नेपालको T-20 विश्वकप 2026 प्रदर्शन सम्बन्धी पूर्ण जानकारी: तथ्याङ्क, कीर्तिमान | कसको उत्कृष्ट ब्याटिङ तथा बलिङ
• सर्वाधिक रनकर्ता:
१. दीपेन्द्र सिंह ऐरी: १६९ रन
२. रोहित पौडेल: ८३ रन
३. कुशल भुर्तेल: ७८ रन
• एकै खेल (इनिङ्स) मा उच्च स्कोर: दीपेन्द्र सिंह ऐरी (५८ रन, ४७ बलमा, वेस्ट इन्डिज विरुद्ध)
• सर्वाधिक चौका प्रहार: दीपेन्द्र सिंह ऐरी (१३ चौका)
• सर्वाधिक छक्का प्रहार: दीपेन्द्र सिंह ऐरी (७ छक्का)
• सर्वाधिक अर्धशतक: दीपेन्द्र सिंह ऐरी (२ अर्धशतक)
१. ५८ रन ४७ बलमा वेष्ट इन्डिज विरुद्ध
२. ५०* रन २३ बलमा स्कटल्यान्ड विरुद्ध
• उत्कृष्ट ब्याटिङ औसत: दीपेन्द्र सिंह ऐरी (५६.३३)
• उत्कृष्ट ब्याटिङ स्ट्राइक रेट: सोमपाल कामी (१७३.३३)
• एकै खेल वा इनिङ्समा उत्कृष्ट ब्याटिङ स्ट्राइक रेट: दीपेन्द्र सिंह ऐरी (२१७.३९)
• छिटो अर्धशतक: दीपेन्द्र सिंह ऐरी (२३ बल)
• प्रतियोगितामा नेपालको पहिलो चौका प्रहार: कुशल भुर्तेल (इङ्ल्यान्डको जोफ्रा आर्चर को बलमा)
• प्रतियोगितामा नेपालको पहिलो छक्का प्रहार: कुशल भुर्तेल (इङ्ल्यान्डको ल्यूक वुड को बलमा)
• सर्वाधिक विकेट लिने खेलाडी:
१. नन्दन यादव (५ विकेट)
२. सोमपाल कामी (३ विकेट)
३. दीपेन्द्र सिंह ऐरी (२ विकेट)
• एकै इनिङ्समा उत्कृष्ट बलिङ: सोमपाल कामी (स्कटल्याण्ड विरुद्ध ३/२५ - ४ ओभर) (व्याख्या: ४ ओभर बलिङ गर्दा ३ विकेट लिएर २५ रन दिएको)
• उत्कृष्ट बलिङ औसत: रोहित पौडेल (१२ रन)
• उत्कृष्ट बलिङ स्ट्राइक रेट: सोमपाल कामी (१२.००)
• एकै इनिङ्समा उत्कृष्ट बलिङ स्ट्राइक रेट: सोमपाल कामी (स्कटल्याण्ड विरुद्ध ८.००)
• उत्कृष्ट बलिङ इकोनोमी: दीपेन्द्र सिंह ऐरी (६.८५)
• एकै खेल (इनिङ्स) मा उत्कृष्ट बलिङ इकोनोमी: सोमपाल कामी (स्कटल्याण्ड विरुद्ध ६.२५)
• सर्वाधिक डट बल: दीपेन्द्र सिंह ऐरी (३१ डट बल)
• प्रतियोगिताको पहिलो 'प्लेयर अफ द म्याच': दीपेन्द्र सिंह ऐरी (स्कटल्याण्ड विरुद्ध)
• १२ वर्षपछिको ऐतिहासिक जित: नेपालले सन् २०१४ पछि पहिलो पटक टी-२० विश्वकपमा जित दर्ता गर्यो (स्कटल्याण्ड विरुद्ध ७ विकेटको जित)।
• विश्वकपमा उच्च स्कोर: दीपेन्द्र सिंह ऐरीले वेस्ट इन्डिज विरुद्ध बनाएको ५८ रन टी-२० विश्वकपको इतिहासमा कुनै पनि नेपाली ब्याटरले बनाएको हालसम्मकै उच्च व्यक्तिगत स्कोर हो।
• सफल रन पछ्याउने कीर्तिमान: स्कटल्याण्डले दिएको १७१ रनको लक्ष्य पूरा गर्नु नेपालका लागि टी-२० विश्वकप इतिहासकै सबैभन्दा ठूलो सफल रन चेज (Run Chase) हो। मुम्बईस्थित वानखेडे रङ्गशालामा नेपालले १९.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।
• एकै संस्करणमा दुई अर्धशतक: दीपेन्द्र सिंह ऐरी टी-२० विश्वकपको एउटै संस्करणमा दुईवटा अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
• द्रुत अर्धशतक: स्कटल्याण्ड विरुद्ध मात्र २३ बलमा अर्धशतक पूरा गर्दै दीपेन्द्रले विश्वकपमा नेपालका तर्फबाट सबैभन्दा छिटो ५० रन बनाउने किर्तिमान राखेका छन्।
• सोमपाल कामीले ३ विकेट लिँदै विश्वकपमा नेपालका लागि सर्वाधिक विकेट (कुल १० विकेट) लिने खेलाडीको कीर्तिमान बनाएका छन्।
• कुशल भुर्तेल र आसिफ शेखले ७२ रनको ओपनिङ साझेदारी गर्दै विश्वकपमा नेपालको तर्फबाट सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान कायम गरे।
• कुशल भुर्तेलले एकै इनिङ्समा ४ छक्का प्रहार गर्दै विश्वकपको एकै खेलमा धेरै छक्का प्रहार गर्ने नेपाली खेलाडीको कीर्तिमान बनाए।
• 'शेर मल्ल' टी-२० विश्वकपमा नेपालको तर्फबाट डेब्यु खेलको पहिलो बलमै विकेट लिने दोस्रो नेपाली खेलाडी बन्न सफल भएका छन्। उनी पूर्व कप्तान पारस खड्का पछि यो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन्।
• सोमपाल कामीले नेपालकाे तर्फबाट सबैभन्दा धेरै पटक ३ ओटा टी–२० विश्वकप प्रतियोगिता खेल्ने खेलाडी को किर्तिमान कायम गरेका छन्। उनले सन् २०१४, २०२४ र २०२६ को T-20 विश्वकप खेलेका हुन्।
• सन् २०२६ को आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालका लागि सबैभन्दा पहिले विकेट लिने खेलाडी शेर मल्ल (Sher Malla) हुन्। उनले इङ्गल्याण्डका आक्रामक ओपनर फिल साल्ट (Phil Salt) लाई सन्दीप लामिछानेको हातबाट क्याच आउट गराएका थिए।
• टी-२० विश्वकप (T20 Cricket World Cup) मा नेपालको तर्फबाट सबैभन्दा धेरै खेलहरुमा कप्तानी गर्ने किर्तिमान रोहित पौडेलले कायम गरेका छन्।

Comments
Post a Comment