![]() |
Pic: Wikipedia |
👃. गन्ध थाहा पाउन प्रयाेग गरिने तथा श्वास प्रश्वासमा सहयोग गर्ने ज्ञानेन्द्रिय कुन हो ??
➤ नाक (Nose)
👃. संरचनाकाे हिसाबले मानिसको नाकलाई कति भागमा विभाजन गरिएको छ ??
➤ २ भाग (बाहिरी भाग र भित्री भाग)
👃. नाक माथितिर कुन हाडसँग जोडिएको हुन्छ ??
➤ निधारको हाड (Frontal Bone)
👃. नाक तलतिर कुन हाडसँग जोडिएको हुन्छ ??
➤ बङ्गाराको हाड (Maxilla)
👃. नाकको भित्री भागलाई नाकको के भनिन्छ ??
➤ नाकको क्याभिटी (Nasal cavity)
👃. नाकको कुन भागलाई घ्राणयुक्त क्षेत्र (Olfactory region) पनि भनिन्छ ??
➤ भित्री भाग (Internal part)
👃. नाकको क्याभिटीलाई किन घ्राणयुक्त क्षेत्र भनिन्छ ??
➤ भित्री भागमा प्रशस्त रक्तनलीहरू र घ्राण शक्तियुक्त स्नायुहरु हुने भएकाले।
👃. नाकको माथिल्लो भागमा बास्ना लिनका लागी कस्ता कोषहरू रहेका हुन्छन् ??
➤ ग्राहक कोषहरू (Receptor cells)
👃. नाकले ग्रहण गरेको बास्नालाई के ले मस्तिष्कमा पठाउँछन् ??
➤ अलफ्याक्टरी नर्भ (Alfactory nerve)
👃. नाकले ग्रहण गरेको बास्नालाई मस्तिष्कले थाहा पाउने क्रियालाई के भनिन्छ ??
➤ अल्फ्याक्सन (Olfaction)
👃. रुघाखोकी वा चिसो लागेको बेला नाकमा रहेको कुन भाग फुलेर आउँछ, जसको कारण बास्ना वा गन्ध थाहा पाउन सक्दैनौ ??
➤ म्युकस झिल्ली
👃. नाकमा रहेको रौँहरूको मुख्य काम के हो ??
➤ श्वासलाई तातो पार्नुको साथै धुलोका कणहरूलाई फोक्सो सम्म पुग्न नदिनु।
👃. नाकको हेरचाह र सरसफाइ कसरी गर्न सकिन्छ ??
➤ नाकको हेरचाह र सरसफाइ निम्नानुसार गर्न सकिन्छ:
(क) नाकको सिँगान बाहिर फ्याँक्दा बढी जोडले नफाल्ने,
(ख) रुघा लागेको समयमा तातो पानीको बाफ लिने,
(ग) नाक नकोट्याउने,
(घ) नाकलाई पानीबाट बचाइराख्ने,
(ङ) बिहान उठ्ने वित्तिकै सफा पानीले नाक सफा गर्ने,
(च) नाकमा कुनै पनि वस्तु नघुसार्ने ।
🖊उत्तर तामाङ्ग (Uttar Tamang)
यस्तै अन्य ज्ञानेन्द्रियहरु: आँखा (Eye), कान (Ear), जिब्रो (Tongue) र छाला (Skin) सम्बन्धी प्रश्नोत्तरको लागि यहाँ थिच्नुहोस्।
Comments
Post a Comment