Skip to main content

लोकसेवा आयोग (PSC) विशेष: समसामयिक सामान्य ज्ञान प्रश्नोत्तर (Current Affairs)

लोकसेवा आयोग (PSC), शिक्षक सेवा, बैंकिङ तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारी गरिरहनुभएका परीक्षार्थीहरूका लागि अत्यन्तै महत्वपूर्ण र ताजा समसामयिक वस्तुगत प्रश्नोत्तरहरू यहाँ प्रस्तुत गरिएको छ। यी सामग्रीहरूले तपाईंको परीक्षाको तयारीलाई थप प्रभावकारी बनाउनेछन्।
१. हालै सार्वजनिक 'हेन्ली पासपोर्ट इन्डेक्स २०२६' अनुसार नेपाली राहदानी (Passport) को स्तर कतिऔँ स्थानमा रहेको छ?
उत्तर: ९५ औँ स्थान
२. इरानी सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको निधन कहिले भएको हो?
उत्तर: सन् २०२६ फेब्रुअरी २८ (वि.सं. २०८२ फागुन १६ गते)
(Note:
  • उनी इरानको दोस्रो सर्वोच्च नेता हुन्। प्रथम नेता आयतोल्लाह रुहोल्लाह खोमेनी थिए।
  • उनले सन् १९८९ देखि २०२६ सम्म कूल ३६ वर्ष शासन गरेका थिए।)
३. इरानले सर्वोच्च नेता खमेनीको मृत्युको शोकमा कति दिनको राष्ट्रिय शोक घोषणा गरेको छ?
उत्तर: ४० दिन
४. गर्भपतनको अधिकारलाई संविधानमै 'ग्यारेन्टी' गर्ने विश्वको पहिलो मुलुक कुन हो?
उत्तर: फ्रान्स (सन् २०२६ मार्च)
५. नेपाल र भारतबीच जैविक विविधता र वन्यजन्तु संरक्षणका लागि समझदारी पत्र (MoU) मा कहिले हस्ताक्षर भएको हो?
उत्तर: सन् २०२६ फेब्रुअरी २५ (वि.सं. २०८२ फागुन १३)
(Note: यस समझदारीले विशेष गरी सीमावर्ती क्षेत्रमा हुने चोरी-शिकारी नियन्त्रणमा जोड दिएको छ।)
६. इरानले रणनीतिक महत्त्वको 'होर्मुज जलसन्धि' (Strait of Hormuz) बन्द गर्ने घोषणा कहिले गरेको हो?
उत्तर: सन् २०२६ मार्च १ (वि.सं. २०८२ फागुन १७)
(Note: यो जलमार्ग विश्वको कुल तेल आपूर्तिको करिब २०% हिस्सा ओगट्ने रणनीतिक मार्ग हो। त्यसैले यसलाई विश्वको सबैभन्दा महत्त्वपूर्ण 'तेल मार्ग' (Oil Choke Point) मानिन्छ।)
७. आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका लागि सुझाव दिन कुन समिति गठन गरिएको छ?
उत्तर: राजस्व परामर्श समिति
८. 'Mobile World Congress (MWC) २०२६' कहाँ आयोजना भइरहेको छ?
उत्तर: बार्सिलोना, स्पेन
(Note:
  • अवधि: २ मार्च २०२६ देखि ५ मार्च २०२६ सम्म
  • आयोजना स्थल: फिरा ग्रान भिया (Fira Gran Via), बार्सिलोना
  • आयोजक संस्था: GSMA (Global System for Mobile Communications Association)
  • मुख्य थिम (Theme): 'The IQ Era' (विशेष गरी AI, 5G-Advanced र Cloud प्रविधिमा केन्द्रित)
  • सहभागी: २०५ भन्दा बढी देश र क्षेत्रहरूका प्रतिनिधिहरू)
