२७६) कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो?
➤ बेल र रूद्राक्ष
२७७) शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोसेरो हो भने शनिको बहान के हो?
➤ गिद्ध
२७८) त्रिकुटमा के के पर्दछन्?
➤ पिपला, सुठो र मरिच
२७९) पाथिभरा तिर्थस्थल कहाँ पर्दछ?
➤ ताप्लेजुङ
२८०) महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबैभन्दा शक्तिशाली हतियार कुन हो?
➤ पशुपताश्त्र
२८१) कुन दिनबाट उत्तरायण शुरू हुन्छ?
➤ माघे संक्रान्ति
२८२) सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन्?
➤ बैशाख १
२८३) भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ?
➤ कुसे औंसी
२८४) नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ?
➤ लक्ष्मी
२८५) हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ?
➤ यमराज
२८६) वेद ४ वटा छन् भने उपवेद कति वटा छन्?
➤ ४
२८७) शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ?
➤ विष्णु
२८८) युगको आवश्यकता अनुसार बिष्णु भगवानको विभिन्न अवतारमा पृथ्वीमा अवतरण हुन्छ भनी कुन धार्मिक ग्रन्थमा उल्लेख भएको पाइन्छ?
➤ वेद
२८९) हिन्दु धर्मावलम्वीहरू हरिहर, पाशुपत, शैव र बैष्णव गरी चार सम्प्रदायमा विभक्त छन् भने बौद्ध धर्मालम्वीहरू कति सम्प्रदायमा विभक्त छन्?
➤ तीन
२९०) नेपालमा बौद्धमार्गी कुन कुलकी पुत्रीलाई कुमारी बनाई हिन्दु एवं बौद्धमार्गी दुवैले पुजा गरी टिका ग्रहण गर्ने चलन छ?
➤ शाक्य
२९१) बैष्णव र शैवको मिश्रण बिष्णु र महादेवको एक रूप कुन धार्मिक सम्प्रदायको साक्षत रूप हो?
➤ हरिहर सम्प्रदाय
२९२) नेपालको धार्मिक इतिहासमा धार्मिक सहिष्णुता र सह–अस्तित्वको विजारोपण कुन कालमा भएको पाइन्छ?
➤ लिच्छवी काल
२९३) बौद्ध, शैव र बैष्णव समुदायले आ–आफ्नो इष्ट देवता मानी कुन देवताको पुजा गर्दछन्?
➤ मछिन्द्रनाथ
२९४) विष्णुको धनुलाई सारङ्ग र चक्रलाई शुदर्शन भनिन्छ भने गधालाई के भनिन्छ?
➤ कौमुदकी
२९५) विवाह पूर्व कुन्तिले कोसँग संसर्ग गरी कर्णलाई जन्म दिएकी थिइन्?
➤ सूर्य
२९६) श्रीकृष्णको शंखलाई पाञ्चजन्य, अर्जुनको शंखलाई देवदत्त भनिन्छ भने युधिष्ठिरको शंखलाई के भनिन्छ?
➤ अनन्त विजय
२९७) विष्णुको खड्गलाई नन्दक, रामको धनुलाई अजगव भनिएझै अर्जुनको धनुलाई के भनिन्छ?
➤ गाण्डीव
२९८) छठ पर्व कहिले मनाइन्छ?
➤ बैशाख शुक्ल षष्ठी
२९९) बाला चतुर्दशी मार्ग शुक्ल चतुर्दशीमा पर्दछ भने, विवाह पंचमी कहिले पर्दछ?
➤ मंसिर वा मार्ग शुक्ल पञ्चमी
३००) धान्य पूर्णिमा मार्ग शुक्ल पूर्णिमामा पर्दछ भने श्रीपंचमी वा वसन्त पंचमी वा सरस्वती पूजा कहिले पर्दछ?
➤ माघ शुक्ल पञ्चमी
✒️. उत्तर तामाङ्ग (Uttar Tamang)
Click Here for धर्मशास्त्र-११ ⏮⏸⏭ धर्मशास्त्र-१३
Comments
Post a Comment