Skip to main content

लोकसेवा तयारी: प्रतिनिधि सभा निर्वाचन २०८२ सहित २५+ महत्वपूर्ण समसामयिक सामान्य ज्ञान

loksewa-current-affairs-nepal-election-2082-gk-questions

लोकसेवा आयोग तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूका लागि महत्त्वपूर्ण समसामयिक सामान्य ज्ञान

नेपालमा प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचन कहिले हुने भएको छ?

उत्तर: २०८२ फागुन २१ गते, बिहीबार (सन् २०२६ मार्च ५)

(Note:
  • मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ पुगेको छ, जुन अघिल्लो चुनावभन्दा ९ लाख १५ हजार ११९ (५.०९%) ले बढी हो।
  • प्रत्यक्षतर्फ: ३,४०६ उम्मेदवार (पुरुष: ३,०१७, महिला: ३८८ र अन्य: १ जना), समानुपातिकतर्फ: ३,१३५ उम्मेदवार (महिला १,७७२) र स्वतन्त्र उम्मेदवार: १,१४३ रहेका छन्।
  • मतदान स्थल १०,९६७ र मतदान केन्द्र २३,११२ रहेका छन्, जसमध्ये ४,४४२ संवेदनशील र ३,६८० अति संवेदनशील स्थलका रूपमा वर्गीकृत छन्।
  • निर्वाचनका लागि १३७ दल दर्ता भए पनि ५७ दल समानुपातिक र ६६ दल प्रत्यक्षतर्फ सहभागी छन्।)

ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (CPI) २०२५ मा नेपाल कतिऔँ स्थानमा रहेको छ?

उत्तर: १०९औँ स्थानमा (अङ्क: ३४/१००)

भ्रष्टाचार अवधारणा सूचकाङ्क (CPI) २०२५ अनुसार विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक कुन हो?

उत्तर: डेनमार्क (८९ अङ्कका साथ पहिलो स्थानमा)

आर्थिक वर्ष २०८२/८३ को बजेटको मध्यावधि समीक्षापछि संशोधित बजेट कति कायम गरिएको छ?

उत्तर: संशोधित: १६ खर्ब ८८ अर्ब ३२ करोड ६७ लाख रुपैयाँ

(Note: सुरुको कुल बजेट: १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ थियो।)

खानी तथा भूगर्भ विभाग र चिनियाँ टोलीको अध्ययन अनुसार दैलेखको जलजलेमा कति परिमाणमा प्राकृतिक ग्यासको भण्डार रहेको पुष्टि भएको छ?

उत्तर: करिब ८०.७० अर्ब क्युबिक मिटर

चीनले नेपालका लागि २३औँ राजदूतका रूपमा कसलाई नियुक्त गरेको छ?

उत्तर: झाङ माओमिङ

'चलचित्र विधेयक २०८१' राष्ट्रिय सभाबाट कहिले पारित भएको हो?

उत्तर: २०८२ माघ २८ गते

(Note: यो विधेयक २०८२ वैशाख १४ गते दर्ता भएको थियो।)

नेपालको पहिलो एआई-संचालित (AI-powered) एकीकृत डिजिटल इकोसिस्टमको नाम के हो?

उत्तर: ग्लोबल डायरी (Global Diary)

नेपालको पहिलो 'अप्सिडल' (Apsidal) बौद्ध मन्दिर कहाँ पत्ता लागेको छ?

उत्तर: कपिलवस्तु जिल्लाको तिलौराकोट

१०

नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डबीच नेपाललाई अन्तर्राष्ट्रिय फिल्म छायांकन गन्तव्य बनाउने समझदारी पत्र (MOU) मा कहिले हस्ताक्षर भयो?

उत्तर: २०८२ माघ २८ गते

११

बंगलादेशमा सन् २०२६ फेब्रुअरी १२ मा सम्पन्न संसदीय निर्वाचनमा कुन दलले बहुमत प्राप्त गरेको छ?

उत्तर: बंगलादेश नेसनालिस्ट पार्टी (BNP), २०९ सिट

(Note: बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने तयारीमा छन्।)
१२

बंगलादेशमा सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री शेख हसिनाले कहिले देश छोडेर भारत पलायन भएकी थिइन्?

