Skip to main content

समसामयिक सामान्य ज्ञान (प्रश्नोत्तर सङ्गालो)

समसामयिक सामान्य ज्ञान (Current Affairs GK) – २५ प्रश्नोत्तर

नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटको आकार अर्धवार्षिक समीक्षामार्फत कति प्रतिशतले घटाएको छ?

उत्तर: १४.०४ प्रतिशत।

'पर्यटन विधेयक, २०८१' राष्ट्रिय सभाको बैठकले कहिले पारित गरेको हो?

उत्तर: वि.सं. २०८२ माघ २६ गते।

नेपालका कति प्रतिशत घरपरिवारमा विद्युत् सेवाको पहुँच पुगेको छ?

उत्तर: ९६.७ प्रतिशत।

राष्ट्रिय तथ्यांक कार्यालयको चौथो 'नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२' अनुसार १५ देखि ४९ वर्ष उमेर समूहका कति प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको छ?

उत्तर: ९०.४ प्रतिशत।

नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत कति जनाको ज्यान जाने गरेको छ?

उत्तर: ७ जना।

(नोट: आ.व. २०८१/८२ को एक वर्षमा २,५०२ जनाले ज्यान गुमाएका थिए।)

फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूमध्ये महिला उम्मेदवारको हिस्सा कति प्रतिशत रहेको छ?

उत्तर: ११.३९ प्रतिशत।

(नोट: ८८.६१% पुरुष)

अन्तर्राष्ट्रिय क्रिकेट प्रतिस्पर्धामा नेपाल र इङ्ग्ल्यान्ड बीच पहिलो पटक ऐतिहासिक भिडन्त कहिले भएको हो?

उत्तर: वि.सं. २०८२ माघ २५ (सन् २०२५ फेब्रुअरी ८)।

सन् २०२६ को टी-२० विश्वकप क्रिकेटमा नेपाल कुन टेस्ट राष्ट्रसँग मात्र ४ रनले पराजित भई ऐतिहासिक प्रतिस्पर्धा गर्न सफल भयो?

उत्तर: इङ्ग्ल्यान्ड।

(नोट: १८४ को लक्ष्यमा १८० रन मात्र)

टी-२० अन्तर्राष्ट्रिय (T20I) क्रिकेटमा २,००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी को हुन्?

उत्तर: दीपेन्द्र सिंह ऐरी।

१०

टी-२० विश्वकप (T20 World Cup) मा नेपालको तर्फबाट सबैभन्दा धेरै खेलमा कप्तानी गर्ने खेलाडी को हुन्?

उत्तर: रोहित पौडेल।

११

नेपाली महिला क्रिकेट खेलाडी पूजा महतोले कुन प्रतियोगिता मार्फत सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक कप्तानी गर्दैछन्?

उत्तर: एसीसी राइजिङ स्टार्स एसिया कप २०२६

(नोट: सन् २०२६ फेब्रुअरी १३ मा हुने नेपाल विरुद्ध पाकिस्तान 'ए' को खेलमार्फत)

१२

पोखरामा सम्पन्न १९ वर्षमुनिको (U-19) साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि कुन देशले जित्यो?

उत्तर: भारत।

१३

वरिष्ठ अभिनेता सुनिल थापाको निधन कहिले भएको हो?

उत्तर: वि.सं. २०८२ माघ २४ गते।

(नोट: निधनको कारण हृदयघात।)

१४

क्यान्सर विरुद्ध सचेतना फैलाउने उद्देश्यले आयोजना गरिएको 'राइड फर लाइफ २०२६' कहिले सम्पन्न भयो?

उत्तर:वि.सं. २०८२ माघ २४ गते।

१५

जाईका अलमनाई एसोसिएसन फोरम अफ सार्क कन्ट्रिज (JAFS) को सचिवालय सन् २०१७ देखि कहाँ रहेको छ?

उत्तर: काठमाडौं।

(नोट: जाफ्सको स्थापना सन् २००८ मा भएको हो।)

१६

नेपालको पहिलो 'निःशुल्क वाइफाई (Wi-Fi)' घोषित भएको जिल्ला कुन हो?

उत्तर: म्याग्दी।

१७

जिल्ला प्रशासन कार्यालय गुल्मीले पहिलो पटक अंगीकृत नागरिकता कहिले जारी गरेको हो?

उत्तर: वि.सं. २०८२ माघ २८ गते।

१८

छैटौं एशियन बिच गेम्स (6th Asian Beach Games) कहिले र कहाँ आयोजना हुँदैछ?

उत्तर: सन् २०२६ अप्रिल २२ देखि ३० सम्म, सान्या सहर, हाइनान प्रान्त, चीन।

(नोट: यस खेलकुदको मस्कटको नाम 'या या (Ya Ya)' राखिएको छ।)

१९

एशियन बिच गेम्सको पहिलो संस्करण कहिले र कहाँ आयोजना भएको थियो?

उत्तर: सन् २००८ मा बाली, इन्डोनेसिया।

२०

एसीसी राइजिङ स्टार्स एसिया कप २०२६ (ACC Rising Stars Asia Cup 2026) कहिले र कहाँ आयोजना हुँदैछ?

उत्तर: सन् २०२६ फेब्रुअरी १३ देखि २२ सम्म, बैंकक, थाइल्याण्ड।

२१

पुरुष टी-२० विश्वकपको इतिहासमा हालसम्मकै उच्च साझेदारी (Highest Partnership) को कीर्तिमान कुन खेलाडीहरूको नाममा रहेको छ?

उत्तर: टिम सेफर्ट र फिन एलेन (न्यूजील्याण्ड)।

(नोट: उनीहरूले संयुक्त अरब इमिरेट्स (UAE) विरुद्ध अविजित १७५ रनको साझेदारी गरेका थिए।)

२२

पाकिस्तानले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत भारत विरुद्धको खेल बहिष्कार गर्ने आफ्नो निर्णय कहिले फिर्ता लियो?

उत्तर: १० फेब्रुअरी २०२६

२३

बंगलादेशमा राजनीतिक परिवर्तन पछिको पहिलो आम निर्वाचन कहिले हुने तय भएको छ?

उत्तर: सन् २०२६ फेब्रुअरी १२

२४

इरानको एक अदालतले नोबेल शान्ति पुरस्कार विजेता नर्गेस मोहम्मदीलाई कति वर्षको जेल सजाय सुनाएको छ?

उत्तर: छ वर्ष

२५

हालै म्याडागास्करमा आएको विनाशकारी चक्रवातलाई कुन नाम दिइएको छ?

उत्तर: चक्रवात 'गेजानी' (Cyclone Gazani)।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...