Skip to main content

लोकसेवा तयारी: समसामयिक सामान्य ज्ञान (३०+ महत्त्वपूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रश्नोत्तर)

समसामयिक सामान्य ज्ञान (GK) वस्तुगत प्रश्नोत्तर

समसामयिक सामान्य ज्ञान २०८२ लोकसेवा तयारी प्रश्नोत्तर

१

'विश्व खुसी सूचकाङ्क २०२६' (World Happiness Index 2026) अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ?

➤ ५.३१ स्कोरसहित ९९औँ स्थानमा

(नोट: नेपाल दक्षिण एसियाली मुलुकहरूमध्ये पहिलो स्थानमा रहेको छ)।
२

बादी समुदायबाट मन्त्री बन्ने पहिलो व्यक्ति को हुन्?

➤ सीता बादी

  • उनले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी सम्हालेकी छिन्।
३

'हाइअर एजुकेसन र्‍याङ्किङ २०२६' अनुसार काठमाडौं विश्वविद्यालय (KU) विश्वको कतिऔँ स्थानमा पर्न सफल भएको छ?

➤ १२२औँ स्थानमा।

४

प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको नेताका रूपमा बालेन शाहले कहिले प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन्?

➤ वि.सं. २०८२ चैत १३ गते।

५

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाको लागि निलम्बन गर्ने निर्णय कहिले गरेको हो?

➤ वि.सं. २०८२ चैत्र ११ गते

  • राष्ट्रिय कानुनको बर्खिलाप गरेको आरोपमा।
  • स्पष्टीकरण चित्तबुझ्दो नभएको आरोपमा।
६

नेपाल सरकारले कुन वर्षसम्ममा क्षयरोग (Tuberculosis) अन्त्य गर्ने लक्ष्य राखेको हो?

➤ सन् २०२६ सम्म

(नोट: हालको तथ्याङ्कले यो लक्ष्य भेट्टाउन कठिन हुने देखाएको छ)।
७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परामर्शदाता नियुक्तिमा कति रकम हिनामिना भएको दाबी गर्दै दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ?

➤ रु. ४६ करोड।

८

गैरआवासीय नेपाली (NRN) हरूको आवागमनलाई सहज बनाउन 'NRN Help Desk' को स्थापना कहाँ गरिएको छ?

➤ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (TIA), काठमाडौँ।

९

नागरिकता नियमावलीको चौथो संशोधनपछि हालसम्म कति जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन्?

➤ करिब ३,००० जना।

१०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन शाहलाई सर्वसम्मतिले संसदीय दलको नेतामा कहिले चयन गरेको हो?

➤ वि.सं. २०८२ चैत्र १२ गते।

११

फुटबल इतिहासमा ११४२ खेलमा ९०० औँ आधिकारिक गोल गर्ने कीर्तिमानी खेलाडी को हुन्?

➤ लियोनेल मेसी।

१२

सन् २०२६ को फिफा विश्वकप (FIFA World Cup 2026) का लागि एउटा टिममा अधिकतम कति जना खेलाडी सहभागी हुन पाउने व्यवस्था गरिएको छ?

➤ २६ जना

(नोट: प्रत्येक देशका फुटबल महासंघले २०२६ मे ३० सम्ममा खेलाडीको अन्तिम नामावली बुझाउनुपर्नेछ)।
१३

सन् २०२६ को फिफा विश्वकप कति वटा शहरहरूमा आयोजना गरिँदैछ?

➤ १६ शहरमा।

१४

९८औँ अस्कर अवार्डमा 'उत्कृष्ट चलचित्र' को उपाधि जित्ने चलचित्र कुन हो?

➤ One Battle After Another

(नोट: यस चलचित्रले कुल ६ विधामा अवार्ड जित्न सफल भएको छ)।
१५

नेपाल राष्ट्र बैंकको हालैको अध्ययनले पुँजीगत खाता (Capital Account) लाई कति चरणमा उदारीकरण गर्न सिफारिस गरेको छ?

