Skip to main content

३०+ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वपूर्ण समसामयिक वस्तुगत प्रश्नोत्तर

लोकसेवा सामान्य ज्ञान विशेष: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर

राजनीति तथा प्रशासन
१. वि.सं. २०८२ सालमा नेपालमा कतिऔँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइयो? उत्तर: ७६औँ
२. निर्वाचन आयोगले २०८२ फागुन ७ गते कतिऔँ निर्वाचन दिवस मनाएको छ? उत्तर: १०औँ निर्वाचन दिवस।
३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले वि.सं. २०८२ माघ २९ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्यसम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल प्रदेश कुन हो? उत्तर: सुदूरपश्चिम प्रदेश (४५.७० अङ्क)।
(नोट: सबैभन्दा कमजोर मधेश प्रदेश (२७.२८ अङ्क) रहेको छ।)
४. नेपालमा बाल अदालतको सञ्चालन कहिले देखि भएको हो? उत्तर: वि.सं. २०८२ वैशाख २ गते।
५. सुरक्षा संवेदनशीलताका कारण २०८२ फागुनमा हुने निर्वाचनको समयमा मतदान हुनुभन्दा कति समय अगाडि देखि सीमा नाका बन्द गर्ने निर्णय गरिएको छ? उत्तर: ७२ घण्टा अगाडिदेखि।
६. निर्वाचन आयोगले वि.सं. २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसारको समय कति तोकेको छ? उत्तर: वि.सं. २०८२ फागुन ४ देखि १८ गतेसम्म।
७. नेपालमा पहिलो पटक सालक सम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? उत्तर: वि.सं. २०८२ माघ २६, माडी (चितवन)।
८. फेब्रुअरी २०, २०२६ मा नेपाल–पोर्चुगल 'Bilateral Consultation Mechanism' को पहिलो बैठक कहाँ आयोजना गरियो? उत्तर: लिस्बन (पोर्चुगल)।
(नोट: उक्त बैठकमा विदेश सचिव अमृत बहादुर राई नेतृत्वको नेपाली टोली सहभागी भएको थियो।)
आर्थिक तथा योजना
९. राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सिलिङ कति निर्धारण गरेको छ? उत्तर: १८ खर्ब ९० अर्ब देखि १९ खर्ब ४० अर्ब सम्म।
१०. मध्यमकालीन खर्च संरचना (MTEF) सामान्यतया कति वर्षका लागि तयार गरिन्छ? उत्तर: ३ वर्ष।
११. बजेटको सिलिङ निर्धारण गर्दा कुन ऐनलाई मुख्य आधार मानिन्छ? उत्तर: आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६।
१२. राष्ट्रिय स्रोत अनुमान समितिको संयोजक को हुने व्यवस्था छ? उत्तर: उपाध्यक्ष, राष्ट्रिय योजना आयोग।
१३. बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुने ‘ग्लोबल मनी विक’ को १४औँ संस्करण नेपालमा कहिले मनाइँदैछ? उत्तर: वि.सं. २०८२ चैत २ देखि ८ गतेसम्म (मार्च १६–२२, २०२६)।
भाषा, धर्म तथा संस्कृति
१४. नेपालको संविधानको कुन धारामा सरकारी कामकाजको भाषा सम्बन्धी व्यवस्था गरिएको छ? उत्तर: धारा ७।
१५. नेपाली भाषाको सबैभन्दा पुरानो नमुना मानिने ‘अशोक चल्लको स्तम्भ’ कहाँ रहेको छ? उत्तर: जुम्ला।
१६. हाल नेपालमा पहिचान भएका कुल मातृभाषाहरूको सङ्ख्या कति पुगेको छ? उत्तर: १२४ वटा।
(नोट:। जसमा २१ वटा ठूला भाषाले कुल जनसङ्ख्याको ९५% ओगट्छन् भने बाँकी १०३ वटा साना भाषाले मात्र ५% ओगट्छन्।)
१७. पछिल्लो जनगणना अनुसार नेपालको सबैभन्दा धेरै बोलिने भाषा कुन हो? उत्तर: नेपाली भाषा (४४.९% जनसङ्ख्याको मातृभाषा)।
(नोट:
  • दोस्रोमा मैथिली (११%) र तेस्रोमा भोजपुरी (६.२%) छन्।
