लोक सेवा विशेष: समसामयिक वस्तुगत प्रश्नोत्तर
१. नेपालको ४७औँ प्रधानमन्त्रीका रूपमा बालेन्द्र (बालेन) शाहले कहिले शपथ ग्रहण गर्नुभयो?
➤ २०८२ चैत १३ गते।
२. बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्मा कुल कति सदस्य र कति महिला मन्त्रीहरू रहेका छन्?
➤ कुल १५ सदस्य (जसमा ५ जना महिला मन्त्रीहरू ३३.३३% रहेका छन्)।
३. नवगठित मन्त्रिपरिषद्मा अर्थ मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने व्यक्तिहरू को–को हुन्?
➤ अर्थ मन्त्रालय: डा. स्वर्णिम वाग्ले र गृह मन्त्रालय: सुदन गुरुङ।
४. सरकारले सुशासनका लागि कति बुँदे मार्गचित्र सार्वजनिक गरेको छ र नयाँ सरकारको वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य कति रहेको छ?
➤ १०० बुँदे मार्गचित्र र वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर।
(नोट: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा पदभार ग्रहणका क्रममा सो आर्थिक वृद्धिदरको लक्ष्य घोषणा गरिएको हो।)५. निजामती कर्मचारीहरूलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाउने निर्णय कहिलेदेखि कार्यान्वयनमा ल्याइयो?
➤ २०८२ चैत १५ गते।
(नोट: यो निर्णय १०० बुँदे सुशासन मार्गचित्र मार्फत गरिएको हो।)६. सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत कहिले देखि अनिवार्य अवकाश हुनुभएको हो?
➤ २०८२ चैत १७ गते।
७. सन् २०२५ को जेन-जी आन्दोलनमा भएको दमन र नागरिकको मृत्युको आरोपमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई कहिले पक्राउ गरेको हो?
➤ वि.सं. २०८२ चैत १४ गते (सन् २०२६ मार्च २८)।
८. 'ग्रेटर लुम्बिनी परियोजना'का लागि विश्व बैंकले नेपाललाई कति रकम बराबरको ऋण सहयोग स्वीकृत गरेको छ?
➤ करिब १२ अर्ब नेपाली रुपैयाँ (करिब ९० मिलियन अमेरिकी डलर)।
९. नेपालको शिक्षा क्षेत्रको नयाँ नीति अनुसार कुन कक्षासम्मको आन्तरिक परीक्षा खारेज गरिएको छ?
➤ कक्षा ५ सम्म।
(नोट: यो निर्णय तनावमुक्त सिकाइका लागि गरिएको हो।)१०. विश्व व्यापार संगठन (WTO) को १४औँ मन्त्रिस्तरीय सम्मेलन सन् २०२६ मार्चमा कहाँ आयोजना भइरहेको छ?
➤ याउन्डे, क्यामरुन (Yaoundé, Cameroon)।
११. विश्व रङ्गमञ्च दिवस २०२६ (World Theatre Day 2026) को अन्तर्राष्ट्रिय नारा के हो?
➤ "शान्तिको संस्कृतिका लागि कला" (Art for a Culture of Peace)।
१२. 'रिङ द बेल फर जेन्डर इक्वालिटी २०२६' कार्यक्रम कुन–कुन निकायको संयुक्त आयोजनामा सम्पन्न भयो?
➤ नेप्से (NEPSE), UN Women र IFC।
१३. आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा वीरगन्ज भन्सार कार्यालयबाट मात्रै कति रकम बराबरको वस्तु आयात भएको छ?
➤ रु. ५ खर्ब ९५ अर्ब।
१४. प्रधानमन्त्री बालेन शाहले पदभार सम्हालेको कति दिनभित्र '१०० वटा मुख्य कार्य' सम्पन्न गर्ने योजना सार्वजनिक गर्नुभएको छ?
➤ पहिलो १०० दिनभित्र।
१५. केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले 'फेक रेस्क्यु' ठगी प्रकरणमा कति जना विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ?
➤ ३३ व्यक्ति तथा एजेन्सीहरू।
१६. सिड्नीमा आयोजित 'G-4 Oceania Taekwondo Championship' मा उत्कृष्ट महिला रेफ्री अवार्ड प्राप्त गर्ने नेपाली को हुन्?
