समसामयिक सामान्य ज्ञान तथा घटनाक्रम
१. वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह व्यक्तिका आधारमा, कार्यकालका आधारमा र गणतन्त्र नेपालका आधारमा क्रमशः कतिऔँ प्रधानमन्त्री हुन्?
➤ व्यक्तिका आधारमा ४०औँ, कार्यकालका आधारमा ४७औँ र गणतन्त्र नेपालका आधारमा १०औँ।
(Note: प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिमण्डल हाल १४ सदस्यीय रहेको छ।)२. वि.सं. २०८२ चैत १८ गतेदेखि नेपालको कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी कसले सम्हाल्नुभएको छ?
➤ सपना प्रधान मल्ल।
३. २०८१ फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो अधिवेशन कहिले भएको हो?
➤ वि.सं. २०८२ चैत १९ गते (सिंहदरबारमा)।
४. आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य अनुसार सूचना प्रविधि (IT) सेवा निर्यातबाट हुने आयमा कति प्रतिशत कर छुट दिने व्यवस्था गरिएको छ?
➤ ७५ प्रतिशत।
५. नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार नेपालको विदेशी विनिमय सञ्चितिले कति महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ?
➤ १४.२ महिना।
६. १६ औँ आवधिक योजनाले आर्थिक वर्ष २०८५/८६ सम्ममा नेपालको अपेक्षित आयु (Life Expectancy) कति पुर्याउने लक्ष्य राखेको छ?
➤ ७३ वर्ष।
(Note: आर्थिक वर्ष २०७९/८० मा नेपालको अपेक्षित आयु ७१.३ वर्ष रहेको थियो।)७. विश्व बैंकले सन् २०२६ (वि.सं. २०८२/८३) का लागि नेपालको आर्थिक वृद्धिदर कति हुने प्रक्षेपण गरेको छ?
➤ २.१ प्रतिशत।
(Note: यसअघि २.९ प्रतिशत प्रक्षेपण गरिएकोमा राजनीतिक अस्थिरता र नीतिगत अन्योलका कारण घटाइएको हो।)८. इन्धन खपत न्यूनीकरणका लागि नेपाल सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय कहिले गरेको हो?
➤ २०८२ चैत्र २२ गते।
(Note:- यो निर्णय २०८३ वैशाख २३ देखि लागू हुनेछ।
- शनिबार र आइतबार गरी हप्तामा २ दिन बिदा दिइने र कार्यालय समय बिहान ९:०० देखि बेलुका ५:०० सम्म कायम गरिएको छ।
९. सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले 'डिजिटल नेपाल फ्रेमवर्क' अन्तर्गत आगामी ५ वर्षमा कति प्रतिशत जनसंख्यामा उच्च गतिको इन्टरनेट पुऱ्याउने लक्ष्य राखेको छ?
➤ ९५ प्रतिशत।
(Note: २०८७ सालसम्ममा नेपालको ९५% भूभाग र जनसंख्यामा ब्रोडब्याण्ड इन्टरनेट पुऱ्याउने लक्ष्यका साथ ४० अर्ब रुपैयाँको परियोजना घोषणा गरिएको छ।)१०. 'राष्ट्रिय नवप्रवर्तन सूचकाङ्क प्रतिवेदन २०२५' (National Innovation Index Report 2025) मा नेपाल कतिऔँ स्थानमा रहेको छ?
➤ १०७औँ स्थानमा।
११. सन् २०२६ अप्रिलमा विश्व व्यापार संगठन (WTO) को १४औँ मन्त्रीस्तरीय सम्मेलन कहाँ आयोजना गरिएको थियो?
➤ क्यामरुन (Cameroon)।
१२. संयुक्त राष्ट्र संघ (UN) को महासभाले सन् २०२६ लाई कुन-कुन तीन अन्तर्राष्ट्रिय वर्षहरूको रूपमा मनाउने निर्णय गरेको छ?
➤
- १. अन्तर्राष्ट्रिय स्वयंसेवक वर्षका लागि दिगो विकास (International Year of Volunteers for Sustainable Development)
- २. अन्तर्राष्ट्रिय चरन क्षेत्र तथा पशुपालक वर्ष (International Year of Rangelands and Pastoralists)
- ३. अन्तर्राष्ट्रिय महिला कृषक वर्ष (International Year of the Woman Farmer)
१३. २०८२ फागुन २१ को निर्वाचनपछि गठित प्रतिनिधि सभाको पहिलो बैठकको अध्यक्षता कसले गर्नुभएको थियो?