  • प्रदेशगत भाषिक अवस्था फरक छ: कोशी प्रदेशमा भाषिक विविधता उच्च, मधेश प्रदेशमा द्विभाषिकता (मातृभाषा + नेपाली) बढी, कर्णाली प्रदेशमा नेपाली भाषाको बाहुल्य (८८.९%) रहेको छ।)
१८. नेपालमा कतिवटा मातृभाषाहरू हजारभन्दा कम जनसङ्ख्याले बोल्ने मृतप्रायः अवस्थामा रहेका छन्? उत्तर: २३ वटा।
अन्तर्राष्ट्रिय समसामयिक
१९. सन् २०२४ मा गैरकानुनी रूपमा ‘मार्शल ल’ घोषणा गरेको अभियोगमा कुन देशका पूर्व राष्ट्रपतिलाई जन्मकैदको सजाय सुनाइएको छ? उत्तर: दक्षिण कोरियाका पूर्व राष्ट्रपति यून सुक योल।
२०. सन् २०२६ फेब्रुअरीमा बंगलादेशको नयाँ प्रधानमन्त्रीको रूपमा कसले शपथ ग्रहण गरे? उत्तर: तारिक रहमान।
२१. पेरुमा महाभियोगद्वारा पदमुक्त गरिएका राष्ट्रपतिको ठाउँमा नियुक्त हुने आठौँ अन्तरिम राष्ट्रपति को हुन्? उत्तर: होसे मारिया बाल्काजार।
२२. संयुक्त राष्ट्र संघले हालै सुडानको कुन क्षेत्रमा ‘नरसंहार’ (Genocide) भइरहेको ठहर गरेको छ? उत्तर: एल-फाशर (El-Fashir)।
२३. कुन युरोपेली राष्ट्रले हालै मतदानको कानुनी उमेर घटाएर १७ वर्ष कायम गरेको छ? उत्तर: साइप्रस।
२४. सन् २०२६ मा ७ करोड वर्ष पुरानो डाइनोसरको अण्डा कहाँ फेला परेको छ? उत्तर: अर्जेन्टिनाको पाटागोनिया क्षेत्र (रियो नेग्रो प्रान्त)।
(नोट: यो अण्डा बोनापार्टेनाइकस (Bonapartenykus - सानो मांसाहारी डाइनोसर) डाइनोसरसँग सम्बन्धित रहेको।)
खेलकुद
२५. आईसीसी टी-२० विश्वकप २०२६ मा नेपालले कुन टोलीलाई पराजित गर्दै १२ वर्षपछि विश्वकपमा पहिलो जित दर्ता गरेको हो? उत्तर: स्कटल्याण्ड (७ विकेटले पराजित)।
२६. पुरुष टी-२० विश्वकपको इतिहासमा शतक प्रहार गर्ने पहिलो ‘एसोसिएट’ राष्ट्रको खेलाडी को हुन्? उत्तर: युवराज शम्रा (क्यानडा)।
(नोट:
  • यो शतक टी-२० विश्वकपमा सबैभन्दा कान्छा खेलाडीले प्रहार गरेको शतक हो।
  • उनले न्युजिल्यान्डजस्तो बलियो टोलीविरुद्ध मात्र ५८ बलमा शतक प्रहार गरेका थिए।)
२७. चौथो माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा जुनियर तथा क्याडेटको पुरुष ४५ केजीमुनिको तौल समूहमा स्वर्ण पदक जित्ने नेपाली खेलाडी को हुन्? उत्तर: केनिश खड्का।
२८. हालै सम्पन्न हिउँदे ओलम्पिकमा ८ वर्षको अन्तरालपछि स्लालोम (Slalom) विधामा स्वर्ण पदक जित्ने खेलाडी को हुन्? उत्तर: मिकाएला सिफ्रिन (अमेरिका)।
२९. १२औँ शताब्दीदेखि खेलिँदै आएको ‘रोयल श्रोभ्टाइड फुटबल’ (Royal Shrovetide Football) कुन देशमा प्रचलित छ? उत्तर: बेलायत (डर्बीशायरको एशबोर्न सहर)।
३०. जय ट्रफी दुई दिवसीय राष्ट्रिय प्रतियोगिता २०८२ कहिले देखि सुरु भएको हो? उत्तर: वि.सं. २०८२ फागुन ८ गते (त्रिवि मैदान र मुलपानी मैदानमा)।
३१. ‘काठमाडौं गोर्खाज क्रिकेट एकेडेमी’ स्थापनाका लागि कुन दुई पक्षबीच सम्झौता भएको छ? उत्तर: काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र थन्डरबोल्ट्सका कार्यकारी निर्देशक वरुण खड्का बीच।
(नोट: २०८२ फागुन ८ गते सम्झौता पत्रमा हस्ताक्षर गरिएको)
३२. टी-२० विश्वकप २०२६ को सुपर-८ को पहिलो खेल कुन कुन टोलीबीच हुने तय भएको छ? उत्तर: पाकिस्तान र न्युजिल्याण्ड (कोलम्बोमा)।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...