उत्तर: सन् २०२४ अगस्ट ५

(Note: संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार उक्त आन्दोलनका क्रममा १,४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ।)
१३

सन् २०२६ को आईसीसी पुरुष टी-२० विश्वकपका लागि नेपालको तर्फबाट डेब्यु खेलको पहिलो बलमै विकेट लिने दोस्रो नेपाली खेलाडी को हुन्?

उत्तर: शेर मल्ल

(Note:
  • उनी पूर्व कप्तान पारस खड्का पछि यो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन्।
  • उनले इङ्गल्याण्डका ओपनर फिल साल्टलाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएर पहिलो विकेट लिएका थिए।
)
१४

टी-२० विश्वकप २०२६ को ब्रान्ड एम्बेसडरका रूपमा कसलाई नियुक्त गरिएको छ?

उत्तर: रोहित शर्मा

१५

टी-२० अन्तर्राष्ट्रिय (T-20I) क्रिकेटमा सबैभन्दा कम बलमा ५००० रन बनाउने विश्व कीर्तिमान कसको नाममा छ?

उत्तर: फिन एलेन (२८५४ बल)

१६

एन्फाद्वारा आयोजित पहिलो मोफसल केन्द्रित 'रेडबुल एनएफए महिला फुटबल च्याम्पियनसिप २०८२' (एन्फा महिला फुटबल च्याम्पियनसिप २०८२) कहिले र कहाँ भएको हो?

उत्तर: २०८२ फाल्गुन १ बाट, गाईघाट, उदयपुर

(Note:
  • यसमा १० टिमको सहभागिता र विजेताले ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने
)
१७

विश्व स्वास्थ्य संगठन (WHO) को तथ्याङ्क अनुसार हाल विश्वमा कति वयस्क मधुमेह रोगबाट प्रभावित छन्?

उत्तर: ५३ करोड ७० लाख

(Note:
  • यस अनुसार प्रत्येक ९ जना वयस्कमध्ये १ जना मधुमेहबाट प्रभावित छन्।
  • सन् २०५० सम्म यो संख्या ८५ करोड ३० लाख पुग्ने अनुमान गरिएको छ।
)
१८

विश्वको सबैभन्दा बढी भ्रमण गरिएको र गिनिज वर्ल्ड रेकर्ड कायम गरेको कला ग्यालरी कुन हो?

उत्तर: लुभ्र म्युजियम (Musée du Louvre), पेरिस, फ्रान्स

१९

प्रसिद्ध 'मोना लिसा' चित्र सन् १९११ अगस्ट २१ मा कसले चोरी गरेका थिए?

उत्तर: भिन्चेन्जो पेरुगिया (इटाली)

(Note: उक्त चित्र चोरी भएको दुई वर्षपछि फिर्ता भएको थियो।)
२०

हालै नेपालका केही जिल्लाहरूमा सुँगुर र बङ्गुरहरूमा फैलिएको सङ्क्रामक भाइरस कुन हो?

उत्तर: अफ्रिकन स्वाइन फिभर (African Swine Fever)

२१

सन् २०२६ को 'अमेरिकन हार्ट एसोसिएसन पोस्टडक्टोरल फेलोसिप' प्रतिष्ठित अवार्ड कसलाई प्रदान गरिएको छ?

उत्तर: लक्ष्मण पौडेल (रुपन्देही)

(Note: यसको राशि दुई वर्षका लागि २.२६ करोड नेपाली रुपैयाँ बराबर रहेको छ।)
२२

विश्वको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत कुन हो?

उत्तर: यूएसएस जेराल्ड आर फोर्ड (USS Gerald R. Ford - CVN-78)

२३

'एम-२३' (M-23) विद्रोही समूह कुन देशको सशस्त्र द्वन्द्वसँग सम्बन्धित छ?

उत्तर: प्रजातान्त्रिक गणतन्त्र कंगो (DR Congo)

२४

भारत र अमेरिकाबीच हालै कुन महत्त्वपूर्ण आर्थिक सम्झौता सम्पन्न भएको छ?

उत्तर: अन्तरिम व्यापार सम्झौता (Interim Trade Deal)

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...