लोकसेवा स्तरीय सामान्य ज्ञान वस्तुगत प्रश्नोत्तरहरू
प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्ष (FPTP) तर्फ सबैभन्दा बढी मत ल्याई विजयी हुने उम्मेदवार को हुन्?
उत्तर: बालेन्द्र शाह
- उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट ६८,३४८ मतसहित झापा-५ बाट विजयी हुनुभएको हो।
- उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १८,७३४ मत प्राप्त गर्दा जीतको मतान्तर ४९,६१४ रहेको थियो।)
प्रतिनिधि सभा निर्वाचन २०८२ मा प्रत्यक्षतर्फ (FPTP) सर्वाधिक सिट जित्ने राजनीतिक दल कुन हो?
उत्तर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) - १२५ सिट
प्रतिनिधि सभा निर्वाचन २०८२ मा समानुपातिकतर्फ सर्वाधिक सिट हासिल गर्ने दल कुन हो?
उत्तर: राष्ट्रिय स्वतन्त्र पार्टी (५७ सिट)
- रास्वपाले ऐतिहासिक रूपमा सर्वाधिक ४७.८४% (५१ लाख ८३ हजार ४९३ मत) समानुपातिक मत प्राप्त गरेको हो।
- अन्य दलहरूको सिट सङ्ख्या: नेपाली कांग्रेस (२०), नेकपा (एमाले) (१६), नेकपा (माओवादी केन्द्र) (९), श्रम संस्कृति पार्टी (४) र राष्ट्रिय प्रजातन्त्र पार्टी (४)।)
आइसिसी पुरुष टी-२० विश्वकप २०२६ को उपाधि जित्ने राष्ट्र कुन हो?
उत्तर: भारत (उपविजेता : न्युजिल्यान्ड)
इरानमा इस्लामिक गणतन्त्रको नयाँ नेता (New Leader) को रूपमा कसलाई नियुक्त गरिएको छ?
उत्तर: आयातोल्लाह सय्यद मोजतबा खामेनी
नेपालको वर्तमान विदेशी मुद्रा सञ्चिति कुल गार्हस्थ्य उत्पादन (GDP) को तुलनामा कति प्रतिशत पुगेको छ?
उत्तर: करिब ३८.५ प्रतिशत
नेपाल बहुसूचक सर्वेक्षण २०२४/२५ अनुसार नेपालका कति प्रतिशत घरधुरीमा खाना पकाउन दाउराको प्रयोग हुने गरेको छ?
उत्तर: ५३.६ प्रतिशत
विश्व बैंकको बोर्ड बैठकले नेपालको वायु प्रदूषण न्यूनीकरण र वायु गुणस्तर व्यवस्थापनका लागि कति सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ?
उत्तर: ५ करोड २० लाख अमेरिकी डलर (करिब ६ अर्ब ९० करोड नेपाली रूपैयाँ)
आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालमा प्रतिव्यक्ति रुख सङ्ख्या कति रहेको छ?
उत्तर: १११
नेपालको सूचना प्रविधि (IT) क्षेत्रको वार्षिक निर्यात लक्ष्य कति रहेको छ?
उत्तर: एक अर्ब अमेरिकी डलर (करिब १ खर्ब ३४ अर्ब रुपैयाँ)
२०८२ फागुन २१ को निर्वाचन पश्चात् थपिएको नेपालको एक मात्र नयाँ राष्ट्रिय दल कुन हो?
उत्तर: श्रम संस्कृति पार्टी
टी-२० विश्वकपको इतिहासमा ३३ बलमा दक्षिण अफ्रिका विरुद्ध शतक प्रहार गरी सबैभन्दा छिटो शतक (Fastest 100) बनाउने खेलाडी को हुन्?
उत्तर: फिन एलेन (न्युजिल्यान्ड)
सन् २०२६ मार्च ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको शिखर वार्ता कुन सहरमा हुने तय भएको छ?
उत्तर: बुसान, दक्षिण कोरिया
प्रतिनिधि सभा निर्वाचन २०८२ मा कति जना उम्मेदवारको जमानत जफत भएको थियो?
