Skip to main content

लोकसेवा समसामयिक सामान्य ज्ञान: ३५+ महत्त्वपूर्ण प्रश्नोत्तर: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय

लोकसेवा सामान्य ज्ञान (GK) वस्तुगत प्रश्नोत्तर



भारत सरकारले कुन नाराका साथ आगामी आर्थिक वर्ष २०२६/२७ को बजेट सार्वजनिक गरेको छ?

उत्तर: ‘विकसित भारत: महत्त्वाकांक्षा र समावेशीकरणबीच सन्तुलन’

करियर ग्रान्ड स्लाम पूरा गर्ने सबैभन्दा कान्छा पुरूष खेलाडी को बनेका छन्?

उत्तर: स्पेनिस टेनिस स्टार कार्लोस अल्कराज

अष्ट्रेलियन ओपन च्याम्पियन २०२६ को विजेता को हुन्?

उत्तर: स्पेनका कार्लोस अल्कराज

महिला टी-२० विश्वकपमा छनोट हुने १२औं टोली कुन हो?

उत्तर: स्कटल्यान्ड

काठमाडौं महानगरले ७०+ उमेरका र अशक्त आमाबुवाहरुलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्ने सेवा कहिलेदेखि सुरु गरेको हो?

उत्तर: २०८२-१०-१८ देखि

पत्रकार दिनेश सिटौलाको निधन कहिले र के कारणले भएको हो?

उत्तर: २०८२ माघ १८ (कारण: ब्रेन ह्यामरेज)

भारत सरकारले आर्थिक वर्ष २०२६-२७ को बजेट मार्फत नेपाललाई कति अनुदान दिने घोषणा गरेको छ?

उत्तर: ८ अर्ब भारु (नेपाली रुपैयाँमा करिब १२ अर्ब ८० करोड)

५४औं राष्ट्रिय दिवस (ईद अल एतिहाद) का अवसरमा संयुक्त अरब इमिरेट्स (UAE) ले कति नेपाली कैदीलाई आममाफी दिएको छ?

उत्तर: २६७ नेपाली कैदीलाई

नोट: त्यसैगरी कतारले पनि गत पुसमा राष्ट्रिय दिवसका अवसरमा १३ नेपालीलाई आममाफी दिएको थियो।

तिब्बत स्वतन्त्रता संघर्षको प्रतीकका रूपमा मानिने दलाई लामा कहिलेदेखि भारतमा निर्वासनमा बस्दै आएका हुन्?

उत्तर: सन् १९५९ देखि

१०

२५औँ संस्करणको 'आहा ! रारा पोखरा गोल्डकप फुटबल' प्रतियोगिता कहिले आयोजना हुँदैछ?

उत्तर: २०८२ माघ २७ देखि फागुन ९ गतेसम्म

नोट: सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष नेपालसहित भारत, भुटान र उज्बेकिस्तानका १२ टोली सहभागी रहने।
११

रुमेन रादेभको राजीनामा पछि बुल्गेरियाको पहिलो महिला राष्ट्रपति को बनेकी छिन्?

उत्तर: इलियाना लोतोभा (Iliana Lotova)

१२

निर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूचीबाट कति जना उम्मेदवारको नाम हटाएको छ?

उत्तर: ७६ जना

नोट: जसमा कालोसूचीमा परेका वा जरिवाना नतिरेका उम्मेदवारहरू समावेश छन्।
१३

प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभामा पहिलो पटक कहिले सम्बोधन गर्नुभएको हो?

उत्तर: २०८२ माघ १९, (फेब्रुअरी २, २०२६)

१४

बौद्ध धर्मगुरु दलाई लामाले कुन अडियो पुस्तकका लागि ग्रामी अवार्ड प्राप्त गरेका हुन्?

उत्तर: ‘मेडिडेसन, दी रिफ्लेक्सन अफ हिज होलिनेस द दलाई लामा’(Meditation, The Reflection of His Holiness the Dalai Lama)

१५

जिल्ला प्रशासन कार्यालय सर्लाहीले पहिलो पटक आमाको नामबाट नागरिकता कहिले जारी गरेको हो?

उत्तर: २०८२ माघ १९ गते

१६

पारा तेक्वान्दो 'कोच अफ द ईयर २०२५' अवार्ड पाउने पहिलो नेपाली प्रशिक्षक को हुन्?

उत्तर: कविराज नेगी लामा

नोट: संयुक्त अरब इमिरेट्समा भएको वल्र्ड तेक्वान्दो गाला अवार्ड २०२५ अन्तर्गत
१७

जेनजी आन्दोलनमा मृत्यु भएका ७६ जना मध्ये कति जनालाई सरकारले शहीद घोषणा गरेको छ?

उत्तर: ४२ जना

१८

'विजय मल्ल नइ शताब्दी पुरस्कार' कति जना स्रष्टालाई प्रदान गरिने भएको छ?

उत्तर: नेपाल र भारतका सात जना स्रष्टालाई

नोट: पुरस्कारका राशि जनही रु २५/२५ हजार, स्रष्टाहरू: डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी
१९

नेपालका लागि तेस्रो पटक टी-२० विश्वकप खेल्ने एक्लो र पहिलो खेलाडी को बन्दैछन्?

