२५१) वर्णाश्रम व्यवस्थामा ब्राम्हचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रमहरूका लागि क्रमशः कति कति वर्ष तोकिएको थियो ??
➤ २५, ५०, ७५ र सो भन्दा माथि
२५२) हिन्दु धर्मका अनुसार मनुष्य जीवनको उदेश्य ४ पुरुषार्थ प्राप्तिको लागि मात्र हुनुपर्छ भनिएको छ । ती ४ पुरुषार्थहरू के के हुन् ??
➤ धर्म, अर्थ, काम र मोक्ष
२५३) वर्तमान नेपाली समाजलाई हिन्दु धर्म संस्कार अनुसार कति वर्ण र जातमा विभाजन गरिएको पाइन्छ ??
➤ ४ वर्ण ३६ जात (पृथ्वी नारायण शाह)
२५४) हिन्दु धर्मको सबैभन्दा प्रमुख र पवित्र धार्मिक ग्रन्थ कुन हो ??
➤ वेद
२५५) हिन्दु धर्मको मूल आधार कुन धर्मलाई मानिन्छ ??
➤ वैद्धिक धर्म
२५६) कुन तिथीको दिन पशुपतिनाथमा बौद्ध मुकुट चढाइन्छ ??
➤ कार्तिक शुक्ल अष्टमी
२५७) ऋग्वेदमा सबैभन्दा धेरै उल्लेख गरिएको नदी कुन हो ??
➤ सरस्वती
२५८) भृकुटीको बाल्यकालको नाम खुकुनी हो भने सीता को बाल्यकालको नाम के हो ??
➤ वैदेही
२५९) राम र सीता बीच कुन विवाह भएको थियो ??
➤ पराक्रम विवाह
२६०) पूराण र उपपूराण १८/१८ ओटा छन् भने, उपनिषद कति ओटा छन ??
➤ १०८
२६१) जैन धर्मका मुख्य गुरु मुख्य देवतालाई के भनिन्छ ??
➤ तीर्थाङ्कर
२६२) महाविर जैन कति औं तीर्थाङ्कर हुन् ??
➤ चौबिसौं
२६३) इसाई धर्मका प्रवर्तक इसा मसिह हुन् भने उनले कहाँ बसेर आफ्नो उपदेश सुनाएका थिए ??
➤ जेरूसेलम (इजरायल)
२६४) यहुदी धर्मावलम्वीहरूलाई कुन जातीय नामले पुकारिन्छन् ??
➤ हिब्रु
२६५) यहुदी धर्मको धर्मग्रन्थ लेख्ने व्यक्ति को हुन् ??
➤ हजरत मुसा
२६६) कन्फ्युसियस धर्म र ताओ धर्मको उत्पत्ति चीनबाट भएका हुन्, भने शिन्तो धर्मको उत्पत्ति कहाँबाट भएको हो ??
➤ जापान
२६७) एउटै मात्र भगवान मान्ने मुस्लिमहरू (इस्लामहरू) केलाई देवताको बोली मान्छन् ??
➤ कुरान
२६८) गौरीशंकर हिमाललाई के को प्रतिक मानिन्छ ??
➤ शिव पार्वती
२६९) पञ्च देवमा पर्ने पाँच देवताहरू कुन कुन हुन् ??
वा
पञ्च देवमा को को पर्छन् ??
➤ पञ्चायन देवहरू यसप्रकार छन्:
१. गणेश
२. सूर्य
३. देवी
४. शिव
५. विष्णु
२७०) पञ्च वायुभित्र पर्ने वायुहरू कुन कुन हुन् ??
वा
पञ्च वायुमा के-के पर्छन् ??
➤ पञ्च वायुमा निम्न पर्छन्:
१. प्राण वायु
२. अपान वायु
३. उदान वायु
४. व्यान वायु
५. समान वायु
२७१) जैन धर्मको धार्मिक ग्रन्थ वचानामृत हो भने यहुदी धर्मको के हो ??
➤ कैवाला
२७२) नेवार समुदायमा कन्याको मासिक धर्म सुरू हुनु अगाडि नै बेलसँग गरिने विवाहलाई के भनिन्छ ??
➤ इहि विवाह
२७३) बैशाख महिनाका देवता मधुसुदन, भाद्र् महिनाका देवता ऋषिकेश हुन् भने कार्तिक महिनाका देवता को हुन् ??
➤ दामोदर
२७४? बिष्णुका १० अवतार मध्ये प्रथम मत्स्य हो भने दशौँ कुन हो ??
➤ कल्की
२७५) सबैभन्दा ठूलो पूराण स्कन्द पूराण (८१००० श्लोक) हो भने सबैभन्दा सानो पूराण कुन हो ??
➤ अग्नि पूराण
✒️. उत्तर तामाङ्ग (Uttar Tamang)
Click Here for धर्मशास्त्र-१० ⏮⏸⏭ धर्मशास्त्र-१२
Comments
Post a Comment