उत्तर: २,८९० जना
२०८२ को निर्वाचनमा मधेस प्रदेशबाट प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट कति जना महिला उम्मेदवारहरू निर्वाचित भए?
उत्तर: ३ जना
सन् २०२६ को सुरुवातमै कुन एआई (AI) कम्पनीले अमेरिकी सरकार विरुद्ध 'सप्लाई चेन रिस्क' नीतिको विरोधमा मुद्दा दर्ता गरेको छ?
उत्तर: एथ्रोनपिक (Anthropic)
सन् २०२६ मार्च १४ मा अमेरिकी हमला भएको दाबी गरिएको इरानको प्रमुख तेल निर्यात केन्द्र कुन हो?
उत्तर: खर्ग टापु (Kharg Island)
इरानले इजरायलमा प्रहार गरेको मिसाइलहरूलाई रोक्न प्रयोग गरिएको इजरायली प्रतिरक्षा प्रणालीको नाम के हो?
उत्तर: आइभरण डोम (Iron Dome) र एरो-३ (Arrow-3)
इन्धनको मूल्य नियन्त्रण गर्न अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डार (SPR) बाट कति तेल बजारमा ल्याउने निर्णय गरेको छ?
उत्तर: १७ करोड २० लाख ब्यारेल (172 Million Barrels)
कान्ति लोकपथले कुन दुई जिल्लालाई जोड्दछ?
उत्तर: ललितपुर र मकवानपुर (यो छोटो दुरीको मार्ग हो।)
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पहिलो पटक केन्द्रीय प्रसारण लाइन कहिले जोडिएको हो?
उत्तर: २०८२ फागुन २८
१२ मार्च २०२६ मा मनाइएको 'विश्व मिर्गौला दिवस' (World Kidney Day) को नारा के थियो?
उत्तर: "सबैका लागि मिर्गौला स्वास्थ्य" (Kidney Health for All)
बंगलादेशमा १२ मार्च २०२६ देखि कतिऔं राष्ट्रिय संसद्को अधिवेशन सुरु भएको छ?
उत्तर: १३ औं संसद् अधिवेशन
अस्ट्रेलियाको पछिल्लो तथ्याङ्क अनुसार त्यहाँको मुद्रास्फीति दर (Inflation Rate) कति पुगेको छ?
उत्तरः ३.४ प्रतिशत
फ्रान्सले हालै कुन अफ्रिकी मुलुकलाई उसको ऐतिहासिक सांस्कृतिक सम्पदा 'टकिङ ड्रम' (Talking Drum) फिर्ता गरेको छ?
उत्तर: आइभोरी कोस्ट (Ivory Coast)
फोर्ब्स (Forbes) ले सार्वजनिक गरेको सन् २०२६ को सूची अनुसार विश्वका सबैभन्दा धनी सेलिब्रेटी को हुन्?
उत्तर: निर्देशक स्टिभन स्पिलबर्ग
फोर्ब्सको सन् २०२६ को विश्व अर्बपति सूचीमा खेलकुद र मनोरञ्जन क्षेत्रका कति जना सेलिब्रेटी समावेश छन्?
उत्तर: २२ जना
विश्व चेस महासंघ (FIDE) को ‘Women’s Chess Marathon’ अन्तर्गत नेपालको एकमात्र आधिकारिक महिला चेस प्रतियोगिता कुन हो?
उत्तर: हिमालयन क्विन्स ग्याम्बिट
हिमालयन क्विन्स ग्याम्बिटको पहिलो संस्करणमा कति जना महिला खेलाडी सहभागी थिए?
उत्तर: १४२ अनरेटेड महिला खेलाडीहरू
नवलपरासी (पूर्व) मा कुन उमेर समूहका नागरिकलाई जापानी इन्सेफलाइटिस विरुद्धको खोप दिइँदैछ?
उत्तर: ३५ वर्षभन्दा माथिका नागरिक
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरान-इजरायल युद्ध रोक्न राखेको कुन प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ?
उत्तर: इरानको युरेनियम रुस पठाउने प्रस्ताव

Comments
Post a Comment