➤ काजल श्रेष्ठ।
१७. राष्ट्रिय औषधि प्रयोगशाला (NML) ले हालै प्राप्त गरेको अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (ISO) कुन हो?
➤ ISO/IEC 17025:2017।
(नोट: यो परीक्षण र क्यालिब्रेसन प्रयोगशालाहरूको लागि अन्तर्राष्ट्रिय मापदण्ड हो।)१८. बेलायत सरकारले राजनीतिक चन्दा (Political Donations) मा कुन माध्यमको प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ?
➤ क्रिप्टोकरेन्सी (Cryptocurrency)।
१९. बीबीसी (BBC) को नयाँ महानिर्देशकका रूपमा कसलाई नियुक्त गरिएको छ?
➤ म्याट ब्रिटिन (Matt Brittin)।
२०. इरानले 'स्ट्रेट अफ हर्मज' (Strait of Hormuz) मा कुन तीन देशका जहाजहरूलाई विशेष सामरिक पहुँच दिने घोषणा गरेको छ?
➤ भारत, चीन र रूस।
२१. महिलाको अवस्था सम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोगको ७०औँ सत्र (CSW70) कहिले र कहाँ आयोजना भयो?
➤ सन् २०२६ मार्च ९ देखि १९ सम्म, संयुक्त राष्ट्रसंघको मुख्यालय, न्यूयोर्कमा।
२२. नवौँ 'विश्व नेवाः दिवस' (World Newa Day) कहिले मनाइयो?
➤ सन् २०२६ मार्च २८ (वि.सं. २०८२ चैत १४ गते)।
(नोट: यो दिवस मार्च महिनाको अन्तिम शनिबार मनाइन्छ।)२३. मियामी ओपन २०२६ (Miami Open) को महिला एकलतर्फको उपाधि कसले जितिन्?
➤ आर्यना साबालेन्का।
(नोट: उनले कोको गौफलाई पराजित गर्दै सो उपाधि जितेकी हुन्।)२४. एफ वान (F1) इतिहासमा सबैभन्दा कम उमेरमा च्याम्पियनशिप लिडर बन्ने चालक को हुन्?
➤ किमि एन्टोनेली (उमेर: १८ वर्ष)।
(नोट: उनी मर्सेडिज टिमसँग आबद्ध छन्।)२५. बंगलादेशले सन् २०२६ मार्च २६ मा आफ्नो कतिऔँ स्वतन्त्रता दिवस मनाएको छ?
➤ ५६औँ स्वतन्त्रता दिवस।
२६. अमेरिकामा डोनाल्ड ट्रम्प विरुद्ध भएको र्यालीको मुख्य नारा के तय गरिएको थियो?
➤ "No Kings" (राजा होइन, लोकतन्त्र चाहियो)।
२७. हालै युक्रेनले कुन-कुन खाडी मुलुकसँग हवाई प्रतिरक्षा (Air Defense) सम्झौता गरेको छ?
➤ युएई (UAE) र कतार।
२८. पुरुष T20 विश्वकप २०२६ मा विज्ञापनको भोल्युम ४% ले बढे पनि विज्ञापनदाताको संख्यामा कति प्रतिशतले गिरावट आएको छ?
➤ ६० प्रतिशत (६०%)।
२९. १०औँ प्रधानमन्त्री कप एनभीए (NVA) महिला तथा पुरुष भलिबल लिग कहिले र कहाँ सञ्चालन हुने भएको छ?
➤ २०८३ वैशाख १०–१९ गते सम्म, त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा।
३०. नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा सञ्चालित कार्यक्रमबाट कति वटा नेपाली टेक स्टार्टअपहरू विश्व बजारका लागि तयार भएका छन्?
➤ २० वटा।
३१. धरानका मेयर हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा कहिले उजुरी दिनुभएको हो?
➤ २०८२ चैत १६ गते।
३२. राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन कहिले देखि भङ्ग भएको घोषणा गरेको हो?
➤ २०८२ चैत १५ गते।
३३. नेपाल सरकारले शासकीय सुधारका १०० कार्यसूची कहिले सार्वजनिक गरेको हो?
➤ २०८२ चैत १४ गते।

Comments
Post a Comment