उत्तर: सोमपाल कामी

२०

सरकारले जेनजी आन्दोलनमा शहीद घोषणा भएका परिवारलाई मासिक कति रकम वितरण गर्ने तयारी गरेको छ?

उत्तर: १० वर्षसम्म मासिक २१ हजार ८ सय रुपैयाँको दरले

२१

टी-२० विश्वकप २०२६ प्रतियोगितामा कुन देशले पहिलो पटक सहभागिता जनाउँदैछ?

उत्तर: इटली

२२

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक २०८१ फिर्ता लिने निर्णय मन्त्रिपरिषद्ले कहिले गरेको हो?

उत्तर: २०८२ माघ २० गते

२३

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न कति खर्च लाग्ने अनुमान छ?

उत्तर: कम्तीमा ३६ अर्ब ३० करोड २१ लाख रुपैयाँ

२४

विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार हरेक वर्ष करिब कति मानिसको क्यान्सरका कारण मृत्यु हुने गरेको छ?

उत्तर: करिब १० लाख मानिस

नोट: प्रमुख कारण: धूमपान, तमाखु सेवन, अस्वस्थ जीवनशैली
२५

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कति मतदानस्थल र मतदान केन्द्र निर्धारण गरिएको छ?

उत्तर: १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्रहरू

२६

टि-२० विश्वकपमा अर्धशतक बनाउने नेपालका एक मात्र खेलाडी को हुन्?

उत्तर: सुबास खकुरेल (सन् २०१४ मा अफगानिस्तान विरुद्ध ५६ रन)

नोट: २०२४ विश्वकपमा आशिफ शेखले दक्षिण अफ्रिका विरुद्ध सर्वाधिक ४२ रन बनाएका थिए।
२७

विश्व बैंकले नेपालको 'साना तथा मझौला उद्यम (SMEs)' को प्रवर्द्धनका लागि कति ऋण सहायता स्वीकृत गरेको छ?

उत्तर: ९५ मिलियन अमेरिकी डलर (करिब १२ अर्ब ६३ करोड रुपैयाँ)

२८

'डिजिटल इनोभेसन' सम्बन्धी ४५ राष्ट्रहरू बीचको प्रतिस्पर्धामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (NAST) ले कुन स्थान हासिल गरेको छ?

उत्तर: तेस्रो स्थान

२९

स्वास्थ्य मन्त्रालयले हालै कुन भाइरसको संक्रमणबाट बच्न र संक्रमित चमेरोले टोकेका फलफूल नखान आग्रह गरेको छ?

उत्तर: निपाह भाइरस (Nipah Virus)

नोट: निपाह भाइरस 'जेुनोटिक' (Zoonotic - जनावरबाट मानिसमा सर्ने) रोग हो। यो पहिलो पटक मलेसियाको 'सुङ्गाई निपाह' गाउँमा सन् १९९९ मा पत्ता लागेको थियो।
३०

आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा कुन देश विरुद्ध खेल्दैछ?

उत्तर: इंग्ल्याण्ड

३१

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (NIICE) ले फेब्रुअरी १० मा आयोजना गर्ने सम्मेलनको मुख्य विषय के हो?

उत्तर: क्षेत्रीय लचिलोपन: नेपाल-भारत सुरक्षा सहकार्य सुदृढीकरण

३२

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउँदै ४७ लाख खाता बन्द गर्ने राष्ट्र कुन हो?

उत्तर: अस्ट्रेलिया

३३

युरोपेली युनियन (EU) ले क्यान्सर निको भएका व्यक्तिहरूको वित्तीय अधिकार सुनिश्चित गर्न कुन अधिकार अघि सारेको हो?

उत्तर: 'बिर्सिन पाउने अधिकार' (Right to be Forgotten)

३४

नासा (NASA) ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) बाट पहिलो पटक आपतकालीन मेडिकल उद्धार कहिले गरेको हो?

उत्तर: ४ फेब्रुअरी २०२६

३५

'बिर्सिन पाउने अधिकार' (Right to be Forgotten) भन्नाले के बुझिन्छ वा के हो?

उत्तर: यो डिजिटल युगको एक महत्त्वपूर्ण कानुनी अधिकार हो। यसले कुनै पनि व्यक्तिलाई इन्टरनेट वा सार्वजनिक अभिलेखबाट आफ्नो निजी, पुरानो वा असान्दर्भिक जानकारी हटाउन माग गर्ने अधिकार दिन्छ। कुनै जटिल रोग निको भएको निश्चित समयपछि बैंक ऋण वा बीमा सुविधा लिँदा व्यक्तिले आफ्नो पूर्व-रोगको इतिहास खुलाउनु नपर्ने अधिकार हो।

नोट: नेपालको 'वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५' ले गोपनीयताको हक सुरक्षित गरे पनि 'बिर्सिन पाउने अधिकार' स्पष्ट रूपमा स्थापित भइसकेको छैन।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...