➤ ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी।
१४. १८ वर्षको अन्तरालपछि पहिलो पटक गैर-कम्युनिष्ट दलबाट प्रतिनिधि सभाको सभामुख बन्ने व्यक्ति को हुन्?
➤ डिपी अर्याल।
१५. नेपालको नयाँ महान्यायाधिवक्तामा हालै कसलाई सिफारिस गरिएको छ?
➤ वरिष्ठ अधिवक्ता नारायण कँडेल।
१६. नेपाल प्रहरीले २०८२ चैत्र २० गते रातभर शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न सञ्चालन गरेको अभियानको नाम के थियो?
➤ अपरेसन सेफ्टी (Operation Safety)।
१७. सरकारले विशेष आर्थिक क्षेत्र (SEZ) मा उद्योगहरूलाई आकर्षित गर्न मासिक भाडा दर प्रति वर्गमिटर २० रुपैयाँबाट घटाएर कति कायम गरेको छ?
➤ ५ रुपैयाँ।
१८. आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार नेपालको कुल जडित विद्युत् क्षमता कति पुगेको छ?
➤ ३,६०२ मेगावाट (3602 MW)।
१९. नेपाल सरकारले सन् २०२६ (२०८२) भित्र प्रतिव्यक्ति वार्षिक विद्युत् खपत कति पुऱ्याउने लक्ष्य राखेको छ?
➤ ४५० किलोवाट घण्टा (kWh)।
२०. राष्ट्रिय सभाका ४ वटा विषयगत समितिका नवनिर्वाचित सभापतिहरूले कहिले पद तथा गोपनीयताको शपथ लिएका हुन्?
➤ २०८२ चैत्र २५ गते।
(Note: शपथ लिने समितिहरूमा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन्।)२१. प्रतिनिधि सभाको नियमावली मस्यौदा तयार गर्न कति सदस्यीय समिति गठन गरिएको छ?
➤ १५ सदस्यीय।
२२. यस वर्षको ‘गौरी स्रष्टा सम्मान पुरस्कार’ कसलाई प्रदान गरिएको छ?
➤ निबन्धकार तथा समालोचक सुशान्त गुरुङ।
(Note: पुरस्कारको राशि ३५,५५५ रुपैयाँ रहेको छ।)२३. 'देवकुमारी थापा स्मृति सम्मान-२०८२' बाट कसलाई सम्मानित गरिने भएको छ?
➤ कवि ज्ञान उदास।
(Note: यसैगरी बबरसिंह थापा स्मृति सम्मान-२०८२ बाट चलचित्र निर्देशक संगीता श्रेष्ठलाई सम्मानित गरिनेछ।)२४. साहित्य क्षेत्रमा 'धर्मेन्द्र विह्वल' उपनामले परिचित व्यक्तित्व को हुन्?
➤ धर्मेन्द्र झा।
२५. विश्वको प्रमुख तेल मार्ग 'हर्मुज जलसन्धि' (Strait of Hormuz) कुन दुई क्षेत्रको बीचमा अवस्थित छ?
➤ फारसको खाडी र ओमानको खाडी।
२६. सन् २०२६ को प्रतिवेदन अनुसार चीन विश्वको नवप्रवर्तन सूचकांकमा कतिऔँ स्थानमा उक्लिएको छ?
➤ १०औँ स्थानमा (पहिलो पटक शीर्ष १० मा प्रवेश)।
२७. विश्व बैंकको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२६ मा युरोप र मध्य एशियाको आर्थिक वृद्धिदर कति प्रतिशतमा खुम्चने प्रक्षेपण गरिएको छ?
➤ २.१ प्रतिशत।
२८. सन् २०२६ अप्रिल ८ मा नासा (NASA) को कुन मिसनका अन्तरिक्ष यात्रीहरूले ओरायन यानबाट पहिलो पटक 'शिप-टु-शिप' कल गरी इतिहास रचेका छन्?
➤ आर्टेमिस २ (Artemis II)।
२९. संयुक्त राष्ट्र संघको महासभाले कुन दिनलाई 'खानी सचेतना र खानी कार्यमा सहायताका लागि अन्तर्राष्ट्रिय दिवस' मनाउने निर्णय गरेको थियो?
➤ ४ अप्रिल।
(Note: सन् २००५ डिसेम्बर ८ को निर्णय अनुसार।)३०. सन् २०२६ अप्रिल २ मा मनाइएको 'विश्व अटिजम सचेतना दिवस' को नारा के थियो?
➤ “Autism and Humanity – Every Life Has Value” (अटिजम र मानवता – हरेक जीवनको मूल्य हुन्छ)।

Comments
Post a Comment