➤ ५ चरणमा।

१६

चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ८ महिनामा नेपालले कति रकम बराबरको धान तथा चामल आयात गरेको छ?

➤ रु. २८ अर्ब बराबरको।

१७

अर्जेन्टिनामा सैन्य 'कु' (Military Coup) भएको कतिऔँ वर्षगाँठ सन् २०२६ मा मनाइयो?

➤ ५०औँ वर्षगाँठ।

१८

प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय कहिले गर्नुभएको हो?

➤ वि.सं. २०८२ चैत्र ११ गते।

१९

संसद्‌का जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ कहिले लिनुभएको हो?

➤ वि.सं. २०८२ चैत्र ११ गते।

२०

नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई २०८२ चैत १२ मा पद तथा गोपनीयताको शपथ कसले गराउनुभएको हो?

➤ जेष्ठ सदस्य अर्जुन नरसिंह केसीले

२१

ग्लोबल टेररिज्म इन्डेक्स (GTI) को पछिल्लो प्रतिवेदन अनुसार आतंकवादबाट सबैभन्दा बढी प्रभावित देश कुन हो?

➤ पाकिस्तान

(नोट: त्यहाँ आतंकवादका कारण हुने मृत्युदरमा ६% ले वृद्धि भएको छ)।
२२

मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरूको समस्या समाधानका लागि परराष्ट्र मन्त्रालयले कुन संयन्त्र परिचालन गरेको छ?

➤ इमर्जेन्सी रेस्पोन्स टिम (Emergency Response Team)।

२३

अन्तराष्ट्रिय ऊर्जा एजेन्सी (IEA) का अनुसार हालको ऊर्जा संकट कुन दशकपछिको सबैभन्दा ठूलो संकट हो?

➤ सन् १९७० को दशक पछिको।

२४

आइसिसी वुमेन्स च्यालेन्ज ट्रफी (ICC Women's Challenge Trophy) २०२६ कहाँ आयोजना हुँदैछ?

➤ रुवान्डाको किगालीस्थित गहाङ्गा क्रिकेट स्टेडियममा

(नोट: यो प्रतियोगिता २०२६ अप्रिल १६ देखि मे २ सम्म सञ्चालन हुनेछ)।
२५

'२०२६ मकाउ अन्तर्राष्ट्रिय वातावरणीय सहयोग मञ्च तथा प्रदर्शनी' (2026 MIECF) को मुख्य नारा के रहेको छ?

➤ "न्यून-कार्बन, शून्य फोहोर शहरहरू: विश्वव्यापी सहकार्यको थालनी" (Low-carbon, Zero Waste Cities: Embarking on a Global Collaboration)।

२६

लद्दाखका वातावरण अभियन्ता सोनम वाङ्चुकको हिरासत विरुद्ध परेको कुन रिटलाई भारतीय सर्वोच्च अदालतले खारेज गरिदियो?

➤ बन्दी प्रत्यक्षीकरण (Habeas Corpus)।

२७

हालै निधन भएका निकोलस हेसम (Nicholas Haysom) कुन क्षेत्रसँग सम्बन्धित प्रसिद्ध व्यक्तित्व थिए?

➤ लोकतन्त्र र न्याय (Democracy Champion)।

२८

इरानले हालै आफ्नो नयाँ राष्ट्रिय सुरक्षा प्रमुखमा कसलाई नियुक्त गरेको छ?

➤ मोहम्मद बागेर जोल्गादर।

२९

बंगलादेशमा सन् १९७१ को दमनको सम्झनामा 'नरसंहार दिवस (Genocide Day)' कहिले मनाइन्छ?

➤ २५ मार्च।

३०

युनेस्को र ह्वावेले ग्रामीण विद्यालयका लागि 'Open Schools' परियोजना कुन देशमा सुरु गरेका छन्?

