroots to Glory) अभियान कहिले र कहाँबाट सुरु भएको हो?
उत्तर: वि.सं. २०८२ फागुन ११ गते (फेब्रुअरी २३, २०२६), धनगढीबाट।
(Note: यस अभियानको लक्ष्य सन् २०३६ सम्म टी-२० विश्वकप क्रिकेट उपाधि जित्ने रहेको छ ।)
७
अमेरिकी सर्वोच्च अदालतले सन् २०२६ फेब्रुअरी २१ मा राष्ट्रपति ट्रम्पको कुन विवादास्पद नीतिलाई गैरकानुनी ठहर गरेको छ?
उत्तर: विश्वव्यापी भन्सार वृद्धि (Universal Tariffs)
८
आगामी आम निर्वाचनको सुरक्षाका लागि सरकारले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित कुल कति सुरक्षाकर्मी परिचालन गर्ने भएको छ?
उत्तर: ३ लाख ३८ हजार
९
नेपाल र भारतबिच फौजदारी विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो?
उत्तर: वि.सं. २०८२ फागुन ६ (सन् २०२६ फेब्रुअरी १८)
१०
सरकारले कति रकमभन्दा माथिको विदेशी लगानी अब स्वचालित मार्ग (Automatic Route) बाट नै गर्न सकिने गरी नयाँ नियम ल्याएको छ?
उत्तर: ५० करोड रुपियाँ माथि
(Note: यो नियम वि.सं. २०८२ फागुन ४ गते राजपत्रमा प्रकाशित भएको हो ।)
११
प्रधानमन्त्री सुशीला कार्कीले हालै जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को कतिऔँ सत्रलाई सम्बोधन गर्नुभयो?
उत्तर: ६१औँ सत्र।
१२
रुस-युक्रेन युद्ध कहिलेदेखि औपचारिक रूपमा चौथो वर्षमा प्रवेश गरेको छ?
उत्तर: सन् २०२६ फेब्रुअरी २४
१३
नेदरल्याण्डको इतिहासमा सबैभन्दा कम उमेरको र पहिलो खुला समलिंगी प्रधानमन्त्रीका रूपमा कसले सपथ लिएका छन्?
उत्तर: रोब जेटेन (Rob Jetten)
१४
मेक्सिकोको सेनाको कारबाहीमा हालै मारिएका कुख्यात लागूऔषध तस्कर नेमेसियो ओसेगुएरा (एल मेन्चो) कुन कार्टेलका प्रमुख थिए?
उत्तर: जालिस्को न्यू जेनेरेसन कार्टेल (CJNG)
(Note: उनको निधन सन् २०२६ फेब्रुअरी २२ मा भएको हो ।)
१५
ब्रिटिश एकेडेमी फिल्म अवार्ड (BAFTA) २०२६ मा उत्कृष्ट फिल्मको उपाधि कुन चलचित्रले जित्यो?
उत्तर: 'वन ब्याटल अफ्टर अनदर' (One Battle After Another)
(Note:
- उत्कृष्ट निर्देशक: पवल थोमस एन्डरसन (Paul Thomas Anderson)
- उत्कृष्ट अभिनेता: रोबर्ट अरामायो (Robert Aramayo)
- उत्कृष्ट अभिनेत्री: जेसी बक्ली (Jessie Buckley)
१६
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२६ लाई कुन वर्षको रूपमा मनाउने घोषणा गरेका छन्?
उत्तर: रुसी एकताको वर्ष (Year of Russian Unity)
१७
सन् २०२६ को आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले कुल कति छक्का र चौका प्रहार गरेको थियो?
उत्तर: २५ छक्का र ४३ चौका
१८
नेपालले विश्वकप लिग–२ अन्तर्गत सन् २०२६ मार्च १०–२० मा कुन-कुन देशसँग त्रिराष्ट्रिय सिरिज आयोजना गर्ने भएको छ?
उत्तर: यूएई र ओमान
१९
फिफा सिरिज २०२६ मा नेपाली महिला राष्ट्रराष्ट्रिय फुटबल टोलीले पहिलो खेल कुन टोलीसँग खेल्दैछ?
उत्तर: कंगो (Congo)
(Note: यो खेल सन् १२ अप्रिल २०२६ मा हुनेछ ।)
२०
विश्व चेस महासंघ (FIDE) ले ८ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि सन् २०२६ बाट कुन नयाँ प्रतियोगिता सुरु गर्दैछ?
उत्तर: वर्ल्ड क्याडेट्स च्याम्पियनसिप (World Cadets Championships)
२१
निर्वाचन आयोगले मतदानका लागि कति दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ?
उत्तर: ३ दिन
२२
पाकिस्तानको बलुचिस्तानमा पृथकतावादीहरू विरुद्ध चलाइएको सैन्य अपरेसनमा कति लडाकु मारिएको दाबी गरिएको छ?
उत्तर: १४५ जना
२३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो 'स्टेट अफ द युनियन' सम्बोधन कहिले गरेका हुन्?
उत्तर: सन् २०२६ फेब्रुअरी २४
२४
'अभियान रत्न सम्मान-२०८२' बाट सम्मानित हुने कलाकार को हुन्?
उत्तर: स्व. सुनील थापा (मरणोपरान्त)
२५
युगल किशोर शुक्ला अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार-२०२६ कसलाई प्रदान गरियो?
उत्तर: नृपेन्द्रलाल श्रेष्ठ
२६
काठमाडौँको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन कुन धार्मिक प्रतीक ठड्याइएसँगै फागु उत्सव (होली) को सुरुवात हुन्छ?
उत्तर: चीर
२७
कुन सौन्दर्य प्रतियोगिताकी विजेता जेसिका सिंह ठकुरीले २०८२ फागुन ११ मा आफ्नो उपाधि त्यागेको घोषणा गरेकी हुन्?
उत्तर: मिस ग्रान्ड नेपाल २०२५
२८
कुन जनावर दैनिक लगभग २० घण्टा सुत्ने 'Nocturnal' (निशाचर) स्तनधारी हो?
उत्तर: लिटिल ब्राउन ब्याट (Little Brown Bat)

Comments
Post a Comment