९. कतारमा आयोजित 'वेब समिट २०२६' मा नेपालको प्रतिनिधित्व गर्ने पहिलो नेपाली एआई (AI) कम्पनी कुन हो?
उत्तर: टिं टिंग (Tin Ting)
१०. निर्वाचनको सुरक्षा र स्वच्छताका लागि कुन मितिदेखि मदिरा बिक्री-वितरणमा पूर्ण प्रतिबन्ध (Dry Days) लगाइएको छ?
उत्तर: सन् २०२६ फेब्रुअरी २७ (वि.सं. २०८२ फागुन १५) को मध्यरातदेखि मतदान सम्पन्न नभएसम्मका लागि।
११. निर्वाचनको 'मौन अवधि' (Silence Period) मतदान हुनुभन्दा कति समय अगाडिदेखि सुरु हुन्छ?
उत्तर: ४८ घण्टा अगाडि देखि
१२. आगामी निर्वाचन पर्यवेक्षणका लागि कूल कति संस्थाहरू संलग्न छन् र तीमध्ये कति अन्तर्राष्ट्रिय रहेका छन्?
उत्तर: कूल ४३ संस्था (जसमध्ये ३ वटा अन्तर्राष्ट्रिय संस्थाहरू छन्)।
१३. 'नेपाल–भारत टेक फोरम २०२६' को आयोजना कहाँ गरियो र यसमा नेपालको प्रतिनिधित्व कसले गर्नुभएको थियो?
उत्तर: नयाँ दिल्ली (भारत), राजदूत डा. शंकर शर्मा
१४. नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात कहिले र कहाँबाट भएको हो?
उत्तर: वि.सं. २०८२ फागुन १३, काठमाडौँ
१५. वि.सं. २०८२ फागुन १५ मा कतिऔँ राष्ट्रिय मगर एकता दिवस मनाइयो?
उत्तर: ४४ औँ
१६. लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन कहिले भएको हो?
उत्तर: वि.सं. २०८२ फागुन १२
१७. आईओएम (IOM) को २०२५ को प्रतिवेदन अनुसार विश्वभर दैनिक औसत कति आप्रवासीको मृत्यु हुने गरेको छ?
उत्तर: २१ जना
१८. इरानले अमेरिकी सैन्य आधार शिविरमा गरेको आक्रमणलाई के नाम दिइएको छ?
उत्तर: अपरेशन ट्रुथफुल प्रमिस-४ (Operation Truthful Promise-4)
१९. सन् २०२६ फेब्रुअरी २७ मा कुन देशको संसदले जेफ्री इपस्टीन प्रकरणमा हिलारी क्लिन्टनसँग बयान लिएको छ?
उत्तर: संयुक्त राज्य अमेरिका (हाउस ओभरसाइट कमिटी)
२०. नासा (NASA) को 'आर्टिमिस II' (Artemis II) मिसन केसँग सम्बन्धित छ?
उत्तर: चन्द्रमामा मानव पठाउने परीक्षण मिसन (ओरियन यानको सुरक्षा परीक्षण)।
२१. रुस-युक्रेन युद्ध कहिलेदेखि सुरु भएको थियो?
उत्तर: सन् २०२२ फेब्रुअरी २४
२२. सन् १९८६ पछि पहिलो पटक बेलायती सैन्य आधार (Military Base) माथि ड्रोन हमला कहाँ भएको छ?
उत्तर: साइप्रस
२३. पुरुष टी-२० विश्वकपमा शतक प्रहार गर्ने पहिलो कप्तान को हुन्?
उत्तर: ह्यारी ब्रुक (इङ्गल्याण्ड)
२४. टी-२० विश्वकपको पावरप्ले (सुरुवाती ६ ओभर) मा सबैभन्दा धेरै विकेट लिने रेकर्ड कुन खेलाडीको नाममा छ?
उत्तर: शाहिन शाह अफ्रिदी (१८ विकेट)
२५. नेपालले ओमान र युएईसँगको सीडब्लुसी लिग-२ (CWC League 2) खेलहरू कहिलेदेखि सुरु गर्दैछ?
उत्तर: सन् २०२६ मार्च १०

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...