➤ थाइल्याण्ड।

Comments

Popular posts from this blog

नेपालको शैक्षिक इतिहास वि.सं. मा

नेपालको शैक्षिक इतिहासः ..(मितिहरु सबै वि.सं. मा).. ••••••••••••••••••••••••••• ➤ प्राचीन शिक्षा व्यवस्था — २ ➤ प्रथम अङ्ग्रेजी स्कुल स्था. — १९१० ➤ आधुनिक शिक्षा सुरु — १९१० ➤ सर्वसाधारणका लागि दरबार स्कुल खुल्ला — १९४२ ➤ देवशमशेरले स्थापना गरेको भाषा पाठशाला संख्या — ५७ ➤ संस्कृत पाठशाला स्था.— १९३२ ➤ तीन धारा संस्कृत पाठशाला स्था.— १९४३/१/४ ➤ चन्द्र मिडिल स्कुल स्था.— १९७२ ➤ वीर पुस्तकालय स्था.— १९५७ ➤ गोरखा भाषा प्रकाशिनी समिति — १९६९ ➤ गोरखा शिक्षा पहिलो भाग प्रकाशित — १९७२ ➤ गोरखा भाषा प्रकाशिनी समितिको नाम परिवर्तन — १९८९ ➤ त्रिभुवनचन्द्र कलेजको नाम परिवर्तन — १९८० ➤ राजकीय आयुर्वेद पाठशालाको स्था. — १९८५ ➤ त्रिचन्द्र कलेज स्था.— १९७५/५/२७ ➤ पहिलो टेक्निकल स्कुल स्था.— १९८७ ➤ SLC बोर्ड गठन — १९९०/७/१६ ➤ प्रथम SLC फर्म भरेका विद्यार्थी — ३४ ➤ प्रथम SLC परीक्षार्ती संख्या — ३३ ➤ प्रथम SLC परीक्षा उत्तीर्ण विद्यार्थी — १९ ➤ प्रथम SLC द्वितीय श्रेणीमा उत्तीर्ण — १० ➤ प्रथम SLC तृतीय श्रेणी उत्तीर्ण — ९ ➤ प्रथम SLC को पूर्णाङ्क — ८००...

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टे...

वन रक्षक, गेम स्काउट बिशेषः

वन रक्षक, गेम स्काउट बिशेषः ••••••••••••••• ••••••••••••••• • ✔ विश्वकै सबैभन्दा बढी उचाई मा फुल्ने फुल ? ~ स्टेरिया (नेपाल को मकालु हिमालमा पाइन्छ) ✔ जंगली कुकुरको लागि प्रख्यात स्थान ? ~ खप्तड रा नि ✔ माछा संग्रहालय कहाँ रहेको छ ? ~ फेवाताल कास्की ✔ नेपाल को संविधान को कति भागमा प्राकृति स्रोत तथा बित्त आयोगको ब्यबस्था गरिएको छ ? ~ भाग २६ ✔ एक गाउँ एक उत्पादन अन्तर्गत आँप कुन जिल्ला मा ? ~ सप्तरी ✔ नेपाल मा चराको प्रजाती कति ?? ~ ८७९ ✔ ७५ वटा जिल्ला वन कार्यलय बाट मुस्ताङ हटाइ ७४ कहिले बनाइएको थियो ? ~ २०५० ✔ नेपालमा पाइने कति प्रजातिका वनस्पतिले विशेष आर्थिक महत्त्व राखेका छ्न ? ~ १५०० ✔ चिराइतोको फल कहिले पाक्दछ ? ~ असोज - कार्तिक ✔ नेपाल मा साझेदारी वनले कति क्षेत्रफल ओगटेको छ ? ~५४ हजार हेक्टर ✔ घाँस सियर गुण बनाउने चरा कुन हो ? ~ तोपचरा ✔ ढोरपाटन सिकार आरक्षमा सबैभन्दा बढी संख्यामा शिकार हुने जनावर कुन हो ? ~ नाउर ✔ वन रक्षक गणेश बहादुर शाहिलाई वन संरक्षण सहिद घोषणा ? ~ २०७३/९/२१ ✔ नेपालमा पहिलोपटक यर्सा महोत्सव कहिले मनाइयो ? ~ २०७३/२/९ ✔ नेपाल मा माछा नपाइने जिल्ला कुन हो ? ~ ...

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...